पोखराको न्युरोडमा जुवातास खेलिरहेका ६ जना साढे २ लाख नगदसहित पक्राउ

पोखराको न्युरोडमा जुवातास खेलिरहेका ६ जना साढे २ लाख नगदसहित पक्राउ

juwa-tas

सांकेतिक तस्विर

पोखरा। जिल्ला प्रहरी कार्यालय कास्कीले पोखराको न्युरोडबाट जुवा खेलिरहेका ६ जनालाई पक्राउ गरेको छ।
पोखरा महानगरपालिका वडा नं -८ न्यूरोड डेरा गरी बस्ने पोखरा -२६ लेखनाथ घर भएका ३२ वर्षीय नविन गौचनको कोठामा जुवातास खेलिरहेको अवस्थामा गौचन सहित ६ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको हो ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख ५३ हजार रूपैयाँ र २ सय ८ पत्ती तास सहित फेला पारी पक्राउ गरेको हो ।

उनीहरुमाथि अनुसन्धान भइरहेको जिल्ला प्रहरीले कार्यालय कास्कीले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ