काठमाडौं । प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगितामा प्रदेश नम्बर ४ ले सहज जीत हात पारेको छ । प्रदेश नम्बर ४ ले प्रदेश नम्बर १ लाई १२९ रनले हरायो । प्रदेश ४ को जितमा हरि गौचनको अलराउण्ड प्रदर्शन महत्वपूर्ण रहृयो । शतकीय पारी खेलेका उनैले ४ विकेट पनि लिए ।
त्रिवि मैदान कीर्तिपुर भएको खेलमा टस जितेर ब्याटिङ रोजेको प्रदेश नम्बर ४ ले पूरा ५० ओभर खेल्दै ७ विकेट गुमाएर ३१० रन बनाएको थियो । जवाफी ब्याटिङमा आएको प्रदेश नम्बर १ ले ३५ ओभरमा १८१ रन बनाउँदा सबै विकेट खेल फाल्यो ।
प्रदेश १ का लागि सन्दीप ढुंगानाले ५५ बलमा ७१ रन, मिनास थापाले १३ बलमा १९ रन, श्रवण यादवले २९ बलमा १९ रन बनाउनु बाहेक अन्यले उल्लेख्य रन जोड्न सकेनन् ।
प्रदेश नम्बर ४ का हरि गौचनले ५ ओभरमा १९ रन दिएर ४ विकेट लिए । विपिन खत्री र राजु गुरुङले दुई/दुई साथै सन्तोष न्यौपाने र गोविन्द प्रधानले एक/एक विकेट लिए ।
यसअघि पहिले ब्याटिङ गरेको प्रदेश ४ का लागि हरि गौचनले ११५ बलमा ८ चौका र १ छक्कासहित १०० रन बनाए । सुमा घिमिरेले ५३ बलमा ८३ रन बनाए । विपिन खत्रीले ९ बलमा २३ रन हाने । मञ्जिल न्यौपानेले ४३ बलमा २८ रन बनाएका थिए ।
प्रदेश नम्बर १ का पुष्प थापा र सन्दीप ढुंगानाले दुई/दुई विकेट लिए । मनोज तामाङ र मिनास थापाले एक/एक विकेट लिए ।प्रतियोगितामा सात प्रदेशका ७ टिम र ३ विभागीय टिम गरी १० टिम सहभागी छन् ।
जेठ २९ गतेसम्म चल्ने प्रतियोगिताका लागि सहभागी १० टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । लिग कम नकआउटका आधारमा हुने प्रतियोगिताका समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् ।
प्रतियोगिताको विजेताले २० लाख तथा उपविजेताले १० लाख रुपैयाँ पुरस्कार पाउने छन् । यस्तै म्यान अफ द सिरिजले एक लाख र विधागत उत्कृष्ट हुनेले जनही ५० हजार रुपैयाँ पाउने छन् । प्रतियोगिताका खेलहरु मुलपानी मैदान र त्रिवि मैदानमा भइरहेको छ ।
वर्षाका कारण प्रदेश ७ र ५ को खेल रद्द
प्रधानमन्त्री कप अन्तर्गत मुलपानी क्रिकेट मैदानमा भएको खेल ‘वेट आउटफिल्ड’ का कारण रद्द भएको छ।
मंगलबार रातीको भारी वर्षाका कारण प्रभावित खेल ढिलो सुरु भएको थियो। करिब ११:३० मा सुरु भएको खेल ३८ ओभरमा छोट्याइएको थियो। प्रदेश ७ ले टस जित्दै ब्याटिंग रोजेपछि ८ ओभर खेल भएको थियो। तर करिब १५ मिनेटको भारी वर्षाका कारण मैदान पुनः पोखरीमा परिणत भएपछि खेल हुन् असम्भव भयो।
प्रदेश ७ ले ८ ओभरमा २ विकेट गुमाउँदै १९ रन बनाएको थिए। ओपनर सुरेन्द्र चन्द २ रन बनाउँदै रन आउट भए भने सन्जु धामी प्रादेश ५ का कप्तान शक्ति गौचनको बलमा बोल्ड भएका थिए। पहिलो स्पेनमा कृष्ण कार्कीलाई साथ् दिएका शक्तिले ४ ओभरमा ६ रन खर्चिए।
सम्बन्धित खबर
फिफाबाट एन्फा निलम्बनको अर्को असर : यू–२० एसियन कप छनोटबाट नेपाल बाहिरियो
अर्जेन्टिनालाई हराउँदै विश्वकप विजेता बन्यो स्पेन
विश्वकप उपाधिका लागि अर्जेन्टिना र स्पेन भिड्ने, मेसी र यमलबीच ऐतिहासिक भिडन्त
इंग्ल्यान्डलाई हराउँदै अर्जेन्टिना विश्वकपको फाइनलमा
पत्रकार केशव पाठकसहित सात जना प्रदेश खेलकुद पदकबाट विभुषित
अपराजित स्पेन र फ्रान्स आमने-सामने, कसको यात्रामा ब्रेक ?
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो