पोखरा । निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको पहिलो चरणअन्तर्गत माटो सम्याउने काम सुरु भएको छ । विमानस्थलको निर्माण सुरु भएको करिव ५ महिनामा ५ प्रतिशत काम सम्पन्न भएको छ ।
चिनियाँ निर्माण कम्पनी सीएमसीईले ११ अगस्त २०१७ बाट यो विमानस्थल निर्माण सुरु गरेको हो । सन् २०२१ जुलाई १० मा विमानस्थल निर्माण कार्य सम्पन्न गरी नेपाल सरकारलाई हस्तान्तरण गर्ने सम्झौता अनुरुप काम भइरहेको छ ।
पहिलो चरणमा जमिन कटान र सम्याउने काम गरिरहेको चिनियाँ ठेकेदार कम्पनी सीएएमसीईको टोलीले पाँच प्रतिशत काम सकिसकेको आयोजना प्रमुख विनेश मुनकर्मीले बताए । चीनको एक्जिम बैंकको करिब २२ अर्ब रुपैयाँ ऋणमा विमानस्थल बन्न लागेको हो ।
https://www.facebook.com/gandaknews/videos/768872076638380/
पूर्वप्रधानमन्त्री केपी ओलीको चीन भ्रमणका बेला दुई देशबीच ऋण सम्झौता भएर निर्माणको प्रक्रिया अघि बढेको थियो । विमानस्थल शिलान्यास भएको साढे १६ महिनापछि गत साउन १८ देखि निर्माणको काम सुरु भएको हो ।

अहिले यहाँ जमीन सम्याउन ट्रिपर २६, एक्साभेटर ६, डोजर ३ र रोलर ४ वटा प्रयोग भइरहेको छ । अन्तराष्ट्रिय उड्डयनका लागि आईकाओको मादण्डअनुसार फोर डी मोडलमा पर्ने पोखरा विमानस्थल निर्माण पूरा भएपछि बोइङ ७५७ र एयरबस ३२० वा सो सरहका जहाज आउजाउ गर्न सक्नेछन् ।

लगभग २५ सय मिटर लामो धावनमार्ग हुने विमानस्थलमा अवतरण र उडान हुने ती विमानको यात्रु क्षमता २ सयसम्म हुनेछ । पोखरामा बन्ने अन्तरर्राष्ट्रिय विमानस्थलले प्रदेश नम्बर ४ को मात्रै नभएर सिंगै देशको पर्यटकीय विकासमा टेवा पुग्ने विश्लेषण गरिँदै आएको छ ।

फोटो: युनिश गुरुङ
सम्बन्धित खबर
चापाकोटमा निर्वाचन सुरक्षाबारे उच्चस्तरीय छलफल, शान्तिपूर्ण मतदानमा जोड
स्याङ्जामा प्रतिनिधिसभा निर्वाचनका लागि करिब दुई हजार कर्मचारी खटाइँदै
वालिङ अस्पतालमा पहिलोपटक शव राख्ने फ्रिज सुविधा थपियो
स्याङ्जामा चुनावी ‘ड्राइ डे’ लागू, नतिजा नआएसम्म मदिरा बिक्रीवितरण तथा सेवनमा अस्थायी रोक
गोरखामा जिप दुर्घटना हुँदा चालकको मृत्यु
स्याङ्जा–२ मा झविलाल डुम्रेको चुनावी प्रतिबद्धता सार्वजनिक, सुशासनदेखि कृषि र पूर्वाधारसम्म प्राथमिकता
यो पनि पढौँ
धादिङ बस दुर्घटना: १९ मृतकको पहिचान खुल्यो, मृतक तीन विदेशी
धादिङमा बस दुर्घटनाः मृतकको सङ्ख्या १९ पुग्यो, २२ बढी घाइते
अटोवेजले भित्र्यायो ‘युरो–६’ लक्जरी बस, स्विफ्ट होलिडेजद्वारा ६ बस सञ्चालनमा [तस्वीरहरू]
चुनावमा तीन दिन बिदा दिन सरकारलाई आयोगको सिफारिस