पोखरा । निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको पहिलो चरणअन्तर्गत माटो सम्याउने काम सुरु भएको छ । विमानस्थलको निर्माण सुरु भएको करिव ५ महिनामा ५ प्रतिशत काम सम्पन्न भएको छ ।
चिनियाँ निर्माण कम्पनी सीएमसीईले ११ अगस्त २०१७ बाट यो विमानस्थल निर्माण सुरु गरेको हो । सन् २०२१ जुलाई १० मा विमानस्थल निर्माण कार्य सम्पन्न गरी नेपाल सरकारलाई हस्तान्तरण गर्ने सम्झौता अनुरुप काम भइरहेको छ ।
पहिलो चरणमा जमिन कटान र सम्याउने काम गरिरहेको चिनियाँ ठेकेदार कम्पनी सीएएमसीईको टोलीले पाँच प्रतिशत काम सकिसकेको आयोजना प्रमुख विनेश मुनकर्मीले बताए । चीनको एक्जिम बैंकको करिब २२ अर्ब रुपैयाँ ऋणमा विमानस्थल बन्न लागेको हो ।
https://www.facebook.com/gandaknews/videos/768872076638380/
पूर्वप्रधानमन्त्री केपी ओलीको चीन भ्रमणका बेला दुई देशबीच ऋण सम्झौता भएर निर्माणको प्रक्रिया अघि बढेको थियो । विमानस्थल शिलान्यास भएको साढे १६ महिनापछि गत साउन १८ देखि निर्माणको काम सुरु भएको हो ।

अहिले यहाँ जमीन सम्याउन ट्रिपर २६, एक्साभेटर ६, डोजर ३ र रोलर ४ वटा प्रयोग भइरहेको छ । अन्तराष्ट्रिय उड्डयनका लागि आईकाओको मादण्डअनुसार फोर डी मोडलमा पर्ने पोखरा विमानस्थल निर्माण पूरा भएपछि बोइङ ७५७ र एयरबस ३२० वा सो सरहका जहाज आउजाउ गर्न सक्नेछन् ।

लगभग २५ सय मिटर लामो धावनमार्ग हुने विमानस्थलमा अवतरण र उडान हुने ती विमानको यात्रु क्षमता २ सयसम्म हुनेछ । पोखरामा बन्ने अन्तरर्राष्ट्रिय विमानस्थलले प्रदेश नम्बर ४ को मात्रै नभएर सिंगै देशको पर्यटकीय विकासमा टेवा पुग्ने विश्लेषण गरिँदै आएको छ ।

फोटो: युनिश गुरुङ
सम्बन्धित खबर
अवैध सालको काठसहित मिनि ट्रक नियन्त्रणमा
पुस ७ देखि अर्जुनचौपारीमा तीनदिने राष्ट्रपति रनिङ शिल्ड तथा शैक्षिक महोत्सव
रानीथुम्का आधारभूत विद्यालयमा महायज्ञ हुँदै
लामो समयदेखि फरार रहेका दुई प्रतिवादी पक्राउ
अर्जुनचौपारीमा एकदिने स्वास्थ्य शिविर
६ विद्यालयका एक सय १२ विद्यार्थीलाई न्यानो कपडा
यो पनि पढौँ
पोखरा रंगशालामा पनि फ्लडलाइट जडान गरिनेछः कुलमान घिसिङ
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ
एमालेका युवराज र अष्टलक्ष्मीसहित तीन शीर्ष नेताले सक्रिय राजनीति छाडे
नवनियुक्त ४ मन्त्रीले लिए शपथ, को हुन् नयाँ मन्त्री?