पोखरा अन्तर्राष्ट्रिय विमानस्थल समयमै बन्छ: मन्त्री पण्डित

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल समयमै बन्छ: मन्त्री पण्डित

Photo Lalbabu (1)

पोखरा । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले पोखरामा निर्माण भईरहेको क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल समयमै सम्पन्न हुने बताएका छन् । यो राष्ट्रिय गौरवको आयोजना भएकाले सरकार विमानस्थल निर्माण गर्न गम्भिर रहेको उनले बताए ।

पोखरामा आयोजित एक कार्यक्रममा सहभागी हुन आएका मन्त्री पण्डितले शनिबार विमानस्थलको निरीक्षण गरे । विमानस्थल आयोजना प्रमुख ई. बिनेश मुनन्कर्मीलाई विमानस्थल निर्माणका क्रममा केहि समस्या भए नभएकोबारे जिज्ञासा राखेका थिए ।

मन्त्री पण्डितले विभागीय मन्त्रीसँग पनि पोखरा विमानस्थलको बारेमा कुरा भएको जानकारी दिँदै विमानस्थल निर्माणमा मन्त्री, सरकार सबै गम्भिर भएको बताएका थिए ।

‘यो राष्ट्रिय गौरवको आयोजना सबैको साथ सहयोगबाट सम्पन्न हुनेछ । स्थानीय सरकारदेखि संघीय सरकारसम्म यसमा सकारात्मक छ ।’ मन्त्री पण्डितले भने– ‘काम भईरहेको छ । ठेक्का लिने कम्पनीले काम गरिरहेको छ । अहिले आएका भनिएका कुराहरु कि पहिल्यै आउनुपर्छ । बनाउने नबनाउने उपयुक्त स्थान हो होईन पहिल्यैको कुरा हो । चार दशकदेखि पोखरेलीले कुरेको विमानस्थल बनाउनुपर्छ भन्नेमा सरकार छ ।’

मन्त्री पण्डितले निजगढ विमानस्थल बनेपछि त्रिभुवन विमानस्थलभन्दा राम्रो हुने, भैरहवा विमानस्थल छिट्टै सञ्चालन हुने बताए । उनले पोखरा प्रकृति र सौदर्यताको धनी भएकाले यसलाई कसरी राम्रो बनाउने ? यहाँको विकास कसरी गर्ने ? स्थानीय तहले आफ्नो ठाउँबाट सक्दो गर्न, कर्मचारीले आफ्नो काम गर्न आग्रह गरे ।

सो अवसरमा आयोजना प्रमुख ई. मुनन्कर्मीले हालसम्म ४५ प्रतिशत अर्थवर्क कार्य सम्पन्न भईसकेको र डिजाईन सहित १२ प्रतिशत काम सकिएको जनाए । उनले रिठ्ठेपानी डाँडा १४.२ मिटर काट्नुपर्ने देखिएको जानकारी दिँदै धावनमार्ग २५०० मिटर लम्बाई र ६० मिटर चौडाईको हुने उल्लेख गरे । विजयपुर खोला तर्फको भागमा साउन मसान्तसम्ममा काम सकिने उनको भनाई छ ।

https://www.facebook.com/gandaknews/videos/838801322978788/

सो अवसमार पोखरा १४ का पूर्व अध्यक्ष भिमसेन थापाले पोखरा विमानस्थलमा बेलाबेलामा बखेडा झिक्ने काम भईरहको भन्दै पोखराको विकासमा काठमाण्डौ सधैं नकारात्मक देखिएको ठोकुवा गरे । मन्त्री पण्डितलाई विमानस्थल निर्माणमा कुनै नकारात्मक असर पर्ने खालको देखिएमा सहयोग गर्न अनुरोध गरेका थिए ।

सो अवसरमा पोखरा लेखनाथ महानगरपालिकाका मेयर मानबहादुर जिसी, प्रशासकीय अधिकृत शेषानारायण पौडेल, पोखरा १४ अध्यक्ष प्रेमबहादुर कार्की ठेक्का लिएको कम्पनी चाइनाको सिएमसिईका झु झान फेङ लगायतको उपस्थिति थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds