रञ्जन अधिकारी, पोखरा । बेगनास तालमा शनिबार मध्यान्ह डुंगा पल्टिँदा मृत्यु हुनेको संख्या ८ पुगेको छ । वेपत्ता ६ जनाको शव आईतबार मध्यान्हसम्म तालबाट निकालिएको हो । दुई जनाको उद्धार लगत्तै ज्यान गएको थियो ।
डुंगा पल्टिएपछि वेपत्ता भएका नवलपरासी जिल्ला गैंडाकोटका ३२ वर्षीय रवि खनाल, उनका दुई छोराहरु ७ वर्षीय शंकर र ८ वर्षीय शिव, पोखरा बागलुङ बसपार्ककी १८ वर्षीया मनिषा बजगाईं, ५ वर्षीय रंजित गैह्रे र ५ वर्षीय प्राचीन पौडेलको शव आइतबार विहान साढे १० देखि १२ बजेसम्ममा तालबाट निकालिएको कास्कीका प्रहरी प्रवक्ता रविन्द्रमान गुरुङले जानकारी दिए ।
शनिबार नै तनहुँ भिमाद ५ की ३७ वर्षीया जमुना कँडेल गैह्रे र पोखरा २८ कालिकाकी ५१ वर्षीया कृष्णकुमारी बजगाईंको मृत्यु भएको थियो । उद्धारपछि उपचारार्थ अस्पताल पठाइएकोमा जमुनाको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पुग्नु अगावै र कृष्णकुमारीको लायन्स सामुदायिक अस्पतालमा उपचार क्रममा मृत्यु भएको हो । रविका श्रीमती २८ वर्षीया सविना खनाल र प्राचिनकी आमा २२ वर्षीया निशा पौडेलको सकुशल उद्धार भएको थियो ।
घटना विवरण अनुसार तीज अवसरमा छोराछोरी लिएर माइत जाने क्रममा उनीहरु सवार डुंगा बेगनास तालको लिब्दीटुँडमा शनिबार दिउँसो दुर्घटनामा परेको हो । डुंगा रविले चलाएका थिए । कास्कीका प्रहरी प्रवक्ता गुरुङका अनुसार एउटै डुंगामा १० जना सवार थिए ।
मृतक जमुनाका माहिला बुवाका छोरा कमलराज कँडेल (गणेश) ले डुंगा चढाएपछि रवि एक्लै डुंगा लिएर गएका थिए । कमलराजले तीजमा चेलीबेटी भेटघाटका लागि घरमा निम्त्याएका थिए । तालबीचमा रविले खियाएको डुंगा डुबेको देखेपछि एक्लै गएका कमलराज बेहोस भएका थिए । उनको तत्काल उद्धार गरिएको थियो ।
बेगनास ताल लिब्दी टुडाँ नजिकै पुग्दा ५ वर्षिय प्राचीन पौडेल तालमा खसेपछि आमा निशा पौडेल छोरालाई बचाउन तालमै हाम्फालिन् । त्यसपछि डुंगा कोल्टियो र पानी पस्न थाल्यो । डुंगा अनियन्त्रित भएपछि डुंंगा पल्टियो ।
गुहार मागेको आवाज सुनेपछि नजिकै रहेका किशोरीहरु तत्काल पुगेका थिए । उनीहरुले १० मिनेट डुंगा खियाएर घटनास्थल पुग्दा डुंगा डुबिसकेको र दुई जना महिलाहरु मात्र पौडिरहेको देखेको दिलकुमारी जलारीले बताईन् । उनका अनुसार अर्की महिला पनि झण्डै डुबिसकेकी थिईन् । सपना र निशाका हात मात्र देखिरहेको बेला तत्काल उद्धार भएकाले उनीहरु बाँच्न सकेकी हुन् ।

बेगनास तालको डुंगाघाटबाट घटनास्थल पुग्न डुंगामा झण्डै आधा घण्टा लाग्छ । उद्धार गर्ने कोहि नहुँदा छोराहरु समेत डुबेको पौडिएर बाँच्न सफल भएकी सपना खनालले बताएको स्थानीयले जनाएका छन् । ‘केही बेर दुबै छोरालाई समातेर बसेकी थिएँ, उद्धारमा कोही नआए पछि उनीहरु हातबाट फुस्के, म पौडेर बाँचे ।’ सपनाको भनाई उद्दृत गर्दै स्थानीयले बताए ।
घटनापछि लगत्तै स्थानीय बासी, नेपाल प्रहरी, नेपाली सेना, जलारी समुदाय लगायत उद्धारमा जुटेका थिए । लगत्तै सशस्त्र प्रहरी बलको गोताखोर टोली उद्धारमा जुटेको थियो । शनिबार राति अबेरसम्म बेपत्ता नभेटिए पछि आइतबार बिहानबाट पुनः सुरु गरिएको थियो ।
प्रहरीका अनुसार डुंगा सवारहरुले सुरक्षाका लागि लाइफ ज्याकेट समेत लगाएको पाइएन । जसका कारण ठूलो मानवीय क्षति हुनगयो । थप उद्धारका लागि चितवन कुरिनटार स्थित सशस्त्रप्रहरीको तालिमप्राप्त गोताखोर टोली समेत आएको थियो ।
तस्विर सौजन्यः प्रदीप पौडेल, विजय नेपाल
https://www.facebook.com/gandaknews/videos/706768169675525/
https://www.facebook.com/shree.r.kandel/videos/2248904541803781/


सम्बन्धित खबर
पोखरा–दुबई उडानको एक वर्षको टिकट बुकिङ खुला
पोखरा बस दुर्घटनाको छानबिन गर्न महानगरले बनायो समिति
पोखरामा स्कुल बस दुर्घटना, ४ विद्यार्थीसहित ५ जनाको मृत्यु
गण्डकी प्रदेश प्रमुख भट्ट समक्ष अख्तियारको प्रतिवेदन पेस
नवप्रवर्तन र प्रविधिमैत्री शिक्षाका लागि एसओएस गण्डकी र एआईसीएनबीच सहकार्य
बेगनास तालमा डुबेर युवकको मृत्यु
यो पनि पढौँ
मुख्यसचिव कार्कीकाे जागिर जाने भएपछि बालेनले रोके संघीय निजामती अध्यादेश
पोखराका युवा उद्यमी किरण केसी काँग्रेसको केन्द्रीय सदस्य (खुल्ला) मा निर्वाचित
पोखरा–दुबई उडानको एक वर्षको टिकट बुकिङ खुला
खगेन्द्र सुनारको अडियो सार्वजनिकपछि प्रहरीले आन्तरिक रूपमा बुझ्ने र निगरानी गर्ने काम अघि बढायो