भर्सटायल सिंगर सागर आले मगर नेपाल आइडलमा सहभागी हुनु पूर्व नै अहिलेजस्तै क्वालिटीमा गीत गाउन सक्थे । उनी बिग आइकन साजन आलेका भाई हुन् ।
चितवन पटिहानीका साजन छैटौं बिग आइकनको उपाधि जितेपछि दाइको प्रेरणामा भाइ सागर सातौं बिग आइकनमा पोखरा गए तर भोटिङमा दोस्रो हुन पुगे । दाजु साजन बिग आइकन बनेर आयोजक बिग एफएमका तर्फबाट ब्रिटिश कलेजको सहकार्यमा बेलायत समेत घुमिसकेका थिए । यही राम्रो प्लेटफर्म देखेर सागर चितवन आइडल हुँदै बिग आइकनमा होमिए । उनले अहिले फेसबुक पेजमा अवार्ड उचालको प्रोफाईल पिक्चर बिग आइकनकै सेकेण्ड हुँदाको बखतको हो ।
यहाँ भिडियोमा हामी बिग आइकनका विभिन्न चरणमा गाएको गीत देख्न सक्छौं ।
यतिको क्वालिटी सागरको उतिबेलै थियो । रेडियोले आयोजना गरेको प्रतियोगिता भएर यसरी बाहिर नआएको मात्र हो । उनले बिग आइकनकै दौरानमा अर्का प्रतिष्पर्धी साथी प्रिया गुरुङसँग गाएको साईली गीतको कभर गीत अहिले दशौं लाखले हेरिसकेका छन् । सागर त्यतिबेलै यतिका खुबीका थिए ।
नेपाल आइडलमा टप थ्रीमा पर्न नसकेपनि सागर आले मगरको व्यस्तता नेपाल आइडलका टप थ्री भन्दा कम छैन । टप थ्री प्रतिष्पर्धी प्रतियोगिताको नियममा बाँधिएर आफूखुशी कन्सर्टमा हिँड्न पाउँदैनन् तर सागरलाई भने यसमा कुनै बन्देज छैन । नेपालीको जनजिब्रोको भाका लोक दोहोरी, सालैजो समेत गाउन सक्ने एकमात्र प्रतिष्पर्धी भएकाले पनि उनी अहिले विदेशमा सर्वाधिक रोजाईको कलाकार समेत बनेका छन् ।
सम्बन्धित खबर
वेब सिरिज ‘आरती’ को ट्रेलर मैथिली र नेपाली भाषामा सार्वजनिक
निश्चल दवाडीले अञ्जु पन्तसँग ल्याए ‘चाइने के रे गोर्खा नेपालमा’ [भिडिओ]
निर्माता हेमराजलाई छलेर संयुक्तमा शब्द लेख्ने रमेश परियारबाट गीत ‘हाइज्याक’ !
चर्चित टिकटकर आयुषले गरे पाकिस्तानी जमालीसँग इन्गेजमेन्ट
लोकदोहोरी गीततर्फ सर्वोत्कृष्ट निर्देशकको अवार्ड साराशंकरलाई
नेपालका समर्पण लामाले जिते ‘इन्डियाज बेस्ट डान्सर’ सिजन-३ को उपाधि
यो पनि पढौँ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
दुई जनाको पहिचान खुल्यो: नौडाँडाका बिजय पौडेल र तिलोत्तमाका गोपाल बस्याल
पोखराको दृष्टिविहीन आश्रममा आगलागी, नगद ८ लाखसहित ३० लाख बढी क्षति
रेडियो देशान्तरमै झुण्डिए पत्रकार, कारण प्रेमिका