नेपालकै पहिलो ईन्टरनेशनल गेम शो ‘हिमालय रोडिज’ बिजेता समन श्रेष्ठ, ८ लाख ८० हजार र एभेन्जर बाईक (भिडियो)

नेपालकै पहिलो ईन्टरनेशनल गेम शो ‘हिमालय रोडिज’ बिजेता समन श्रेष्ठ, ८ लाख ८० हजार र एभेन्जर बाईक (भिडियो)

Himalaya Rodies

कार्तिक १३ / साहासिक र राेमाञ्चकारी टेलिभिजन रियालीटी शो ‘हिमालय रोडिज’को उपाधि समन श्रेष्ठले जितेका छन् ।

श्रेष्ठले ‘हिमालय रोडिज’काे अाजकाे ग्राण्ड फिनालेको राेचक प्रतिस्पर्धा अनिमेषजंग शाहीलाइ पछि पार्दै नेपालको पहिलो रोडी बनेका हुन् । यो संगै पहिलो ‘हिमालय रोडिज’का विजेता श्रेष्ठले ८ लाख ८० हजार रुपैया र बजाजकाे एभेन्जर मोटर साइकल प्राप्त गरेका छन् ।

नेपाली टेलिभिजन इतिहासमै दर्शकहरुकाबीच एउटा नयाँ शैलीको टेलिभिजन कार्यक्रम ‘हिमालय रोडिज’काे पहिलो सिजनकाे ग्राण्ड फिनाले सोमबार राती ८ बजे देखि ९ :३० बजे सम्म करिब डेढ घण्टा हिमालय टेलिभिजनबाट प्रसारण भएको थियो ।

नेपालकाे टेलिभिजन इतिहासमै अाउटडोरमा यति ठूलो भव्य सेटमा सुटिङ गरिएकाे ‘हिमालय रोडिज’काे ग्राण्ड फिनालेमा समन र अनिमेषकाबीच राेचक प्रतिस्पर्धा संगै त्यसमा थप अाकर्षणका केन्द्र बिन्दु बनेका थिए छन रणविजय सिंह जो भारतकाे चर्चित टेलिभिजन शो ‘एमटिभी रोडिज’को पहिलो सिजनका विजेता तथा हाल ‘एमटिभी रोडिज’ र प्रख्यात टिभी शो ‘स्प्रिटसभिल्ला’का प्रस्तोता तथा निर्णायक हुन ।

रोमाञ्चक र कौतुहलताले भरिएको टेलिभिजन शो ‘हिमालय रोडिज’को प्रशारण गत असार १९ गतेबाट सुरु भएको थियो प्रतिस्पर्धाकाे १८ अाै‌ श्रृंखलासम्म अाइपुग्दासम्म अन्तर्राष्ट्रिय स्तर कायम राख्न सफल भएकाे ‘हिमालय रोडिज’का निर्देशक अमनप्रताप अधिकारीकाे दावी छ ।

‘हिमालय रोडिज’को अडिसन पाँच महिना अघि पोखरा, बुटवल, चितवन, धरान र काठमाडाैं गरिएको थियो । कार्यक्रमको यो सिजनमा र्‍यापर आशिष राना (लाहुरे), अभिनेत्री दिया मास्के र सञ्चारकर्मी तथा अभिनेता रेमनदास श्रेष्ठ निर्णायकका रुपमा रहेका थिए ।

कार्यक्रम हिमालय रोडिजको अफिसियल युटुबमा हेर्न सकिनेछ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds