बिराटनगर, १४ कात्तिक । नेकपा एमालेका पोलिटब्युरो सदस्य एवं सफल पूर्व मन्त्री लालबाबु पण्डित मोरङ ६ बाट प्रतिनिधि सभाका लागि उम्मेदवार छन् । नेपाली काँग्रेसले केन्द्रिय नेता शेखर कोईरालालाई लालबाबुसँग भिडाउँदैछ ।
नेकपा एमाले र माओवादीले मोरङ जिल्लाका ६ वटा निर्वाचन क्षेत्रमध्ये ४ सिट र २ सीटमा भागवण्डा गरेका छन् । प्रदेशसभाका १२ सीटमध्ये दुबै पार्टीले आधा-आधा बाँडेका छन् ।
आइतबार भएको सहमति अनुसार मोरङको क्षेत्र नम्बर ४ र ५ माओवादीले पाउने भएको छ । क्षेत्र नम्बर १, २, ३ र ६ एमालेको भागमा परेको छ ।
एमालेले क्षेत्र नम्बर ३ मा भानुभक्त ढकाललाई टिकट दिएको छ । क्षेत्र नम्बर ६ मा लालबाबु पण्डित कांग्रेस नेता शेखर कोइरालासँग चुनाव लड्दैछन् । क्षेत्र नम्बर ३ मा भानुभक्त ढकालसँग कांग्रेस उम्मेदवार मेडिकल सञ्चालक सुनील शर्मा भिड्दैछन् ।
मोरङको क्षेत्र नम्बर ५ मा वाम गठबन्धनबाट माओवादी नेता शिवकुमार मण्डल चुनाव लड्ने भएका छन् । यस क्षेत्रमा कांग्रेसले उम्मेदवार तय गरिसकेको छैन ।
माओवादीले पाएको क्षेत्र नम्बर ४ मा कांग्रेसबाट महेश आचार्य चुनाव लड्दैछन् । यहाँ माओवादीले उम्मदेवार तय गर्न बाँकी छ ।
प्रदेशमा बराबर
मोरङका १२ वटा प्रदेशसभा सिटमा एमाले र माओवादीले बराबरी बाँडेका छन् ।
माओवादीले १, २, ३, ४ र ६ नम्बर क्षेत्रका प्रदेश नम्बर (क) पाएको छ भने ५ नम्बर क्षेत्रको प्रदेश नम्बर (ख) मा टिकट पाएको छ । बाँकी ६ वटा सिट एमालेले पाएको छ ।
अहिले पण्डितले चुनावी प्रचार अभियान सुरु गरिसकेका छन् ।

सम्बन्धित खबर
रसुवा, नुवाकोट, धादिङसहित ६ जिल्लामा उच्च सतर्कता अपनाउन र तटीय क्षेत्र खाली गर्न सरकारको अपिल
तिब्बती क्षेत्रको भोटेकोशीबाट सुरू भएको बाढीबाट जनधनको अकल्पनीय क्षती
गण्डकी सरकारबाट एमाले बाहिरियो, ४ मन्त्रीले बुझाए राजीनामा
सात कारण दिँदै भारतीय मिडियाले लेख्यो– १५० दिनमै जेन–जी नायकबाट ‘खलनायक’ बन्दै बालेन
गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
सभामुखको रूलिङ विपरित प्रधानमन्त्री बालेन कालो चस्मा लगाएरै संसद बैठकमा जाने
यो पनि पढौँ
प्रधानमन्त्री बालेनको भिडियो पत्रकारले खिच्दा सेनाले गर्यो डिलिट
गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
पोखरा लेकसाइडका मसाज र स्पामा अनुगमन
स्याङ्जामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, १० जना घाइते