रञ्जन अधिकारी पोखरा, १६ कार्तिक / पार्टीबाट टिकट पाउनेहरु हर्षोल्लाषका साथ विहीबार उम्मेदवारी दर्ता गर्दा टिकट पाउन नसकेकाहरु भने कोहि बागी उठे त कोहि सहभागी नै भएनन् ।
नेकपा एमालेका तर्फबाट जिल्लाबाटै बढारिएकाहरु पनि खुशीसाथ सहभागी भएको देखिन्थ्यो । श्रीनाथ बराल, सीता गिरी ओली दर्ता स्थल नै पुगे । तुलबहादुर गुरुङ पार्टी कार्यालयमा देखिन्थ्यो । काँग्रेसबाट भने बागी उम्मेदवारी दर्ता गर्न पुगेका पालिखेबाहेक देखिएन । तारानाथ रानाभाट स्वयं अस्वस्थ छन् । महादेव गुरुङ, शोभियतबहादुर अधिकारी, मनोज गुरुङ, रामचन्द्र त्रिपाठी, रंगीला आचार्य कोहि देखिएनन् । माओवादीका पुराना नेता झलकपाणी तिवारी, विश्वप्रकाश लामिछाने पनि देखिएनन् ।

उम्मेदवारी दर्ता अघि बाम गठबन्धन र काँग्रेस दुवैले बाजागाजा सहित ठूला ठूला झण्डा बोकेर ¥याली सहित दर्तास्थल आएका थिए । नेकपा एमालेको पार्टी कार्यालय शान्तिबन र माओवादीको पार्टी कार्यालयबाट निस्केको ¥याली सिर्जनाचोकमा मिसिएर संयुक्त रुपमा उम्मेदवारी दर्ता स्थल पुगेको हो भने काँग्रेसको ¥याली पोखरा सभागृहबाट सुरु भएको थियो ।
उम्मेदवारी दर्ता सकिएपछि बाम गठबन्धनले रत्नचोक पुगेर संयुक्त सभा ग¥यो भने काँग्रेसले रत्नचोकमा सभा आयोजना ग¥यो । दुवै सभामा प्रतिनिधि तथा प्रदेश सभा सदस्यका उम्मेदवारले बोले ।
कास्कीमा तामझामका साथ पुगेर नेताहरुले उम्मेदवारी दर्ता गरेका छन् । निकै सभ्य ढंगले उनीहरु चुनावी मैदानमा होमिएका छन् ।
सम्बन्धित खबर
रास्वपा गण्डकीको सभापतिमा त्रिपाठी निर्वाचित
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु