देउवालाई गगनको व्यंग्य– वडा अधिवेशनको उद्घाटन गर्न आइदिनुस्

राजनीति

देउवालाई गगनको व्यंग्य– वडा अधिवेशनको उद्घाटन गर्न आइदिनुस्

Gagan-Deuba

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पूर्णबहादुर खड्काले राखेको ८ र शेखर कोइरालाले राखेको ५ बुँदे माग सम्बोधन भएको बताएका छन्।

सानेपामा जारी केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै पार्टीलाई एकताबद्ध बनाउन आफूले सक्ने सबै गर्न तयार रहेको बताए।

आजको बैठकमा पूर्वसभापति शेरबहादुर देउवा समूहका प्रभावशाली नेताहरू सामेल भएका छन्।

उनले देउवालाई भने, ‘३ र ४ गतेबाट हाम्रो वडा अधिवेशन हुँदै छ। उहाँले आएर वडा अधिवेशनको उद्घाटन गरिदिए हाम्रो लागि ठूलो सम्मानको विषय हुँदै छ। यो पार्टीको विधानले उहाँ सभापति हुने होइन, उहाँ जसरी पनि बिदा नै भएर जाने हो।’

उनले इतर पक्षले राखेको सबै माग सम्बोधन भइसकेको भन्दै पूर्वपदाधिकारीहरूलाई पनि अधिवेशनमा सहभागी हुन आग्रह गरे।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ