‘बाढीमा बेपत्ता भएकालाई मृत घोषणा गर्न १२ वर्ष कुर्न हुँदैन, निर्णय होस्’

राजनीति

‘बाढीमा बेपत्ता भएकालाई मृत घोषणा गर्न १२ वर्ष कुर्न हुँदैन, निर्णय होस्’

Shova-khanal

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद शोभा खनालले भोटेकोशीमा विनाशकारी बाढी गएको निकै दिन भइसकेको बताएकी छन् ।

प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले भनिन्, ‘आफन्त गुमाएका र बेपत्ता रहेका परिवारको भावनाको पीडा त छँदैछ । राहत, पुन:र्स्थापना र काजकिरियाका लागि आवश्यक कानुनी प्रक्रियाले उनीहरूको पीडा झन बढाएको छ ।’

‘आज कि भोलि भन्दै सास कि लासको प्रतिक्षामा रहेका परिवारलाई कानुनले अझै १२ वर्ष कुर्नुपर्ने अवस्था सिर्जना हुनु अत्यन्त संवेदनशील विषय हो,’ उनले भनिन् ।

मुलुकी देवानीञ संहिता २०७४ को दफा ४० मा लगातार १२ वर्षसम्म कुनै सूचना नभएको व्यक्तिलाई मृत्यु भएको मान्न सकिने व्यवस्था छ ।

तर विपद् जस्तो असाधारण परिस्थितिमा यस्तो कानुनी व्यवस्थाले पीडित परिवारलाई तत्काल राज्यबाट पाउनुपर्ने राहत र संरक्षणमा बाधा सिर्जना हुने सांसद खनालले बताइन् ।

यसकारण सरकारले मुलुकी देवानी संहिताको सम्बन्धित दफा नै संशोधन गरी विपद् पीडित परिवारलाई थप कानुनी अड्चनमा नराख्ने गरी सरकारले निर्णय गर्नुपर्ने उनको आग्रह छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ