पोखरामा शनिबार दुई जना पत्रकारहरु सम्मानित भएका छन् । सम्मानित हुने पत्रकारहरुमा विग एफएमका समाचार संयोजक माधव पनेरु र क्रियाशील पत्रकार महिला समूह पश्चिमाञ्चलकी संयोजक सरिता तिम्सिना पंगेनी रहेका छन् ।
नेपाल पत्रकार महासंघद्वारा सञ्चालित ‘टंकादेवी तुलसीप्रसाद स्मृति पत्रकारिता पुरस्कार’ बाट युवा पत्रकार माधव पनेरु सम्मानित भएका हुन् भने पत्रकार महासंघ कास्की शाखाद्वारा नै सञ्चालित एवं ‘मीना गुरुङ सिर्जनशील पत्रकारिता पुरस्कार’ बाट क्रियाशील पत्रकार महिला पंगेनी सम्मानित भएकी हुन् ।
स्व. टंकादेवी तुल्सीप्रसाद कोइरालाका परिवारजनबाट स्थापित सो पुरस्कारको राशि २० हजार रुपैयाँ नगदसहित दोसल्ला र सम्मानपत्र रहेको छ । त्यस्तै ‘मीना गुरुङ सिर्जनशील पत्रकारिता पुरस्कारको राशि ११ हजार १ सय ११ रुपैयाँ, दोसल्ला र सम्मानपत्र रहेको छ ।
उनीहरुलाई राष्ट्रपति विद्यादेवी भण्डारीका सूचना तथा सञ्चार सल्लाहकार एवं प्रजातन्त्र सेनानी माधव शर्माले आज एक समारोहकाबीच पोखरामा सम्मान गरेका हुन् ।
कार्यक्रममा कास्कीका प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारी, पत्रकार महासंघका केन्द्रिय सदस्य रामकृष्ण ज्ञवाली, कास्की अध्यक्ष दीपेन्द्र श्रेष्ठ लगायतले बोलेका थिए ।

Pic. Umesh Pun
सम्बन्धित खबर
स्याङ्जामा एक वर्षमा ९०५ जनाले लिए गर्भपतन सेवा, २० वर्षमुनिका ३० जना
स्याङ्जामा पशुमा कृत्रिम गर्भाधान बढ्दै, एक वर्षमा ६ हजार ६९५ पशुमा सेवा
स्याङ्जामा पूर्वाधार विकास कार्यालयको ५५ प्रतिशत बजेट खर्च
फुटबल खेल्न गएका २ किशाेर विजयपुर खाेलाले बगाउँदा बेपत्ता, एक सकुशल
लेखनाथमा गुरुकुल सञ्चालन गरिने
अरौंदी खोलाको कजवेमा आवतजावत बन्द, पटक–पटकको दुर्घटनापछि प्रशासनको कडाइ
यो पनि पढौँ
हेम्जामा मोटरसाइकल दुर्घटना हुँदा १६ वर्षीय किशोरको मृत्यु
फुटबल खेल्न गएका २ किशाेर विजयपुर खाेलाले बगाउँदा बेपत्ता, एक सकुशल
स्याङ्जामा दुई मोटरसाइकल ठोक्किँदा दुई जना घाइते
७६ वर्षीया बृद्धामाथि जबर्जस्ती करणीको आरोपमा २१ वर्षीय युवक पक्राउ