पोखरा, १८ कार्तिक / नेपाल प्रहरीले चार जना भारतीयलाई पोखराबाट पक्राउ गरेको छ । काठमाण्डौंको कमलादीबाट पेस्तोलसहित दुई जना भारतीय सुटर पक्राउ परेको घटना सेलाउन नपाउदै पोखरा प्रहरीले ४ भारतीयलाई शुक्रबार राति पोखराको सिद्धार्थ चोकबाट पक्राउ गरेको छ ।
पोखरा प्रहरी प्रमुख एसपी अशोक सिंहले चार जना भारतीय सुटरसहित १२ जनालाई शुक्रवार राति पक्राउ गरिएको पुष्टि गरे । एसपी सिंहले घटनाको बारेमा अनुसन्धान भइरहेको बताए । भारतीय नागरीकसहित १२ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रहरी स्रोतकाअनुसार चार जना भारतीयहरु भारतको राजस्थानमा आतंक मच्चाएर नेपाल छिरेका हुन् । उनीहरुमाथी सर्वसाधरणको हत्या गरेको र हप्ता असुली गरेको आरोप छ ।
नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरोलाई भारतीय प्रहरीले उनिहरुको खोजि गरिदिन आग्रह गर्दैै आएको थियो । पोखरा प्रहरीको सहयोगमा ब्युरोबाट सादा पोसाकमा खटिएको टोलीले उनीहरुलाई सिद्धार्थ चोकमा पसलमा सामान किनिरहेको बेला पक्राउ गरेको हो ।
निर्वाचनका समयमा यसरी भारती सुटर पक्राउ पर्दा भिआई हत्या गरी चुनाव भाँड्ने गोप्य योजना समेत भएको हुन सक्ने बताइएको छ ।
पक्राउ परेका भारतीय अपराधीलाई काठमाडौं प्रहरीको सहयोगमा भारत प्रहरीलाई बुझाउने १ प्रहरी अधिकृतले बताए । ‘अहिले कास्की प्रहरीको हिरासतमा छन्,’ उनले भने, ‘काठमाडौंबाट प्रहरी आएपछि उनीहरुलाई भारत प्रहरीको जिम्मा लगाइन्छ ।’
विगतमा जस्तै पछिल्ला समय पनि भारतका अपराधीहरु घटना घटाएर नेपाल लुक्न आउँछन् । नेपाल प्रहरीको सहयोगमा त्यस्ता अपराधीलाई पक्राउ गरीभारत प्रहरीलाई जिम्मा लगाउँदै आएको छ । यद्यपि नेपाल र भारतबीच सुपुर्दगी सन्धि भएको छैन । बितेको भदौ २५ गते काठमाडौंमा यस्तै भारतीय सुटर पक्राउ परेका थिए ।
पटकपटक पक्राउ पर्दा नाम परिवर्तन गर्दै उम्केका भारत मोतिहारी रक्सौल–१ घर भएका बब्लु तिवारीलाई नेपाल प्रहरीले पक्राउ गरेको थियो ।
प्रहरीका अनुसार बब्लुले भारतमा मात्र नभएर नेपालको सीमा क्षेत्रमा पनि उत्तिकै आतंक मच्चाएका थिए । केही महिनाअघि बब्लुले भैरहवाका उद्योगी तथा सिद्धार्थ उद्योग वाणिज्य संघका उपाध्यक्ष कुलप्रसाद न्यौपानेलाई गोली प्रहार गरी हत्याको प्रयास गरेका थिए ।

नेपाल समाचारपत्र/समाधान
सम्बन्धित खबर
रवि भारततर्फ, भने- ‘भाकल पूरा गर्न भारत जान लागेको हुँ, राजनीतिक खिचडी नपकाउनुहोला’
दसैं मान्न गाउँघर गएकाहरू फर्किन थाले, शहरबजारमा बढ्यो चहलपहल
आगामी मङ्गलबारदेखि एक हप्ता देशभर झरीको सम्भावना
रविलाई दाइ हरिशरणका पाँच सुझाव : प्रदेशको विषयमा स्पष्ट धारणा बनाउनु
सुनकोशीमा जिप खस्दा ३ जनाको मृत्यु: ४ घाइते, ३ बेपत्ता
जीबी राईको अडियो प्रायोजित हुन सक्छ : हर्क साम्पाङ
यो पनि पढौँ
पोखरामा स्कुल बस दुर्घटनाः थप एक जना विद्यार्थी रहेनन्
जीबी राईको अडियो प्रायोजित हुन सक्छ : हर्क साम्पाङ
युरोपभर अस्थिरता : फ्रान्स, बेल्जियम, इटली र पोर्चुगलमा प्रदर्शन
स्याङ्जामा ४७ वर्षीय पुरुष मृत फेला