गोरखा १९ कार्तिक । भिमसेन गाउँपालिकाको केन्द्र र नाम परिवर्तन गर्ने विषयमा विवाद हुँदा आइतबार साँझ भिमसेन–५ बगुवामा खुकुरी हानाहान भएको छ ।
कांग्रेस, माओवादी विवादका कारण युवाहरुबीच खुकुरी हानाहान भएको हो । दुई पक्ष बीचको झडपमा कांग्रेसका स्थानीय सबिन बानिँया, माओवादीका सुजन श्रेष्ठ र सुमन श्रेष्ठ गरी तीन घाइते भएका छन् । घाइतेहरुको टाउकोमा गम्भीर चोट लागेको छ । उनीहरुलाई उपचारका लागि सदरमुकाम ल्याइएको छ । गाउँसभाको बैठक सकिसकेपछि विवाद भएको हो । सभाले भिमसेन गाउँपालिकाको नाम भिमसेन थापा गाउँपालिका राख्ने निर्णय गरेको छ ।
बगुवा रहेको केन्द्र वडा नम्बर १ को घ्याम्पेशाल सार्ने विषयमा चाँहि विवाद भएको हो । कांग्रेस केन्द्र घ्याम्पेशाल सार्ने र माओवादी बगुवामा नै राख्नु पर्ने पक्षमा थिए । ‘बैठकमा दुई तिहाई बहुमतले केन्द्र सार्ने निर्णय गरिसकेपछि माओवादीका एक सदस्यले माइनुट च्यात्नु भयो’, गाउँपालिकाका प्रमुख ईश्वर पाण्डेले भने, ‘त्यसपछि आक्रमण सुरु भयो ।’ गाउँपालिकामा प्रमुख, उपप्रमुखसहित सदस्यमा कांग्रेसको बहुमत छ । खुकुरी भालासहितका हतियार बोकेका युवाले आक्रमण गरेको पाण्डेले बताए ।
माओवादी केन्द्रका नेता लोकप्रसाद बञ्जराले ढोका थुनेर जबर्जस्ती गाउँपालिकाका केन्द्र सार्न खोज्दा झडप भएको बताए । ‘हाम्रा साथीहरुलाई नोटअफ डिसेन्ट लेख्न दिइएन, अनि झडपको रुपमा लियो’, उनले भने, ‘गाउँपालिकाको कार्यालयमा थुनेर राखिएका सदस्यहरुलाई लिन जाँदा कांग्रेसका युवाहरुले आक्रमण गरे ।’
झडप भएर युवाहरु घाइते भएपछि सदरमुकामबाट घटनास्थल तर्फ परिचालन गरिएको छ । आक्रमणकारीहरुको खोजी भइरहेको प्रहरी नायव उपरीक्षक भेषराज रिजालले बताए । घ्याम्पेशाल आसपासको क्षेत्रमा यसअघि पनि निर्वाचनका समयमा झडप हुने गरेको थियो ।
सम्बन्धित खबर
गोरखामा जिप दुर्घटना हुँदा चालकको मृत्यु
सुदन गुरुङ गोरखा क्षेत्र नं. १ बाट चुनाव लड्ने
बुढीगण्डकी जलविद्युत् आयोजनाको काम छिटो सक्न पहल गर्छौं: मुख्यमन्त्री पाण्डे
गण्डकी प्रदेश स्वास्थ्य हब बन्ने चरणमा छ : मुख्यमन्त्री पाण्डे
गोरखाका फोटोग्राफर एकजुट, भट्टको नेतृत्वमा समिति चयन
वर्षाले सडक भासिँदा गोरखाको ढुङ्गागाढे-खाब्दी भञ्ज्याङ सडक अवरुद्ध
यो पनि पढौँ
ओली र लेखकलाई पक्राउ गर्न ‘हतार’ भएको गृहमन्त्री सुधन गुरुङद्वारा स्वीकार
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
शेखरले गगनलाई स्वीकार्दै , शशांक र धनराजसहितले छोडे देउवा समूह
अनुभवहीन नयाँ पात्रको उदयले लोकतन्त्र र राष्ट्रिय स्वाभिमानमाथि प्रश्न उठ्यो: पूर्वराष्ट्रपति भण्डारी