गोरखा १९ कार्तिक । भिमसेन गाउँपालिकाको केन्द्र र नाम परिवर्तन गर्ने विषयमा विवाद हुँदा आइतबार साँझ भिमसेन–५ बगुवामा खुकुरी हानाहान भएको छ ।
कांग्रेस, माओवादी विवादका कारण युवाहरुबीच खुकुरी हानाहान भएको हो । दुई पक्ष बीचको झडपमा कांग्रेसका स्थानीय सबिन बानिँया, माओवादीका सुजन श्रेष्ठ र सुमन श्रेष्ठ गरी तीन घाइते भएका छन् । घाइतेहरुको टाउकोमा गम्भीर चोट लागेको छ । उनीहरुलाई उपचारका लागि सदरमुकाम ल्याइएको छ । गाउँसभाको बैठक सकिसकेपछि विवाद भएको हो । सभाले भिमसेन गाउँपालिकाको नाम भिमसेन थापा गाउँपालिका राख्ने निर्णय गरेको छ ।
बगुवा रहेको केन्द्र वडा नम्बर १ को घ्याम्पेशाल सार्ने विषयमा चाँहि विवाद भएको हो । कांग्रेस केन्द्र घ्याम्पेशाल सार्ने र माओवादी बगुवामा नै राख्नु पर्ने पक्षमा थिए । ‘बैठकमा दुई तिहाई बहुमतले केन्द्र सार्ने निर्णय गरिसकेपछि माओवादीका एक सदस्यले माइनुट च्यात्नु भयो’, गाउँपालिकाका प्रमुख ईश्वर पाण्डेले भने, ‘त्यसपछि आक्रमण सुरु भयो ।’ गाउँपालिकामा प्रमुख, उपप्रमुखसहित सदस्यमा कांग्रेसको बहुमत छ । खुकुरी भालासहितका हतियार बोकेका युवाले आक्रमण गरेको पाण्डेले बताए ।
माओवादी केन्द्रका नेता लोकप्रसाद बञ्जराले ढोका थुनेर जबर्जस्ती गाउँपालिकाका केन्द्र सार्न खोज्दा झडप भएको बताए । ‘हाम्रा साथीहरुलाई नोटअफ डिसेन्ट लेख्न दिइएन, अनि झडपको रुपमा लियो’, उनले भने, ‘गाउँपालिकाको कार्यालयमा थुनेर राखिएका सदस्यहरुलाई लिन जाँदा कांग्रेसका युवाहरुले आक्रमण गरे ।’
झडप भएर युवाहरु घाइते भएपछि सदरमुकामबाट घटनास्थल तर्फ परिचालन गरिएको छ । आक्रमणकारीहरुको खोजी भइरहेको प्रहरी नायव उपरीक्षक भेषराज रिजालले बताए । घ्याम्पेशाल आसपासको क्षेत्रमा यसअघि पनि निर्वाचनका समयमा झडप हुने गरेको थियो ।
सम्बन्धित खबर
गोरखामा ७० वर्षीया वृद्धा हत्या आरोपमा दुई जना पक्राउ
गर्भवती श्रीमतीलाई जबर्जस्ती करणी गरेको आरोपमा पक्राउ
एक लाख नक्कली नोटसहित गोरखाका गौरव काठमाण्डौबाट पक्राउ
गोरखा–आँबुखैरेनी सडकको शंकास्पद वस्तु डिस्पोज, कुकरभित्र सिसा, बारुद र लाइटर
गोरखा कट्टेलचोक स्थित सडकमा शंकास्पद वस्तु भेटियो
पहिरोले गोरखा–आँबुखैरेनी सडक अवरुद्ध
यो पनि पढौँ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
रेडियो देशान्तरमै झुण्डिए पत्रकार, कारण प्रेमिका
तनहुँको भिमादस्थित सेती नदी किनारमा मृत भेटिइन् पोखराकी रमा
क्यान्सर पीडित पत्नीको उपचार गर्न नसकेपछि सँगै देहत्याग, एकै चितामा अन्त्येष्टि