पोखरा २० कार्तिक । डुङगा रेष्ट्रो एण्ड लाउन्ज बारले पोखराको पर्यटकीय केन्द्रबिन्दु फेवाताल किनारमा पर्यटकहरुलाई लक्षित गरी ९६ थान फलामको कुर्ची निर्माण गरेको छ ।
लेकसाइडमा रहेको डुङगा रेष्ट्रो एण्ड लाउन्ज बारल बाराही मन्दिर जाने पर्यटकलाई लक्षित गरी निर्माण गरिएको कुर्चीहरु आइतबार एक कार्यक्रमका बीच डुङगा ब्यवशायी संघलाई हस्तान्तरण गरेको छ ।
कुल एक लाख ५० हजारको लागतमा निर्मित कुर्चीहरु डुङगा रेष्ट्रो एण्ड लाउन्ज बारका सञ्चालक राजेश गुरुङले डुङगा ब्यवशायी संघका अध्यक्ष बुद्धि बहादुर नेपाली र कुर्ची निर्माण कार्यक्रमका संयोजक बत्ती प्रसाद गुरुङलाई हस्तान्तरण गरेका थिए ।
सो अवसरमा वोल्दै पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर ६ का अध्यक्ष जगत पहारीले ब्यवशाय संगै समाजसेवामा अगाडी वढेर डुङगा रेष्ट्रो एण्ड लाउन्ज बारले बाराही घाटमा कुर्ची निर्माण गरी फेवाताल घुम्न आउने पर्यटकका लागी बिश्राम लिने ठाउ बनाएकोमा आभार प्रकट गरे ।
डुङगा रेष्ट्रो एण्ड लाउन्ज बारका सञ्चालक राजेश गुरुङले ब्यवशाय संगै समाजमा केही कामहरु गर्नुपर्छ भनेर अगाडी वढिरहेको वताउदै आफ्नो सानो सहयोगलाई स्वीकार गरेकोमा डुङगा ब्यवशायी प्रति धन्यवाद ब्यक्त गर्दै आगामी दिनमा पनि यस्ता सहयोगलाई निरन्तरता दिने वताए ।
डुङगा ब्यवशायी समितीका अध्यक्ष बुद्धि बहादुर नेपालीले डुङगा रेष्ट्रो बारले कुर्ची निर्माण गरेर बाराही मन्दिर जाने दर्शनार्थीका लागी सजिलो बनाइदिएको वताउदै आगामी दिनमा वडा कार्यालयले कुर्ची राखिएकोे क्षेत्रमा ट्रष्ट हालेर घाम पानी परेको वेलामा पनि बस्न सक्ने वातावरण निर्माण गरिदिन आग्रह गरे ।

सम्बन्धित खबर
पुस ७ देखि अर्जुनचौपारीमा तीनदिने राष्ट्रपति रनिङ शिल्ड तथा शैक्षिक महोत्सव
रानीथुम्का आधारभूत विद्यालयमा महायज्ञ हुँदै
लामो समयदेखि फरार रहेका दुई प्रतिवादी पक्राउ
अर्जुनचौपारीमा एकदिने स्वास्थ्य शिविर
६ विद्यालयका एक सय १२ विद्यार्थीलाई न्यानो कपडा
प्रतिभा माविद्वारा खेलकुदका उत्कृष्टलाई पुरस्कार प्रदान
यो पनि पढौँ
पोखरा रंगशालामा पनि फ्लडलाइट जडान गरिनेछः कुलमान घिसिङ
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ
एमालेका युवराज र अष्टलक्ष्मीसहित तीन शीर्ष नेताले सक्रिय राजनीति छाडे
नवनियुक्त ४ मन्त्रीले लिए शपथ, को हुन् नयाँ मन्त्री?