पोखरा २० कार्तिक । डुङगा रेष्ट्रो एण्ड लाउन्ज बारले पोखराको पर्यटकीय केन्द्रबिन्दु फेवाताल किनारमा पर्यटकहरुलाई लक्षित गरी ९६ थान फलामको कुर्ची निर्माण गरेको छ ।
लेकसाइडमा रहेको डुङगा रेष्ट्रो एण्ड लाउन्ज बारल बाराही मन्दिर जाने पर्यटकलाई लक्षित गरी निर्माण गरिएको कुर्चीहरु आइतबार एक कार्यक्रमका बीच डुङगा ब्यवशायी संघलाई हस्तान्तरण गरेको छ ।
कुल एक लाख ५० हजारको लागतमा निर्मित कुर्चीहरु डुङगा रेष्ट्रो एण्ड लाउन्ज बारका सञ्चालक राजेश गुरुङले डुङगा ब्यवशायी संघका अध्यक्ष बुद्धि बहादुर नेपाली र कुर्ची निर्माण कार्यक्रमका संयोजक बत्ती प्रसाद गुरुङलाई हस्तान्तरण गरेका थिए ।
सो अवसरमा वोल्दै पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर ६ का अध्यक्ष जगत पहारीले ब्यवशाय संगै समाजसेवामा अगाडी वढेर डुङगा रेष्ट्रो एण्ड लाउन्ज बारले बाराही घाटमा कुर्ची निर्माण गरी फेवाताल घुम्न आउने पर्यटकका लागी बिश्राम लिने ठाउ बनाएकोमा आभार प्रकट गरे ।
डुङगा रेष्ट्रो एण्ड लाउन्ज बारका सञ्चालक राजेश गुरुङले ब्यवशाय संगै समाजमा केही कामहरु गर्नुपर्छ भनेर अगाडी वढिरहेको वताउदै आफ्नो सानो सहयोगलाई स्वीकार गरेकोमा डुङगा ब्यवशायी प्रति धन्यवाद ब्यक्त गर्दै आगामी दिनमा पनि यस्ता सहयोगलाई निरन्तरता दिने वताए ।
डुङगा ब्यवशायी समितीका अध्यक्ष बुद्धि बहादुर नेपालीले डुङगा रेष्ट्रो बारले कुर्ची निर्माण गरेर बाराही मन्दिर जाने दर्शनार्थीका लागी सजिलो बनाइदिएको वताउदै आगामी दिनमा वडा कार्यालयले कुर्ची राखिएकोे क्षेत्रमा ट्रष्ट हालेर घाम पानी परेको वेलामा पनि बस्न सक्ने वातावरण निर्माण गरिदिन आग्रह गरे ।

सम्बन्धित खबर
स्याङ्जाका ५६ मतदान स्थल अति संवेदनशील
सिद्धार्थ राजमार्गमा दुर्घटनापछि कुटपिट, भीरकोटका युवक प्रहरी नियन्त्रणमा
स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
पुलिसलाई हराउँदै न्यू डायमण्डले जित्यो टाइगर कपको महिलातर्फको उपाधि
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
जनार्दनले ओलीको साथ लिएपछि गोरखामा मिलन चक्रेलाई समर्थन गर्नुपर्ने नैतिक दबाबमा बाबुराम
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो