रञ्जन अधिकारी पोखरा, २२ कार्तिक / दुई मोटरसाईकल आपसमा ठक्कर खाँदा एक महिला गम्भिर घाईते भएकी छिन् । बुधबार मध्यान्ह सवा १२ बजे पोखराको मालेपाटनमा ग५प ७०४ नम्बरको निलो पल्सर र ग१२प ७६४५ एभेन्जर ठोक्किएका हुन् ।
एभेन्जरमा सवार पोखरा घारीपाटन निवासी सरस्वती गिरीको अवस्था गम्भिर रहेको छ । उनको अहिले काठमाण्डौ न्युरो हस्पिटलमा उपचार भईरहेको छ । उनलाई हेलिकोप्टरमार्फत काठमाण्डौं लगिएको थियो ।
पल्सर चालक पोखरा १५ निवासी सुनिल तामाङले विद्युत प्राधिकरण कार्यालय अगाडि एभेन्जर बाईकलाई ठक्कर दिएको प्रहरीले जनाएको छ । तामाङ सामान्य घाईते छन् । उनको पोखरा सृजनाचोक स्थित मेट्रो सिटी हस्पिटलमा उपचार गरिएको थियो । गिरीलाई भने अस्पतालबाट सिधै काठमाण्डौ लगिएको हो ।
घाईते गिरीको टाउकोदेखि शरीरका विभिन्न भागमा चोट लागेको जिल्ला ट्राफिक प्रहरी कार्यालय, कास्कीले जानकारी दिएको छ । जिरोकिमीदेखि बाग्लुङ बसपार्क जाँदै गरेको पल्सरले विपरित दिशाबाट आईरहेको एभेन्जर बाईकलाई ठक्कर दिएको थियो ।
घाईते गिरीका भाञ्जा सुमन गिरीले चालक तामाङसँग लाईसेन्स नरहेको जनाए । ट्राफिक प्रहरी कार्यालयले पनि लाईसेन्स नभेटिएको तर अनुसन्धान जारी रहेको जनाएको छ । तामाङ वडा प्रहरी कार्यालय बैदाम प्रहरी नियन्त्रणमा छन् ।
घाईते गिरीले धेरै वर्ष अघि देखि नै एभेञ्जर बाईक चलाउँदै आएकी थिईन् । उनले वर्ष दिन अघि मात्रै नयाँ बाईक किनेकी थिईन् ।

सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
चार वर्षमै अर्जुनचौपारीको शिक्षा क्षेत्रमा ठूलो फड्को
स्याङ्जामा बालबालिकालाई सारङ्गी सिकाइँदै, जोगाइँदै मौलिक संस्कृति
भरुवा बन्दुकसहित एक वृद्ध पक्राउ
गण्डकी प्रदेश प्रमुख भट्टसमक्ष मुस्लिम आयोगको वार्षिक प्रतिवेदन पेस
छैटौं टाइगर कपमा २२ लाख ६५ हजार रुपैयाँ बचत
यो पनि पढौँ
ओली र लेखकलाई पक्राउ गर्न ‘हतार’ भएको गृहमन्त्री सुधन गुरुङद्वारा स्वीकार
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
सरकारले फेरि बढायो डिजेल र इन्धनको मूल्य, कति पुग्यो ?
शेखरले गगनलाई स्वीकार्दै , शशांक र धनराजसहितले छोडे देउवा समूह