पोखरामा मोटरसाईकल दुर्घटनामा गिरी गम्भिर, न्युरोमा उपचार हुँदै, युवकको लाईसेन्स खै ?

पोखरामा मोटरसाईकल दुर्घटनामा गिरी गम्भिर, न्युरोमा उपचार हुँदै, युवकको लाईसेन्स खै ?

bike acc

रञ्जन अधिकारी पोखरा, २२ कार्तिक / दुई मोटरसाईकल आपसमा ठक्कर खाँदा एक महिला गम्भिर घाईते भएकी छिन् । बुधबार मध्यान्ह सवा १२ बजे पोखराको मालेपाटनमा ग५प ७०४ नम्बरको निलो पल्सर र ग१२प ७६४५ एभेन्जर ठोक्किएका हुन् ।

एभेन्जरमा सवार पोखरा घारीपाटन निवासी सरस्वती गिरीको अवस्था गम्भिर रहेको छ । उनको अहिले काठमाण्डौ न्युरो हस्पिटलमा उपचार भईरहेको छ । उनलाई हेलिकोप्टरमार्फत काठमाण्डौं लगिएको थियो ।

पल्सर चालक पोखरा १५ निवासी सुनिल तामाङले विद्युत प्राधिकरण कार्यालय अगाडि एभेन्जर बाईकलाई ठक्कर दिएको प्रहरीले जनाएको छ । तामाङ सामान्य घाईते छन् । उनको पोखरा सृजनाचोक स्थित मेट्रो सिटी हस्पिटलमा उपचार गरिएको थियो । गिरीलाई भने अस्पतालबाट सिधै काठमाण्डौ लगिएको हो ।

घाईते गिरीको टाउकोदेखि शरीरका विभिन्न भागमा चोट लागेको जिल्ला ट्राफिक प्रहरी कार्यालय, कास्कीले जानकारी दिएको छ । जिरोकिमीदेखि बाग्लुङ बसपार्क जाँदै गरेको पल्सरले विपरित दिशाबाट आईरहेको एभेन्जर बाईकलाई ठक्कर दिएको थियो ।

घाईते गिरीका भाञ्जा सुमन गिरीले चालक तामाङसँग लाईसेन्स नरहेको जनाए । ट्राफिक प्रहरी कार्यालयले पनि लाईसेन्स नभेटिएको तर अनुसन्धान जारी रहेको जनाएको छ । तामाङ वडा प्रहरी कार्यालय बैदाम प्रहरी नियन्त्रणमा छन् ।

घाईते गिरीले धेरै वर्ष अघि देखि नै एभेञ्जर बाईक चलाउँदै आएकी थिईन् । उनले वर्ष दिन अघि मात्रै नयाँ बाईक किनेकी थिईन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ