पोखरा, २३ कात्तिक / नेकपा एमालेका स्थायी कमिटी सदस्य किरण गुरुङले प्रतिनिधि सभा सदस्यका लागि आफूलाई अवसर भए पनि प्रदेसमा मुख्य भूमिका निभाउन प्रदेशतर्फ चुनाव लड्न लागेकोे स्पष्ट पारेका छन ।
गुरुङले प्रदेश नं. ४ मा पार्टीको सरकार बने पाँच वर्ष भित्र प्रदेशका हरेक क्षेत्रमा शुद्ध पिउने पानी तथा निःशुल्क स्वास्थ्य सेवाको पहुँच पुर्याउने उनले बताए । एमाले प्रदेश नम्बर ४ का संयोजक रहेका गुरुङले गृहजिल्ला तनहुँमा स्थानीय सडकहरुको स्तरोन्नती गर्ने योजना रहेको बताए । श्रृंगपथको विस्तार, भिमकाली सडक तथा कृष्ण मार्गलाई स्तरोन्नती गर्ने उनले बताए । शत प्रतिशत साक्षरता प्रतिशत पु¥याउने समेत उनले बताए ।
गुरुङले आसन्न निर्वाचनमा वाम गठबन्धनले पूर्ण बहुमत ल्याउने दाबी गरेका छन्।
मुख्यमन्त्रीको लागि मेरो उम्मेद्बारी
गुरुङले आसन्न निर्वाचनमा वाम गठबन्धनले बहुमत ल्याउने दावी गरेका छन । एमालेका प्रदेश नम्वर ४ का संयोजक रहेका गुरुङले आफू मुख्यमन्त्री बन्न प्रदेशसभामा उम्मेदवारी दिएको बताए।
गुरुङ २०४८ सालको आम निर्वाचनमा तनहुँ क्षेत्र नम्वर ३ बाट प्रतिनिधिसभामा निवर्वाचित भएका थिए । २०४९ सालमा एमालेको पाँचौं महाधिवेशनबाट केन्द्रीय कमिटीमा निवार्चित भएपछि उनी निरन्तर केन्द्रीय कमिटीमा छन् नवौं महाधिवेशनपछि स्थायी कमिटीमा छन् ।
२०६४ सालको संविधानसभा निर्वाचनमा तनहुँ ३ बाट निर्वाचित उनी चुनावपछि बनेको प्रचण्ड सरकारमा वनमन्त्री भएका थिए ।

सम्बन्धित खबर
पर्यटनको सम्भावना बोकेको मुस्ताङको ‘झारकोट’ ओझेलमा
एमाले ११औं महाधिवेशन: निर्वाचनको नतिजा भोलि मात्रै आउने
निर्णायक क्षणमा प्रदीप ज्ञवालीले भने : ओली नेतृत्वको टिमलाई विजय गराऔँ, म त्यहीँ रहन्छु
एमाले महाधिवेशन: नेतृत्व चयनका लागि आज मतदान
पेट्रोलको मूल्य बढ्यो, डिजेल र मट्टितेलको घट्यो
एमालेका युवराज र अष्टलक्ष्मीसहित तीन शीर्ष नेताले सक्रिय राजनीति छाडे
यो पनि पढौँ
पोखरा रंगशालामा पनि फ्लडलाइट जडान गरिनेछः कुलमान घिसिङ
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ
एमालेका युवराज र अष्टलक्ष्मीसहित तीन शीर्ष नेताले सक्रिय राजनीति छाडे
नवनियुक्त ४ मन्त्रीले लिए शपथ, को हुन् नयाँ मन्त्री?