पोखरा, कार्तिक २३ । नेपाली काँग्रेस कास्की क्षेत्र न २ ले चुनावी प्रचार शुरु गरेको छ । महानगरपालिकाको वडा नं ४ बाट घरदैलो अभियान गर्दै चुनावी प्रचार थालेका हुन् ।
बजार क्षेत्रका पसलदेखि सामाजिक प्रतिष्ठान एवं घर घरमा पुगेर क्षेत्र नं २ का प्रतिनिधि सभा सदस्य उम्मेदवार देवराज चालिसे, २ ९१०का उम्मेदवार गुरु बराल र २९२०का उम्मेदवार विन्दुकुमार थापाले वडा नं ४ गैह्रपाटनमा सभालाई सम्बोधनपछि घरदैलो अभियान शुरु गरेका थिए ।
“पुरानालाई दुई पटक हे¥यौं अब नयाँलाई हेर्ने छौं ”– घरदैलो अभियानकै क्रममा ८४ वर्षिय गणेशबहादुर गुरुङले भने–“चुनावमा अब नयाँ टेष्ट पनि लिनुपर्छ । पुरानो टेष्ट पुरानै भईसक्यो ।” घरदैलो अभियानमा आम सर्वसाधारणको उत्साहले उम्मेदवारलाई उर्जा थपिएको छ ।

“जनताले नयाँ उम्मेदवारबाट विकासको अनुभूति हुने अपेक्षा गरेका छन ।” घरदैलोको क्रममा जनताले सुनाएको भन्दै प्रदेश सभा क्षेत्र नंं २ ख का उम्मेदवार विन्दुकुमार थापाले भने–“न्युट्रल भोटले नयाँ टेष्ट खोजिरहेको आभाष भएको छ ।”
व्यापारीक घरानाले, अग्रज व्यवासयीले साथ, र सहयोग रहेको भन्दै उम्मेदवार थापाले उहाँहरुको साथ र सहयोग शिरोपर गर्दै अगाडि बढ्ने बताए । पोखरा उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष समेत रहेका थापाले जनतामा देखिएको उत्साह, हार्दिकताले काँग्रेसका जित सुनिश्चित हुने दावी गरे ।
घरदैलो अभियानकै क्रममा समानुपातिक उम्मेदवार आनन्दराज मुल्मीले जनताले काँग्रेसबाट धेरै आशा गरेको भन्दै काँग्रेसलाई जिताउन स्वयं जनता नै सक्रिय हुदैं घरदैलो अभियानमा जुटिरहेको बताए ।

सम्बन्धित खबर
गण्डकी प्रदेश प्रमुखसमक्ष मुख्य न्यायाधिवक्ताको प्रतिवेदन पेस
अवैध रूपमा बालुवा ओसार्दै गरेको ट्याक्टरलाई तीन हजार जरिवाना
स्याङ्जामा दुई मोटरसाइकल ठोक्किँदा दुई जना घाइते
७६ वर्षीया बृद्धामाथि जबर्जस्ती करणीको आरोपमा २१ वर्षीय युवक पक्राउ
हेम्जामा मोटरसाइकल दुर्घटना हुँदा १६ वर्षीय किशोरको मृत्यु
स्याङ्जाका सरकारी कार्यालयमा छड्के, ३४ कर्मचारीको हाजिरीमा कैफियत
यो पनि पढौँ
हेम्जामा मोटरसाइकल दुर्घटना हुँदा १६ वर्षीय किशोरको मृत्यु
निर्मल पुर्जाको शव बेलायत लगियो, तीन नेपालीको मंगलबार काठमाडौं ल्याइने
ग्यास अभाव हुँदैन, अनावश्यक सञ्चय नगरौँः ग्यास उद्योग सङ्घ
जोर्ज जोन शिक्षा प्रतिष्ठानको अध्यक्षमा विनोद कायस्थ, पाँच शिक्षासेवी सम्मानित