पोखरा, २३ कात्तिक / कास्की क्षेत्र नम्बर २ का प्रतिनिधि सभाका उम्मेद्वार रविन्द्र अधिकारीले दुई पटक जिताउँदा पनि केहि नगरेको आरोपप्रति चित्त दुखाएका छन् । यद्यपी, जनतालाई थाहा भएकाले प्रष्ट पारिरहनुपर्ने आवश्यकता नभएको बताए ।
‘रविन्द्रलाई दुई पटक पठाएको संविधानसभामा हो, संविधान बनाउन हो । सर्वोत्कृष्ट बनेर पोखराकै शिर ठाडो पारेको भन्ने लाग्छ ।’ उनले भने– ‘विकास समिति हेर्नुस् वा म जहाँ रहेँ, क्षेत्र हेर्ने होईन, समग्र राष्ट्र हेर्नेतिर नेतृत्व लिएँ । गरेको छु । जनतालाई थाहा छ ।’
उनले आफूमात्र खाने तर अरुलाई नदिने पूँजीबादी लोकतन्त्रको चरित्र भएको टिप्पणी गरेका छन् । कास्की क्षेत्र नम्बर २ अन्तर्गत पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर ४ को गैह्रापाटनमा बाम गठबन्धनको संयुक्त कार्यालय उद्घाटन कार्यक्रममा बोल्दै अधिकारीले हुनेखानेलाई खाइराख्न दिने र नहुनेलाई भोकै राख्ने पुँजीबादी लोकतन्त्र चरित्र भएको टिप्पणी गरेका हुन् । समाजबादी लोकतन्त्रमा भने सबैलाई समान किसिमको खाने, बस्ने, रमाउने, हिंडडुल गर्ने र कामको पनि समान अवसर पाउनेलगायत उनको भनाई थियो । कास्कीका कांग्रेसी उम्मेद्वारले कर्णालीको बजेट कास्कीमा किन पारेनौं ? भनेर आफूलाई प्रश्न गरेको भन्दै उनले त्यस्तो असमान तरिकाले कर्णालीलाई भोकै राखेर आफूले कास्कीमा मात्र बजेट ल्याउन नसक्ने र त्यो कम्युनिष्ट चरित्र पनि नभएको स्पष्ट पारे ।
अधिकारीले कांग्रेसले स्थिर र सबल सरकार बनाउन नसक्नेपनि दाबी गरे । यसअघी बहुमत पाएर सरकार बनाएपनि आफैले सरकार गिराउने र बनाउने फोहोरी खेल खेल्दा विकृति भित्रिएको आरोप लगाउँदै अहिले पनि उसको चरित्र नसुध्रेकाले सबल र स्थिर सरकार कांग्रेसले दिन नसक्ने उनको भनाई थियो ।
पोखराको सडक बिस्तार, पुल निर्माण, खानेपानी योजनालगायत अधिकांश विकास निर्माणका काममा बामपन्थी र आफ्नो योगदान रहेको बताउँदै उनले बिपक्षीले त्यसलाई नदेखेर सत्तोसराप गरेकोप्रति आक्रोस व्यक्त गरे । उनले भने,‘म सुन्दै बिपक्षीहरुले मलाई केहि गरेन भन्दैछन् रे, बामपन्थीहरुले गरेको कामलाई नदेख्नेलाई केहि भन्न सकिदैन, आँखा कम देख्नेलाई चश्मा लगाएर देख्नसक्ने बनाउन सकिन्छ, तर देखेरपनि नदेखेजस्तो गर्नेलाई केहि गर्न सकिदैन, बाम गठबन्धन र मैले गरेका कामको मूल्यांकन कस्केली जनताले गरेका छन् । कांग्रेसले गालीगलौज र आरोपमात्र लगाएर अस्वस्थ प्रतिष्पर्धा गर्नुका साथै लोकतन्त्रलाई नै धुमिल बनाइरहेको बताए ।
कार्यक्रममा कास्की २ को प्रदेश नम्बर २ का उम्मेद्वार राजकाजी गुरुङ ‘करण’ले बाम गठबन्धन बनेपछि कांग्रेस आतंकित भएर बर्बराउन थालेको टिप्पणी गरे । कांग्रेसले भन्नेगरेको अधिनायकवाद बन्दुकको नालबाट मात्र आउनेगरेको बताउँदै उनले जनताको मतबाट त संविधानले निर्दिष्ट गरेको लोकतान्त्रिक समाजवाद मात्र अहिलेको बाम गठबन्धनले ल्याउन लागेको स्पष्ट पारे । करणले कांग्रेसमा बरु अधिनायकवादी चरित्र रहेको आरोप लगाए । वर्षौदेखी पार्टीको लागि मरिमेट्नेलाई पाखा लगाएर रातारात कोटको खल्तीबाट चुनावको टिकट दिनुपनि अधिनायकबादी चरित्र भएको उनको भनाई थियो ।
करणले लोकतान्त्रिक समाजबादमा हुने र नहुने, गरीब र धनी, कथित तल्लो जात र माथिल्लो जात बिचको असमानता र विभेद नरहने तथा सबैको गास, बास र कपासको ज्ञारेन्टी हुने उल्लेख गरे ।

गणतन्त्र, लोकतन्त्र, धर्म निरपेक्षता, संघीयता, उज्यालो नेपाललगायतका सबै उपलब्धी कम्युनिष्टकै कारण आएको बताउँदै अब यसको ब्यबस्थापन र कार्यान्वयनका लागि बाम गठबन्धनलाई जिताउनुपर्ने उनले बताए ।
समानुपातिक उम्मेद्वार सोनाथ अधिकारी ‘प्यासी’ले नेपालमा बामपन्थीलाई भोट दिने कल्चर स्थापित भइसकेको बताउँदै अब त्यसलाई निरन्तरता मात्र दिनुपर्ने बताए । उनले गरिबीको अन्त्य गर्दै समृद्धीमा लम्कन पनि बाम गठबन्धनलाई भोट दिन अपिल गरे ।
सम्बन्धित खबर
अयरपानी होमस्टेमा पर्यटकको चहलपहल बढ्दै
नेपाल टेलिकमद्वारा बाग्लुङमा विद्यार्थीलाई स्कुल ब्याग वितरण तथा FTTH सेवा शुभारम्भ
स्याङ्जामा करेन्ट सर्टबाट दुई ठाउँमा आगलागी
पुस्तकालय व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न
पुतलीबजार राष्ट्रपति रनिङ शिल्डको उपाधि रोशनी माविलाई
पुतलीबजारका करिब एक हजारलाई कुखुराका चल्ला वितरण
यो पनि पढौँ
चरक मेमोरियल हस्पिटलको १३ औं वार्षिकोत्सवमा विविध कार्यक्रम
‘पोखरा विन्टर फेष्ट’ आगामी शनिबार, चर्चित भारतीय कलाकार सञ्जु राठोडको प्रस्तुती रहने
इन्धनबाट चल्ने गाडीहरु विस्थापन हुँदा सयौँ मजदुरहरु पलायन हुने स्थिति आयोः श्रेष्ठ
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ