रञ्जन अधिकारी पोखरा, २४ कार्तिक / सडक माथि टांगिएको करेन्टको तार एक्कासी गुडिरहेको बाईक माथि खस्दा गम्भिर घाईते भएका पोखरा लेखनाथ २० भलामका विष्णु बस्ताकोटीको करोडौं खर्चदाँ पनि ज्यान जोगिएन । परिवारका अनुसार यो बीचमा एक करोड १० लाख भन्दा बढि खर्च भयो ।
गत साउन २६ गते पोखरा ११ रानीपौवामा भएको दुःखद दुर्घटना पछि गम्भिर घाईते उनको कार्तिक १७ गते निधन भयो । विद्युत प्राधिकरण लगायत सरोकारवाला निकायको गम्भिर लापरबाहीको शिकार उनी बने ।

सडक माथि नै टाँगिएका हाइटेन्सन लाईनहरु, बिजुलीका तारहरुलाई अब यस्तै लापबारही नगर्न दबाब स्वरुप फेसबुक समूह मेन्स रुम रिलोडेडका पोखरामा रहेका सदस्यहरुले र्यालीका साथ दीप प्रज्ज्वलन गरी स्व. बस्ताकोटीलाई स्मरण गरे । उनीहरुले बस्ताकोटीको मृत्य नभई हत्या हो, किन यस्तो मरण भो ?

विहिबार आयोजित कार्यक्रममा युवतीहरुको पनि साथ रहेको थियो । मेन्स रुम रिलोडेडका पोखरा प्रतिनिधी सुवास शर्माले बिद्युत प्रधिकरणको लापबाहीको कारण बस्ताकोटीले ज्यान गुमाउनुपरेको बताए । उनले प्रधिकरणलाई यस्ता घटना हुनबाट सजग रहन आग्रह गरे ।

मानव अधिकार चोकबाट तार चुडिएको ठाउँ रानीपौसम्म ¥याली लागेका थिए । भने करेन्ट लागेको ठाउँ नजिकै उनीहरुले दीप प्रज्वलन गरेको मेन्स रुम रिलोडेडका मिरज ढकालले जानकारी दिए ।
घटना पश्चात् बस्ताकोटीलाई दुई दिनपछि मणिपालमा उपचार सम्भव नहुँदा काठमाडौंको ग्राण्डी अस्पताल रिफर समेत गरियो । तर उपचारकै क्रममा साढे दुई महिनापछि गत शुक्रबार निधन भएको थियो ।
३४ वर्षीय बस्ताकोटी पोखरा १७ विरौटा स्थित शिशु निकेतन विद्यालयमा अध्यापन गर्दथे । उनी राष्ट्रिय माविमा पनि आबद्ध थिए ।
सम्बन्धित खबर
र्याफ्टिङमा पोखराको अपर सेतीमा पर्यटकको आकर्षण
मुक्तिनाथ मन्दिरमा दशैंको टीका
दसैँमा मुस्ताङ हुँदै ३५ करोड बराबरका भेडा च्याङ्ग्रा निकासी
एमालेको एक्शनः ३० लाख ‘घुस डिल’को आरोप लागेका पूर्व स्वास्थ्यमन्त्री पाण्डेमाथि कारबाही गर्न सिफारिस
स्याङ्जामा ४७ वर्षीय पुरुष मृत फेला
गण्डकी प्रदेश प्रमुख भट्टद्वारा बडादशैंको शुभकामना व्यक्त
यो पनि पढौँ
पोखरामा स्कुल बस दुर्घटनाः थप एक जना विद्यार्थी रहेनन्
पोखराका युवा उद्यमी किरण केसी काँग्रेसको केन्द्रीय सदस्य (खुल्ला) मा निर्वाचित
जीबी राईको अडियो प्रायोजित हुन सक्छ : हर्क साम्पाङ
युरोपभर अस्थिरता : फ्रान्स, बेल्जियम, इटली र पोर्चुगलमा प्रदर्शन