रबिन्द्र अधिकारी
राष्ट्रको शक्ति भनेको युवा हुन् । उनीहरूकै हातमा देशको भविष्य निर्भर छ । र उनीहरूकै प्रत्यक्ष संलग्नतामा सम्पूर्ण राजनीतिक परिवर्तनहरू भएका छन् । तिनै जुझारू, लगनशील, राष्ट्रप्रति समर्पितहरूसँग म सदा साथमा छु ।
व्यापक आर्थिक वृद्धि गरेर संमृद्ध राष्ट्र बनाउनु, सामाजिक न्यायसहितको सुसंस्कृत र परिस्कृत समाज निर्माण गर्नु अहिलेको आवश्यकता हो । हरेक जातजाति, समुदाय, वर्ग विशेषले व्यवहारिक रूपमा स्वतन्त्रताको अनुभूति नगरेसम्म मुलुकको परिवर्तन भएको मानिने छैन । २१ औं शताब्दीको विज्ञान र प्रविधिको प्रयोगले मात्र मुलुकको विकास र परिवर्तनलाई द्रुत बनाउन सकिन्छ ।
यसका लागि युवाहरूको राजनीतिमा प्रत्यक्ष भूमिका हुनु पनि अत्यावश्यक छ । हाम्रो समाजका कमजोरीहरू पनि थुप्रै छन् जसकारण हरेक जातजाति, समुदाय, वर्ग विशेषले व्यवहारिक रूपमा स्वतन्त्रताको अनुभूति गर्न पाएकै छैनन् अर्थात् उनीहरू बन्चित छन् । जसका कारण देशले जति फड्को मार्नु पर्ने हो त्यति फड्को मार्न सकिरहेको छैन ।
नेपालमा बेरोजगारी र अशिक्षाको समस्या निकै जटिल छ । यो समस्याको जड नै देशमा भएको राजनीतिक अस्थिरता हो । यही अस्थिरताको असर हाम्रो अर्थव्यवस्थामा परेको छ । जसले गर्दा हाम्रो अर्थतन्त्र टाक्सिएको छ । उद्यमशीलताको विकास हुनसकेको छैन । रोजगारी, सीपमूलक तालिम लयागतका विषयमा राज्यले स्पस्ट बाटो लिँन नसक्दा हामीले सफलता हासिल गर्न सकेका छैनौं । त्यसैले यस्ता यावत् समस्याको समाधानका लागि एउटा नयाँ सोच, सृजना र उच्च इच्छा शक्तिका साथ संकल्प गरौं ।
आउनुहोस्, हातमा हात मिलाएर अर्थ–सामाजिक तथा राजनीतिक प्रतिबद्धतालाई साकार पार्न एकजुट हौं । हामी राष्ट्रका सम्पूर्ण चुनौतीहरू समाधान गर्न अवश्य सफल हुनेछौं ।
धन्यवाद
सम्बन्धित खबर
‘मैले देखेको पोखरामा हाम्रो भूमिका’
मर्दी बेस क्याम्प यात्रा संस्मरण: झरीको कष्टकर यात्रा बिर्साउने त्यो घुम्टो उघारेको हिमाल
पोखरामा अवस्था खराब बन्दा मेरो ‘कोरोना अनुभव’
मानुङ्गले दिएको सन्देश र व्यासको पर्यटन सम्भाव्यता
न्यू जेनेरेशनः लभ, रिलेशन एण्ड म्यारिज
‘बेलायत सरकारको विद्यार्थी भिसा नीतिमा परिवर्तन’
यो पनि पढौँ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
दुई जनाको पहिचान खुल्यो: नौडाँडाका बिजय पौडेल र तिलोत्तमाका गोपाल बस्याल
पोखराको दृष्टिविहीन आश्रममा आगलागी, नगद ८ लाखसहित ३० लाख बढी क्षति
रेडियो देशान्तरमै झुण्डिए पत्रकार, कारण प्रेमिका