कास्की प्रदेशसभा सदस्य क्षेत्र नं ३(१)का वाम गठवन्धनका उम्मेदवार रामजीप्रसाद बराल(जीवन)ले युवाहरुलाई रोजगारी दिने र उनीहरुलाई स्वरोजगार वनाउने कार्य कम्युनिष्टहरुले मात्र गरेको वताएका छन् ।
देशको मेरुदण्डको रुपमा रहेको युवा जनशक्ति विदेशिनु दुखको कुरा भएकोले अव वन्ने वामपन्थीको सरकारले युवाहरुलाई उचित रोजगारी र स्वरोजगारमुलक कार्यक्रमहरु ल्याउने दावी गरे । “विगतमा पनि कम्युनिष्टको सरकारले युवाहरुलाई लक्षित गरेर थुप्रै कार्यक्रमहरु ल्याएकै हो” वरालले भने “ युवा स्वरोजगार कार्यक्रम, संयुक्त जमानीमा ऋण सुविधा, कृषि कर्जामा सहुलियत कम्युनिष्ट सरकारलेनै ल्याएका हुन्। अव वन्ने वामपन्थीको सरकारले पनि युवाहरुको मुद्धाहरुलाई सम्वोधन गर्दछ”।
प्रदेशसभा सदस्य क्षेत्र नं ३ (१)का उम्मेदवार रामजीप्रसाद बराल(जीवन)ले माछापुच्छ«े गाउँपालिका वडा नं ७ धम्पुसका विभिन्न ठाउँहरुमा जनतासँग भेटघाट गरेका छन् ।
विहानैदेखी घट्टेकुलोवाट घरदैलो सुरु गरेका उम्मेदवार सहितको टोलीले किसानहरुलाई खेतमै पुगेर भोट माग्ने काम गरेका छन् ।

धम्पुसको झाँक्रे, देउराली, खानीगाउँ लगायतका क्षेत्रहरुमा घरैदेलो तथा कोणसभा सम्पन्न भएको छ । घरदैलोको क्रममा नेता वरालसँग स्थानीयहरुले फेदीवाट धम्पुससम्को वाटो पिच नभएको र देउरालीवाट खानीगाउँसम्मको वाटो ग्रावेलिङ गर्न र कृषि उत्पादनको बजारिकणमा असुविधा रहेको भनाई राखेको थिए । पर्यटकिय क्षेत्र समेत रहेको धम्पुसको प्रवद्र्धनका कार्यक्रमहरुको खाँचो समेत स्थानीयले राखे ।
उम्मेदवार वरालले आफु स्थानीय जनताका मागहरुलाई सम्वोधन गर्न प्रतिवद्ध रहेको र जनताका जायज मागहरु पुरा गर्न आफुले सरोकारवाला निकायहरुलाई झकझकाउने भनाई वरालको थियो ।
ग्रामिण सडकलाई स्तरोन्न्ती र डिपिआर भएकालाई चाडैै कालोपत्रेको पहल
वाम गठवन्धनको तर्फवाट प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं ३ प्रदेशसभा सदस्य क्षेत्र नं १ का उम्मेदवार रामजी बराल(जीवन) ले धितालमा घरदैलो सम्पन्न गरेका छन् ।उम्मेदवार सहितको प्रचार टोलीले विजयी भेडावारीवाट तल्लो नुवागाउँ, उपल्लो नुवागाउ, अस्ताममा घरदैलोमा व्यस्त रह्यो ।
घरदैलो पछि आयोजित कोणसभाहरुमा वोल्दै उम्मेदवार जीवनले ग्रामिण सडकलाई स्तरोन्न्ती र डिपिआर सम्पन्न भईसकेका सडकहरुलाई चाडै नै कालो पत्रेको लागि आवश्यक पहल गर्ने प्रतिवद्धता जनाए । स्थानीय जनताले माग गरेअनुसार इदी र मर्दी खोला नियन्त्रण गरि कृषिमा सुधारका कार्यक्रम संचालन गर्ने र चट्याङको समस्या समाधानका लागि अर्थिङ र कालो तारको व्यवस्थाको लागि पहल गर्ने प्रतिवद्धता जीवनको छ । उनले अस्ताम र नुवागाउँमा पिउने पानीको समस्या समाधान गर्न सम्वन्धित निकायलाई अनुरोध गर्ने भनाई उनको छ ।

छापुच्छ«े गाउँपालिकाका प्रमुख कर्णवहादुर गुरुङले वाम गठवन्धनले जिते मात्रै गाउँपालिकाका नीति तथा कार्यक्रम सहज रुपले अगाडी वढ्ने भन्दै वाम गठवन्धनलाई जिताउन आग्रह गरे । उपप्रमुख कृष्ण कुमारी दवाडीले महिलाको हक,हित र उत्पिडितको उत्थान गठवन्धनले मात्रै गर्ने भएकोले प्रतिनिधिसभा र प्रदेशसभामा वाम उम्मेदवारले जित्नै पर्ने भनाई राखिन् ।
निर्वाचन परिचालन कमिटि क्षेत्र नं ३(१) का संयोजक दीपक पौडेलले जनताका मागहरु पुरा गर्न वामपन्थीको स्थिर सरकार आवश्यक रहेको वताए । कार्यक्रममा सह सहसंयोजक राजु तिमिल्सना, धिताल प्रचार प्रसार संयोजक रुद्रवहादुर केसी, सहसंयोजक टेकनाथ गौतम, पूर्व अध्यक्ष नन्दलाल अधिकारी लगायतले वोलेका थिए ।
सम्बन्धित खबर
अवैध सालको काठसहित मिनि ट्रक नियन्त्रणमा
पुस ७ देखि अर्जुनचौपारीमा तीनदिने राष्ट्रपति रनिङ शिल्ड तथा शैक्षिक महोत्सव
रानीथुम्का आधारभूत विद्यालयमा महायज्ञ हुँदै
लामो समयदेखि फरार रहेका दुई प्रतिवादी पक्राउ
अर्जुनचौपारीमा एकदिने स्वास्थ्य शिविर
६ विद्यालयका एक सय १२ विद्यार्थीलाई न्यानो कपडा
यो पनि पढौँ
पोखरा रंगशालामा पनि फ्लडलाइट जडान गरिनेछः कुलमान घिसिङ
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ
एमालेका युवराज र अष्टलक्ष्मीसहित तीन शीर्ष नेताले सक्रिय राजनीति छाडे
नवनियुक्त ४ मन्त्रीले लिए शपथ, को हुन् नयाँ मन्त्री?