गण्डक न्यूज डटकम सन् २०१७ देखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
सदाझैं गौचन त्यो दिन २३ असोजमा पनि शान्तिनगरस्थित आफ्नो घरबाट बा १३ च ४९४८ नम्बरको ल्याण्ड क्रुजर गाडीबाट महासंघ कार्यालय आउँदै थिए । उनको साथमा थिए, चालक रामकुमार खत्री ।
खरिबोट चोक नजिक दुई जना युवा उनलाई कुरेर बसेका थिए । गौचन सवार गाडी त्यहाँ पुग्ने वित्तिकै २२ वषर्ीय प्रकाश बुढाथोकीले ढुंगा प्रहार गरे । गाडीको अगाडीको सिसामा ढुंगा हानेका उनी भागे ।
गौचन हत्याकाण्डको अनुसन्धान समितिका प्रमुख डीआईजी गणेश केसीका अनुसार उनी त्यहाँ कतिवेला गौचन निस्किन्छन् ? अन्य मान्छेले देखेका छन् कि छैनन् ? भन्ने हेर्न र ढुंगा हान्न नै बसेका थिए ।
ढुंगा लागेपछि गौचन सवार कार रोकियो । प्रहरीका अनुसार गाडी राकिने वित्तिकै २१ वषर्ीय पेशेवर सुटर राजिव स्याङ्ताङले गोली हाने गरे । उनी गाडीको अगाडि गए र ड्याङ … ड्याङ दुई राउण्ड गोली चलाए ।
गोली शिशा छेडेर गौचनको पेटमा लाग्यो । बुढाथोकी र स्याङ्ताङ एकैतर्फ भागे । केहीपर उनीहरुलाई मोटरसाइकल तयार थियो । जुन मोटरसाइकलको व्यवस्थापन गरेका थिए, १८ वर्षीय सन्तोष गुरुङले । उनी पर्साको ठोरी गाउँपालिका-५ का हुन् ।
सीसी टिभी फुटेजमा देखिएअनुसार गोली प्रहारपछि स्याङ्ताङले केहीपर पुगेर माक्स र ज्याकेट फ्याले । त्यस दिन उनले सेतो टिसर्ट लगाएका थिए, सोमबार प्रहरीले पक्राउ गर्दा पनि उनी त्यही टिसर्टमा भेटिए ।
उनी नुवाकोटमा लुकेर बसेको अवस्थामा पक्राउ परेका हुन् । बुढाथोकी भने राजधानीमै ठाउँ परिवर्तन गर्दै लुकिछिपी बस्दै आएका थिए ।
उनीहरुलाई हतियार र मोटरसाइकल व्यवस्थापन गर्ने पर्साका ३५ वर्षीय शिवजी महतो र भारत विहारका २४ वषर्ीय मुकेशकुमार पाण्डे समेत पक्राउ परेका छन् । घटनामा भारतबाट चोरी गरेर साइन मोटरसाइकल ल्याइ नेपाली नम्बर बा ३५ प २४६१ राखेर प्रयोग गरिएको भेटिएको छ ।
घटनामा प्रयोग गरिएको हतियार भने भारतको वेतियाबाट नेपाली रुपैयाँ ६५ हजारमा खरिद गरिएको खुलेको छ ।
Onlinekhabar
गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युबलगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।
सम्बन्धित खबर
पूर्वमन्त्री जोशीले पाए सबै कैद छुट, अब जेलमा बस्न नपर्ने
निर्मल पुर्जाको शव बेलायत लगियो, तीन नेपालीको मंगलबार काठमाडौं ल्याइने
संसद बैठकमा खाली कुर्सी देखिन थालेपछि सांसदहरूको हाजिरी हेर्दै रास्वपा
ग्यास अभाव हुँदैन, अनावश्यक सञ्चय नगरौँः ग्यास उद्योग सङ्घ
गगन थापा भन्छन्- सरकारका मन्त्रीहरू ‘छोटे राजा’को शैलीमा देखिन थाले
जेनजी आन्दोलनले देशको स्वाधीनता खतरामा पर्यो: उपेन्द्र यादव
यो पनि पढौँ
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
गण्डकीका प्रदेश प्रमुख भट्टले गरे गाँजा विधेयक प्रमाणीकरण
निर्मल पुर्जाको शव बेलायत लगियो, तीन नेपालीको मंगलबार काठमाडौं ल्याइने
जोर्ज जोन शिक्षा प्रतिष्ठानको अध्यक्षमा विनोद कायस्थ, पाँच शिक्षासेवी सम्मानित