धनगढी ३० कार्तिक / गोरखाको चुनावी सभामा एमाले अध्यक्ष केपी ओलीले कांग्रेसको अन्तिम प्रधानमन्त्री भनेको विषयमा प्रधानमन्त्री शेरबहादुर देउवाले धनगढी पुगेर टिप्पणी गर्दै आफू अझै दुईपटक प्रधानमन्त्री हुने दाबी गरेका छन् ।
‘मलाई ज्योतिषीले सातपटक प्रधानमन्त्री हुने बताएका छन् । म अझै दुईपटक प्रधानमन्त्री हुन्छु,’ प्रधानमन्त्री देउवाले भने, ‘म तपाईंहरुको घरको मान्छे हुँ, जुनबेला पनि मलाई भेट्ने, समस्या सुनाउने, गाली गर्ने सबै अधिकार तपाईंहरुसंग छ ।’ देउवाले प्रदेश नं ७ मा आफ्नो पार्टीले संसदीय निर्वाचन क्षेत्रका प्राय सबै सिट जित्ने दाबी समेत गरे ।
सुदूरपश्चिमलाइ जोड्ने २२ पुलदेखि सडक, बिजुली, खानेपानी, शिक्षा, स्वास्थ्यका क्षेत्रमा भएका विकास आफ्नै प्रयासले भएको पनि देउवाले बताए । ‘यो क्षेत्रबाट प्रधानमन्त्री हुनसक्ने व्यक्ति तत्काल अर्को कोही पनि छैन,’ उनले भने, ‘प्रधानमन्त्री हुने म नै हुँ त्यसैले यो क्षेत्रका जनताले कांग्रेसलाई सबैभन्दा बढी सिटमा विजयी बनाउने छन् ।’
नेपाल प्रेस युनीयन कैलालीले धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रधानमन्त्री देउवाले कम्युनिष्टहरुले लोकतन्त्रको उपयोग मात्र गर्ने तर, यसको संस्थागत सुदृढीकरणसंग उनीहरुको कुनै सम्बन्ध नहुने बताएका थिए । ‘कम्युनिष्ट शासन व्यवस्थाभन्दा लोकतन्त्र नै उपयुक्त हुने भएकाले जनता कांग्रेसको पक्षमा उभिएका छन्,’ उनले भने ।
प्रधानमन्त्री देउवाले वामपन्थीहरुले निर्वाचन जिते देशमा कम्युनिष्ट अधियनायकवाद स्थापना हुनसक्ने आशंकाले जनतामा त्रास फैलिएको दाबी पनि गरेका थिए ।
उनले वाम गठबन्धनकै कारण विगतका निर्वाचनमा कांग्रेसले पाएको मतभन्दा बढी मत पाउने र झन् बलियो हुने बताए ।

सम्बन्धित खबर
प्रदेशका अधिकार र समस्या संघको प्राथमिकतामा कहिल्यै परेनन्- मुख्यमन्त्री पाण्डे
दशैं मनाउन गाउँ फर्किनेको चहलपहल बढ्यो
राजमार्गका होटलमा खाना खाँदा यात्रु बिरामी परे चालक र साहुजी दुवैलाई कारबाही गरिने
खगेन्द्र सुनारमाथि रास्वपाको आन्तरिक छानबिन सुरु, औपचारिक कार्यक्रममा सहभागी हुन रोक
खगेन्द्र सुनारको अडियो सार्वजनिकपछि प्रहरीले आन्तरिक रूपमा बुझ्ने र निगरानी गर्ने काम अघि बढायो
आफ्नै साथी जस्तो लाग्छ, कमरेड भन्छ, नजिक आउँछ, ग्याम्म छुरी हान्छ: ओली
यो पनि पढौँ
बिपुल क्षेत्रीको लाइभ कन्सर्ट कार्तिक १३ गते पोखरामा हुँदै
कास्कीबाट काँग्रेस महाधिवेशनमा पदाधिकारीसहित १० जनाको उम्मेदवारी
सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल बर्खास्त
पोखरामा स्कुल बस दुर्घटना, ४ विद्यार्थीसहित ५ जनाको मृत्यु