गण्डक न्युज पोखरा, ३० कात्तिक । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको चुनावी सभा विहीबार तनहुँ भानु नगरपालिका वडा नम्बर १२ कवाचितमा थियो । पौडेलले आफ्नो मन्तव्य व्यक्त गरिसकेका थिए । उनी खाना खानलाई मञ्च छाडेर गएपछि स्थानीय ५८ वर्षीय श्रीभद्र पण्डित मञ्चमा उक्लिए ।
कविता आधाउधी भएको थियो । उनको जीवनको भने अन्त्य हुन भयो । कविता वाचन गर्दा गर्दै ढलेपछि कार्यक्रम नै विथोलियो । हतार हतार गाडीमा डुम्रे स्थित लक्ष्मी सिटी हस्पिटल लगियो । तर बाटैमा उनको प्राण उड्यो ।
‘साह्रै दुःखद घटना भयो । कविता वाचन गर्दागर्दै फेन्ट भएर ढल्नुभो भने हल्ला भयो । गाडीमा पठाउँदै गर्दा निधन भयो ।’ कार्यक्रम स्थल पुगेका पत्रकार गंगाधर पराजुलीले भने– ‘कस्तो कविता पनि जब सम्म खोला बगिरहन्छ, म काँग्रेस भईरहन्छु, काँग्रेस रहिरहन्छ । यस्तै यस्तै भावमा थियो ।’
ढल्कँदो उमेरमा पनि तन्नेरी जोशका साथ चुनावी अभियानमा हिँड्ने उनको निधनले अपुरणीय क्षति पुगेको वरिष्ठ नेता पौडेलले बताएको पराजुलीको भनाई छ । मृतकको शव लक्ष्मी सिटी हस्पिटल डुम्रेमा रहेको छ । हस्पिटलमै पुगेर वरिष्ठ नेता पौडेल, गोविन्द भट्टराई लगायतले मृतकका आफन्तसँग भेटेर समवेदना प्रकट गरेका छन् ।
चुनावी प्रचार कार्यक्रममा पण्डित एक्कासी ढलेपछि कार्यक्रम प्रभावित भएको थियो । उनको मृत्यु भएपछि वरिष्ठ नेता पौडेलले विहिबारको सम्पूर्ण चुनावी कार्यक्रमहरु रद्द गरे । साथै पौडेलले काँग्रेसले एउटा असल र निष्ठावान कार्यकर्तालाई गुमाएको भन्दै शोक व्यक्त गरे ।

सम्बन्धित खबर
तिब्बती क्षेत्रको भोटेकोशीबाट सुरू भएको बाढीबाट जनधनको अकल्पनीय क्षती
गण्डकी सरकारबाट एमाले बाहिरियो, ४ मन्त्रीले बुझाए राजीनामा
सात कारण दिँदै भारतीय मिडियाले लेख्यो– १५० दिनमै जेन–जी नायकबाट ‘खलनायक’ बन्दै बालेन
गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
सभामुखको रूलिङ विपरित प्रधानमन्त्री बालेन कालो चस्मा लगाएरै संसद बैठकमा जाने
एमाले अध्यक्ष ओलीले नरूचाएको प्रतिवेदनको पूर्णपाठ बाहिरियो (पूर्णपाठसहित)
यो पनि पढौँ
प्रधानमन्त्री बालेनको भिडियो पत्रकारले खिच्दा सेनाले गर्यो डिलिट
गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
पोखरा लेकसाइडका मसाज र स्पामा अनुगमन
स्याङ्जामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, १० जना घाइते