गण्डक न्युज पोखरा, ३० कात्तिक । नेकपा एमालेका केन्द्रिय सदस्य रविन्द्र अधिकारीले अब एमाले र माओवादीको बाम गठबन्धन काँग्रेसलाई हराउनका लागि नबनेको बताएका छन् । उनले लमजुङको चितीमा आयोजित वृहत आमसभामा बोल्दै काँग्रेस स्वतः पराजित हुने बताए ।
उनले भने – राणा, पञ्चायत, राजा पराजित गर्दै आयौं, अब पराजित गर्ने अभाव र गरिबीलाई हो । काँग्रेसलाई होईन । काँग्रेस त स्वतः पराजित हुन्छ । गरीबसँग विश्वेश्वर भनेपनि काँग्रेसले कहिल्यै गरिबी अन्त्य गर्न सकेन ।
https://www.facebook.com/Rabindra.Adhikari.UML/videos/1310261535744490/
अधिकारीले हाम्रो देश गरीब छ । समृद्धि गर्न सकेनौं । विकास गर्न सकेनौं । सानो आयोजना पनि पूरा हुन वर्षौं लाग्छ भन्दै देशको व्यवस्थाका कारण, हाम्रो व्यवहार, हाम्रो सोच यावत् कारणले यस्तो अवस्था आएकाले अब यसमा भुलेर बस्न नहुने बताए ।
उनले भने – नौ महिनामा प्रधानमन्त्री, ६ महिनामा मन्त्री फेरिन्छन् अनि कसरी परियोजना र विकासको काम अघि बढ्छ ? एउटाले नीति बनाउँछ, अर्को आउँछ, काम सुरु गर्नुभन्दा अगावै फालिदिन्छ ।

अधिकारी भन्छन्ः मनमोहन ९ महिना, प्रचण्ड ९ महिना, ओली ९ महिना । वामपन्थीलाई कहिल्यै टिक्न दिएनन् । हाम्रो पनि कारण छ । त्यसैले हामी एकजुट हुनुपर्ने अवस्था आएको हो । एमाले र माओवादीका लागि एक भएका होईनौं । राजनीतिक स्थिरता नभई देश विकास हुन्न । वैदेशिक हस्तक्षेप रोक्न सक्ने सरकार निर्माण गर्नुपर्छ । पाँच वर्ष स्थायी सरकार बन्नुपर्छ । पाँच वर्ष हेर्नुस्, काम नगरे हराउनुस् ।

सम्बन्धित खबर
रवि भारततर्फ, भने- ‘भाकल पूरा गर्न भारत जान लागेको हुँ, राजनीतिक खिचडी नपकाउनुहोला’
दसैं मान्न गाउँघर गएकाहरू फर्किन थाले, शहरबजारमा बढ्यो चहलपहल
आगामी मङ्गलबारदेखि एक हप्ता देशभर झरीको सम्भावना
रविलाई दाइ हरिशरणका पाँच सुझाव : प्रदेशको विषयमा स्पष्ट धारणा बनाउनु
सुनकोशीमा जिप खस्दा ३ जनाको मृत्यु: ४ घाइते, ३ बेपत्ता
जीबी राईको अडियो प्रायोजित हुन सक्छ : हर्क साम्पाङ
यो पनि पढौँ
पोखरामा स्कुल बस दुर्घटनाः थप एक जना विद्यार्थी रहेनन्
जीबी राईको अडियो प्रायोजित हुन सक्छ : हर्क साम्पाङ
युरोपभर अस्थिरता : फ्रान्स, बेल्जियम, इटली र पोर्चुगलमा प्रदर्शन
स्याङ्जामा ४७ वर्षीय पुरुष मृत फेला