सुन्दर कुमार थकाली, मुस्ताङ २ मंसिर / प्रतिनिधिसभाका एमाले उम्मेदवार प्रेम प्रसाद तुलाचनको पार्किङमा राखिएको ग१य ३९६ नम्बरको निजी लैण्डकुजर जीप माथि शुक्रवार साँझ अज्ञात समूहद्धारा ढुङ्गा प्रहार भएको छ । अज्ञात समूहले प्रहार गरेको ढुङ्गाले जीपको अगाडी तर्फको सिसा पूर्ण रुपमा क्षति भएको छ ।
जोमसोमबाट उपल्लो मुस्ताङको १ साता लामो चुनाबी प्रचार प्रसार र घरदैलो कार्यक्रम सकेर जोमसोमतर्फ फर्किएका उम्मेदवार प्रेम प्रसाद तुलाचन,एमाले पोलिटब्यूरो सदस्य तथा पूर्व सभासद श्रीमाया थकाली,पूर्वसभासद टसी स्याङ्बो गुरुङसेनी,एमालेका जिल्ला अध्यक्ष चन्द्रमोहन गौचन,माओवादी केन्द्र मुस्ताङका अध्यक्ष सत्यनाराय शेरचन,माओवादी जिल्ला नेता सुक बहादुर बिक आदी चढेको २ वटा जीपलाई लक्षित गरेर ढुङ्गा प्रहार भएको अध्यक्ष चन्द्र मोहन गौचनको भनाई छ ।
उपल्लो मुस्ताङको चुनाबी घरदैलो सकेर फर्कने क्रममा बाह्गाउँ मूक्तिक्षेत्र गाउँपालिका कागबेनीको होटल ड्रागनको कम्पाण्डको पार्किङमा राखिएको जीपलाई लक्षितगरि ढुङ्गा प्रहार भएको उनले बताए।उपल्लो मुस्ताङको कठिन र लामो यात्रा रोकेर कागबेनीको ड्रागन होटलमा खाजा खाँदै बिश्राम लिएको एमाले टोली चढेको जीपलाई लोडसेटिङको मौका छोपेर ढुङ्गा प्रहार भएको बामगठबन्धनका उम्मेदवार प्रेम प्रसाद तुलाचनको भनाई छ । उनले निर्वाचनको मिति नजिकिदै गरेको अवस्थामा उम्मेदवारको जीपमा माथि यसप्रकारको ढुङ्गा प्रहार गर्ने कार्यले शान्ति सुरक्षा माथि चुनौति थपिएको उम्मेदवार तुलाचनले बताए ।उनले काग्रेस समर्थक कार्यकर्ता बाहेक अन्य समूहले सो घटना घटाउन नसक्ने दावी गरे ।

एमाले उम्मेदवार तुलाचन सवार जीपमा माथि भएको घटनाले गम्भिर ध्यानआर्कषण भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी प्रमूख रामहरी पाण्डेले बताए ।उनले निर्वाचनको समय जिल्लाको शान्ति सुरक्षा मजबुत बनाईदै गरेको अवस्थामा अज्ञात समूहले एमाले उम्मेदवारको टोली चढ्ने जीपमा ढुङ्गा प्रहार भएको बताएको छ ।
पाण्डेले ढुङ्गा प्रहार गर्ने समूहको खोजीकार्य भईरहेको जानकारी दिए ।गत स्थानीय निर्वाचनमा पनि मतगणना परिणाम सार्वजनिक भएपछि काग्रेस बिजयी उम्मेदवार फेन्चोक छेप्तेन गुरुङ धाराको नीजी पजेरो जीप माथि सोही गाउँपालिकाको खिङ्गा भन्ने स्थानमा यसप्रकारको ढुङ्गा प्रहार भएको थियो ।
सम्बन्धित खबर
सरकारलाई ग्यास महासंघले भन्यो- बिक्रेतामार्फत् ग्यास बाँड, उपभोक्ताले धेरै दुःख पाए
कांग्रेस फुट्ने जोखिम बढ्यो, देउवाकै सभापतित्वमा १५औँ महाधिवेशन गर्ने इतर समूहको घोषणा
सोमबारदेखि देशभरका म्यानपावर कार्यालय बन्दको घोषणा, भिसा आएका श्रमिकको उडानसमेत रोकिँदै
‘नालायक’बाट शासित मुलुक ‘लफङ्गा’को हातमा पुगेको कुरा चार महिनामै पुष्टि भयो’
सुदूरपश्चिम पुगेका पूर्वाधारमन्त्री सुनिल लम्साललाई ज्वरो आएपछि हेलिकप्टरबाट काठमाण्डौ लगियो
जेनजी आन्दोलनको सहिदका परिवार र घाइतेलाई ५० लाखसम्म सहुलियतपूर्ण ऋण
यो पनि पढौँ
हेम्जामा मोटरसाइकल दुर्घटना हुँदा १६ वर्षीय किशोरको मृत्यु
फुटबल खेल्न गएका २ किशाेर विजयपुर खाेलाले बगाउँदा बेपत्ता, एक सकुशल
स्याङ्जामा दुई मोटरसाइकल ठोक्किँदा दुई जना घाइते
७६ वर्षीया बृद्धामाथि जबर्जस्ती करणीको आरोपमा २१ वर्षीय युवक पक्राउ