रौतहट, २ मंसीर / रौतहटको चन्द्रपुरमा बाम गठबन्धनको भेलास्थलमा बम बिस्फोटन भएको छ । वाम गठबन्धनको संयुक्त वडा भेलालाई लक्षित गरी भएको बिष्फोटमा परी तीन बालबालिका सहित दर्जन घाइते भएका छन् ।
चन्द्रनिगाहपुरस्थित सरकारी अस्पताल नजिक रहेको राधाकृष्ण मन्दिरमा भेला हुने तयारीमा थियो । बिष्फोटमा परी नजिकै चिया पसल थापेर बस्ने ३१ बर्षिय सरीता राई र उनको ७ बर्षका छोरा जैबिक राई सख्त घाइते भएका छन् । सरीताको खुट्टा पुरै काम नलाग्ने भएको छ भने छोराको शरीरका विभिन्न भागमा गहिरो चोट लागेको छ ।
चन्द्रपुर नगरपालिकाकी ४५ बर्षकी लक्ष्मी राई, ५५ बर्षका रामबहादुर विक, ४८ बर्षकी कुन्ता खत्री, ३९ बर्षका गोपाल विक, ४५ बर्षकी दिलमाया राई, ५० बर्षकी एमुना काफ्ले लगायत घाइते छन् । एमाले कार्यकर्ता काफ्लेको हातको औंला चुडिएको छ ।

उनीहरुलाई वीरगञ्ज, चितवन र काठमाण्डौ पठाइएको छ । बिस्फोटन पछि चन्द्रनिगाहपुरका बासिन्दा त्रसित बनेका छन । बम कसले र किन विस्फोट गराएको हो भन्ने बारेमा अझै खुल्न सकेको छैन । घटना स्थलमा अहिले सुरक्षाकर्मी व्यापक मात्रामा परिचालन गरिएको छ । बाम गठबन्धनका स्थानीय नेता उद्धव रेग्मीले वडा भेला हुनुभन्दा केही समय पहिला नै बम बिष्फोट भएको जानकारी दिए ।
अहिले दिउँसो करीव तीन बजे विस्फोट भएको हो । सो भेलामा प्रदेश सदस्य उद्धव रेग्मी, निर्वतमान सांसद राम कुमार भट्टराई लगाएका नेताहरु सहभागी थिए ।
Pic. Pahadi Kumar Ashok
सम्बन्धित खबर
गाडीमा ब्रेक नहुनेले सरकार चलाउने भन्दै कांग्रेस सभापतिले गरे कटाक्ष
गाडीभित्रै सिट बेल्ट बाँधेर सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
फेसबुकबाटै कर फिर्ता लिँदै प्रधानमन्त्री बालेनले लेखे- सरकारका सबै निर्णय जनताको हितमा गरिनेछन्
आफ्ना सांसदलाई रास्वपाको पाँचबुँदे निर्देशन, भ्रमणलाई रणनीतिक अभियानका रूपमा सञ्चालन गर्न आग्रह
चौतर्फी विरोधपछि शिक्षा र स्वाथ्यमा लगाएको कर सरकारले फिर्ता गर्यो
सांसदहरूलाई स्वकीय सचिव नियुक्तिको बाटो खुल्यो
यो पनि पढौँ
गाडीभित्रै सिट बेल्ट बाँधेर सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
पोखरामा शृंखलाबद्ध चोरी: भारतीय प्रत्यक्ष चोरीमा संलग्न, चिनियाँले ‘रेकी’ गर्ने र नेपालीले घर देखाउने
सरकारबाट कुनै ठूलो ड्यामेज गर्ने निर्णय भए रातारात परिवर्तन हुन्छ, पार्टीले हेर्छ: रवि लामिछाने
पोखराबाट ढोरपाटन गएको जीपमाथि पहिरो खस्यो, ५ यात्रु सकुशल