रौतहट, २ मंसीर / रौतहटको चन्द्रपुरमा बाम गठबन्धनको भेलास्थलमा बम बिस्फोटन भएको छ । वाम गठबन्धनको संयुक्त वडा भेलालाई लक्षित गरी भएको बिष्फोटमा परी तीन बालबालिका सहित दर्जन घाइते भएका छन् ।
चन्द्रनिगाहपुरस्थित सरकारी अस्पताल नजिक रहेको राधाकृष्ण मन्दिरमा भेला हुने तयारीमा थियो । बिष्फोटमा परी नजिकै चिया पसल थापेर बस्ने ३१ बर्षिय सरीता राई र उनको ७ बर्षका छोरा जैबिक राई सख्त घाइते भएका छन् । सरीताको खुट्टा पुरै काम नलाग्ने भएको छ भने छोराको शरीरका विभिन्न भागमा गहिरो चोट लागेको छ ।
चन्द्रपुर नगरपालिकाकी ४५ बर्षकी लक्ष्मी राई, ५५ बर्षका रामबहादुर विक, ४८ बर्षकी कुन्ता खत्री, ३९ बर्षका गोपाल विक, ४५ बर्षकी दिलमाया राई, ५० बर्षकी एमुना काफ्ले लगायत घाइते छन् । एमाले कार्यकर्ता काफ्लेको हातको औंला चुडिएको छ ।

उनीहरुलाई वीरगञ्ज, चितवन र काठमाण्डौ पठाइएको छ । बिस्फोटन पछि चन्द्रनिगाहपुरका बासिन्दा त्रसित बनेका छन । बम कसले र किन विस्फोट गराएको हो भन्ने बारेमा अझै खुल्न सकेको छैन । घटना स्थलमा अहिले सुरक्षाकर्मी व्यापक मात्रामा परिचालन गरिएको छ । बाम गठबन्धनका स्थानीय नेता उद्धव रेग्मीले वडा भेला हुनुभन्दा केही समय पहिला नै बम बिष्फोट भएको जानकारी दिए ।
अहिले दिउँसो करीव तीन बजे विस्फोट भएको हो । सो भेलामा प्रदेश सदस्य उद्धव रेग्मी, निर्वतमान सांसद राम कुमार भट्टराई लगाएका नेताहरु सहभागी थिए ।
Pic. Pahadi Kumar Ashok
सम्बन्धित खबर
गण्डकीसहित यी प्रदेशमा वर्षा हुने
पक्षघात उपचारका लागि निःशुल्क औषधि वितरण प्रक्रिया सुरु
पश्चगामी चलखेललाई ‘काउन्टर’ दिन एमालेले चैत ११ गते देशभर अभियान चलाउने
दुई स्थानमा प्रेसर कुकर पड्किँदा दुई जना घाइते
बजेटमा सुझाव दिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आह्वान
जनकपुरमा अंग्रेजी विषयको प्रश्नपत्र आउट
यो पनि पढौँ
गौदानको नाममा क्रूर ढङ्गले कर्णालीमा बगाइएको गाई घरमै फर्कियो
पोखरा महानगरका कर्मचारी गिरी २५ हजार घुससहित पक्राउ
पोखराको सिर्जना बहिरा माविमा दुई छात्रालाई गर्भवती बनाएको आरोपमा दुई छात्र पक्राउ
धवलागिरी क्याम्पसमा सुवेदीको उम्मेदवारी निस्क्रिय, नेवि संघकी सृष्टिलाई साथ