निकिताको मिस वर्ल्डमा प्रशंसनीय सहभागिता, मिस वर्ल्ड बनिन् इण्डियाकी मानुषी

निकिताको मिस वर्ल्डमा प्रशंसनीय सहभागिता, मिस वर्ल्ड बनिन् इण्डियाकी मानुषी

Nikita Manushi

विश्व सुन्दरी प्रतियोगितामा नेपालले पछिल्लो समय लगातार सहभागिता जनाईहेको छ । तर नेपालले कुनै उपलब्धि भने हासिल गर्न सकेको छैन । यसपटक पनि त्यस्तै भयो तर नेपालले जति हासिल गर्यो त्यो तारिफयोग्य नै छ ।

नेपालको तर्फबाट मिस वर्ल्ड-२०१७ मा सहभागीता जनाइरहेकी मिस नेपाल निकिता चाण्डक ‘हेड टु हेड च्यालेन्ज’मार्फत उत्कृष्ट ४० मा प्रवेश गरेकी थिइन् । चीनको सान्यास्थित सान्या सिटि एरेनामा भइरहेको मिस वर्ल्डमा नेपाली प्रतियोगीले पाएको यो सबैभन्दा ठूलो उपलब्धी पनि हो ।

उसो त मारवाडी समुदायकी चण्डक मिस नेपाल भएकै दिन उनलाई धेरैले मजाक उडाए । मिस नेपाल अनुहारको आकारप्रकारसँग दाँज्दा निती शाहसँग तुलना गर्दै उनलाई मजाक उडाईयो । गत साता निकिता मिस वल्र्डमा सहभागी भएदेखि नै विभिन्न ठूला पेजहरुले ट्रोल नै बनाएर खिसिट्यारी गरे । जब उनले सिधै टप ४० मा स्थान बनाईन्, त्यसपछि विस्तारै लाजले उनीहरु पछि हटे । सबै पेजले मजाक उडाएको भने थिएन । पिपल्स डेली नेपाल, पोखरा लगायत पेजमा भोटका लागि क्याम्पेन नै चलाएको थियो ।

तीन दिन अघि मात्रै मिस नेपालमा वाहवाही कमाएकी निती शाहकै विरोध भयो । हिजो उनको वाहवाही गर्नेहरु विरोधमा उत्रिए । अस्ति निकिता चण्डकलाई मजाक उडाउनेहरु आज फेरि ब्युटी विथ ब्रेन भन्न थाले । नेपालीहरु हतारमा उचाल्ने र हतारमै खसाल्ने प्रवृत्ति यो भन्दा राम्रो उदाहरण अरु देखिएन ।

विभिन्न राष्ट्रका ११८ जना सुन्दरीहरुमध्ये भोटिङ सिष्टमको आधारमा उत्कृष्ट १० मा पर्न सफल भइन् । निकिता ‘पिपुल्स चोइस अवार्ड’को उत्कृट दश र ‘मल्टिमिडिया’ विधाको उत्कृष्ट ८ मा पनि पर्न सफल भइन्  । टप मोडल विधामा उनी उत्कृष्ट ३० भित्र परेकी थिइन् । तर यो विधाको विजेता नाइजेरियाकी सुन्दरी भइन् ।

‘ब्युटि विथ पर्पस’ नामक अर्को विधामा उनी उत्कृष्ट २० मा परेकी थिइन् । उनले नेपाली महिलाले महिनावारीको समयमा भोग्नुपरेका विषय, छाउपडी प्रथालाई समेटेकी थिईन् । हेर्नुहोस्:

सन् २०१३ मिस नेपाल ईशानी श्रेष्ठको दाँतको हेरचाह सम्बन्धी रिपोर्ट प्रथम हुन सफल भएको थियो । यो पहिलो र एकमात्र अवार्ड हो ।

हेर्नुहोस् ईशानीको भिडियो

भारतकी मानुषी बनिन् ‘मिस वर्ल्ड २०१७’ 

भारत हरियाणाकी मानुषी छिल्लर ‘मिस वर्ल्ड २०१७’ बन्न सफल भएकी छिन् । चीनको सान्यामा भएको ‘मिस वर्ल्ड’को ६७ औं संस्करण, अर्थात ‘मिस वर्ल्ड २०१७’ को फाईनल राउण्डमा मानुषीले दिएको जवाफले उनलाई विजयी बनाएको हो ।

‘संसारमा सबैभन्दा बढी मुल्य तिर्नुपर्ने काम कुन हो ?’ भन्ने प्रश्नमा टप फाईभ मध्येकी मिस इन्डिया मानुषीले ‘आमाले बच्चाहरु र घरको लागि गर्ने काम’ भनि जवाफ दिएकी थिईन् । उनले यो जवाफ दिईरहदा दर्शकदिर्घामा बसेकी उनकी आमा पनि निकै खुशी देखिएकी थिईन् । उनले आमाको महत्व र महिमाको बारेमा निकै गहकिलो जवाफ प्रस्तुत गरिन् ।

त्यस्तै ‘मिस वर्ल्ड २०१७’ को फर्स्ट रनरअप र सेकेन्ड रनरअप क्रमश मेक्सिकोकी एन्डेरा मिजा र बेलायतकी स्टेफिनी हिल भएका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ