प्रचण्डले ओलीलाई भने- ‘कार्यक्रम नछाड्नु, सम्हालिन सके चितवन आउँछु, चितवनबासीले चित्त नदुखाउनु’ (भिडियो)

प्रचण्डले ओलीलाई भने- ‘कार्यक्रम नछाड्नु, सम्हालिन सके चितवन आउँछु, चितवनबासीले चित्त नदुखाउनु’ (भिडियो)

Prachanda-Jhapa

विर्तामोड, ३ मंसिर / माओवादी अध्यक्ष पुष्पकमल दाहालका एकमात्र पुत्र प्रकाशको निधनपछि दाहाल परिवारमा बज्रपात आईलागेको छ । २ वर्ष अघि मात्रै क्यान्सरले जेठ छोरी ज्ञानु दाहालको निधन भएको थियो । अहिले भएको एकमात्र छोरो पनि अल्पायुमै परलोक भए ।

दुःखद भएको खवर आइतबार विहानै थाहा पाएपछि एमाले अध्यक्ष केपी ओली दमकवाट विर्तामोड पुगेर अध्यक्ष दाहाललाई समवेदना प्रकट गरे ।

प्रकाशको निधनको खबर पाएपछि तत्कालै प्रचण्डलाई हेलिकप्टरको व्यवस्था गरिएको थियो । बिर्तामोडस्थित बीएडसी अस्पतालको छतमा रहेको हेलिप्याडमा आइतबार बिहान हेलिकप्टर चढन् जानै लाग्दा उनको साथमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पनि थिए । उनीहरु दुबैको अनुहार ओइलिएको फुल जस्तै थियो । प्रचण्ड अघि-अघि, ओली पछि-पछि थिए ।

प्रचण्ड केही बोल्न खोजेजस्तो देखिन्थे, तर बोल्न सक्दैन थिए । ओलीले छतमै पुगेर प्रचण्डलाई हेलिकप्टर चढाए । र, सम्हाल्न अनुरोध पनि गरे । प्रकाशको निधनपछि झापा पनि शोकमा डुबेको छ। एमाले अध्यक्ष ओली निकै निराश देखिएका छन् ।

शनिवारका ब्यस्त राजनीतिक कार्यक्रम सकेपछि साँझ दुवै नेता आ–आफ्नो वासस्थान जान छुट्टिएका थिए ।ओली दमकस्थित आफ्नै निवासमा वास बसेका थिए भने दाहाल विर्तामोड अस्पतालको अतिथि सदनमा बसेका थिए । प्रकाशको निधन भएको खवर पाउनासाथ ओली बिहान विर्तामोड पुगे । दुवै नेताबीच विहान ८ वजे अस्पतालको अतिथि सदनमा भेट भएको थियो ।

दाहालको परिवारमा ठूलो शोक आइ परेपछि एमाले अध्यक्ष ओलीले दाहालसँगै काठमाडौं फर्कने तयारी गरेका थिए । तर, दाहालसँगको सल्लाहमा ओली झापाका पूर्व निर्धारित कार्यक्रममा सहभागि हुने तय भयो । आजै झापाको काकरभिट्टामा पार्टी प्रवेश र आमसभा तय भएको थियो ।

दाहालले ती कार्यक्रम दुईजना मध्ये एकजना उपस्थित हुनै पर्ने वताएपछि ओली झापामै रोकिएका हुन् । आजै मोरङ ३ को विराटचोकमा गठबन्धनको संयुक्त कार्यक्रम छ । दाहाल काठमाडौं आएपछि त्यसमा ओली मात्रै उपस्थित हुनेछन् ।

मंसिर ५ गतेका लागि तय गरिएको चितवनको कार्यक्रम पनि सकेसम्म स्थगित नगर्न दाहालले ओलीलाई सुझाव दिएका छन् । आफू सम्हालिन सकेको अवस्थामा चितवनको कार्यक्रममा सामेल हुने दाहालले वताएपछि दुवै नेता एकछिन स्तब्ध भएका थिए । आफू उठेको क्षेत्र चितवको कार्यक्रममा सहभागी नभएपनि चित्त नदुखाउन उनले भनेका छन् ।

आफू जान नसके माओवादीको तर्फबाट कुनै एक शीर्ष नेता कार्यक्रममा सहभागि गराउने भन्दै दाहालले ओलीलाई भने कार्यक्रम नछोड्न सुझाएका हुन् । सोमबार पूर्वका कार्यक्रम सकेर ओली काठमाडौं फर्कनेछन् । त्यसपछि दुई नेताबीच परामर्श हुने र अन्य कार्यक्रम तय हुने वताइएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ