काठमाडौं, ३ मंसिर । प्रचण्डपुत्र प्रकाश दाहालको मृत्यु लाजिम्पाटस्थित आफ्नो निवासमा सुतेकै ठाउँमा भएको खुलेको छ । अस्पतालले पनि पुस्टि गरेको छ ।
तीन दिनयता आफू केही अस्वस्थ भएको बताउँदै आएका प्रकाश दाहाल प्रचण्ड झापातिर लागेपछि त्यता नगइनकन चितवनबाट काठमाडौं फर्किएका थिए । उनी शनिबार राति लाजिम्पाटस्थित निवासमै सुतेका थिए ।
पारिवारिक स्रोतका अनुसार शनिबार राति ८ बजेतिर प्रकाशले आफूलाई हल्का ज्वरो आइरहेको बताएका थिए । चुनाव लागेका कारण पत्नी विना पनि कञ्चनपुरतिरै थिइन् । घरमा परिवारका अन्य सदस्यहरु खासै थिएनन्. । आमा सीता दाहाल र भाञ्जीहरुमात्रै थिए ।
सामान्य ज्वरो आए पनि प्रकाशले बेलुका आमा र भाञ्जीहरुसँग बसेर खाना खाएको पारिवारिक स्रोतले बतायो ।
खाना खाएपछि सुत्नका लागि आफ्नो कोठामा पसेका प्रकाशले फेसबुकहरु केही पनि चलाएनन् । उनले राति ११ बजेतिर उनले झापातिर एउटा म्यासेज पठाएको उनको मोवाइलबाट देखिएको स्रोतले अनलाइनखबरलाई बतायो ।
प्रकाश दाहाल बिहानै चाँडै उठ्थे । तर, अाइतबार बिहान चाँडो नउठेपछि आमा सीता दाहाल कोठामा पसिन् र उठाउन खोज्दा चलमल नगरेपछि हातले घच्घच्याइन् । उनको होस गुम भइसकेको थियो ।
छोरो अचेत अवस्थामा देखेपछि आमाले हतार-हतार सन्तु दराई (परवाना) लाई बोलाइन् । त्यहाँबाट गाडीमा हालेर नर्भिक अस्पतालमा पुर्याउँदा बिहानको करिब पौने ६ बजिसकेको थियो । र, त्यसबेलासम्म उनको मृत्यु भइसकेको थियो ।
माओवादी अध्यक्ष प्रचण्ड अस्पताल पुगेपछि चिकित्सकहरुले प्रकाशको निधनको औपचारिक जानकारी गराएको छ । प्रकाश दाहालको निधन ‘आकस्मिक हृदयघात’ बाट भएको नर्भिक अस्पतालले बताएको छ ।
प्रकाशलाई विहान साढे ५ बजे अस्पताल पुर्याइएको थियो । डा. जेपी जैसलवालले भने, उहाँको हात चिसो भइसकेको थियो । पल्स (हातको गति) थिएन । स्वास स्वासप्रवास भइरहेको थिए र शरीर कडा भइसकेको थियो ।’
चिकित्सकहरुले विहान करिव ६ बजे प्रकाशको निधन भएको घोषणा गरेका थिए ।प्रकाशको निधनको कारण आकस्मिक हृदयाघात भनिएको छ । डा. अग्रवालले भने, ‘सबै ठीक छ, केही सेवन गरेको पनि देखिएन । यो आकस्मिक हृदयघात हो ।’
अस्पताल ल्याउनु करिव ३ घन्टा अघि नै प्रकाशलाई आकस्मिक हृदयाघात भएको चिकित्सकहरुको अनुमान छ । डा. जैसवालले भने, ‘शरीर कडा भइसकेकाले अस्पताल ल्याउनु करिव तीन घन्टा पहिले नै शरीर त्यागेको (मृत्यु भएको) हुनसक्छ ।’
चितवनमा रहेका प्रकाश अस्वस्थ रहेकाले बाबु प्रचण्डसाग झापा नगई काठमाडौं आएका थिए । पारिवारिक स्रोतका अनुसार शनिबार राति ८ बजेतिर उनले आफूलाई ज्वरो आएको बताएका थिए । कञ्चनपुर १ मा उम्मेदवार भएका कारण पत्नी विना पनि काठमाडौंमा थिइनन् ।
घरमा आमा सीता दाहाल र भाञ्जीहरुमात्रै थिए । बेलुका आमा र भाञ्जीहरुसँग बसेर खाना खाएको प्रकाश आइतबार बिहान चााडो नउठेपछि आमा सीता दाहाल हेर्न जाँदा अचेत अवस्थामा भेटिएका हुन् ।
सम्बन्धित खबर
बारामा गोली हानी भारतीय युवकको हत्या
आज विश्व पर्यटन दिवस मनाइँदै
आज देशभरको मौसम कस्तो रहन्छ?
सर्वोच्चले सोध्यो : ‘बाबुराम भट्टराई र माधव नेपालमाथि किन मुद्दा चलाइएन ?’
माओवादी स्वास्थ्य विभाग सदस्य डा. दीपक कोइरालाले दिए राजीनामा
घर बनाउने क्रममा ढिस्कोले पुरिँदा १७ वर्षीय किशोरको मृत्यु
यो पनि पढौँ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
रेडियो देशान्तरमै झुण्डिए पत्रकार, कारण प्रेमिका
तनहुँको भिमादस्थित सेती नदी किनारमा मृत भेटिइन् पोखराकी रमा
क्यान्सर पीडित पत्नीको उपचार गर्न नसकेपछि सँगै देहत्याग, एकै चितामा अन्त्येष्टि