डा. कोइरालालाई विजयको लड्डु खुवाउँदै आफू चिनाउने पण्डितको रहर

डा. कोइरालालाई विजयको लड्डु खुवाउँदै आफू चिनाउने पण्डितको रहर

Shekhar-Koirala-and-Lalbabu-Pandit

विराटनगर । एमाले नेता तथा मोरङ–६ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार लालबाबु पण्डितले आफ्ना प्रतिद्वन्द्वी डा. शेखर कोइरालालाई निवासमै गएर विजयको लड्डु खुवाउने रहर पलाएको बताएका छन् ।

‘देश–विदेश सबैतिर म परिचित छु तर डा. कोइरालाले मलाई चिन्नु भएको रहेनछ,’ पण्डितले भने, ‘विजयी भएपछि साइकल चढेरै कोइराला निवास पुग्छु र उहाँलाई सबैभन्दा पहिले लड्डु खुवाउँछु अनि आफ्नो परिचय पनि दिन्छु ।’

यसअघि डा. कोइरालाले आफूले पण्डितलाई अहिलेसम्म नचिनेको प्रतिक्रिया दिएका थिए । डा. कोइराला हजाई जहाज चढ्ने र आफू साइकलमा हुइँकिने नेता भएको पण्डितले बताए । ‘त्यही भएर उहाँले नचिन्नु भएको हुन सक्छ,’ उनले भने ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds