‘कहाँ भेटिएला’ भन्दै नाच्ने स्वेतालाई नचिन्ने कमै होलान् । कोहिनुरपछि पर्दामा नभेटिएकी स्वेता खड्का अब सबैकी प्यारी ‘कान्छी’ बनेर भेट्न आउँदैछिन् ।
पीडादायी जीवनबाट उम्केर दर्शकले चाहे जस्तै तीन वर्षपछि स्वेता उनकी दादा (पति श्रीकृष्ण) कै क्षेत्रलाई निरन्तरता दिँदै चरी बनेर चट्ट परी भुरुरु उड्दै कान्छीको रुपमा आउँदैछिन् ।
यदि उनलाई श्रीको निरन्तरताको कामना दर्शकले नगरेको हुँदो हो त व्यवसायमै भुल्थिन् । यी तीन वर्षमा धेरै फिल्मका अफर आए । उनी मानिनन् । अन्ततः उनले आफ्नै प्रोडक्सनमा ‘कान्छी’ ल्याईन् ।
दुई दशक अघिको शिव श्रेष्ठ र शर्मिला मल्लको कान्छीसँग नाम चाहिँ ठ्याक्कै मिल्ने भयो तर नामबाहेक अरु नमिल्ने स्वेता बताउँछिन् । अहिले दयाहाङ राईसँग स्वेता नाचेको ‘चरी चट्ट परी भुरुरु ‘ २० दिनमा ३२ लाख पटक हेरिसकिएको छ ।
दर्शक र परिवारको प्रस्तावले फेरि फिल्मी संसारमा आएको स्वेता सुनाउँछिन् । आफू पीडामा रहँदा दर्शकको माया, श्रीको परिवारको साथ, माया हौसलाले स्वेताका त्यो अनुहार यसरी बदलिएको हो । स्वेताको लगातार तीनै वटै फिल्म क बाट जुरेको छ । कहाँ भेटिएला फिल्म चल्यो । कोहिनुर प्रदर्शन र सदावहार नायकको रुपमा चिनिने पति श्रीकृष्ण श्रेष्ठको निधन एक साथ भयो । दर्शकले श्रीलाई श्रद्धाञ्जली स्वरुप फिल्ममा हेरेरै स्मरण गरे । तत्कालिन समय नेपालकै सर्वाधिक कमाउने फिल्मका रुपमा दर्ज भयो ।
कान्छीमा मनमोहक दृश्य छ । मुस्ताङ, माथिल्लो मुस्ताङ, जोमसोममा छायाँकन भएको छ । उनी निर्मात्री पनि हुन् । श्रीकृष्णको अभाव उनलाई जीवनमा त सधैं खड्कनेछ, फिल्ममा पनि खड्किएको छ । ‘फिल्म मुहुर्तमा नरिवल नफुटाई श्रीकै फोटो पूजा गरेकी थिईन् ।
अब तीन महिनामा कान्छीलाई सबैले घेट पाउनेछन् । दयाहाङ राईसँग जोडीका रुपमा आउने कान्छीले दर्शक नझुक्याउने र दर्शकको चित्त बुझ्ने उनको भनाई छ । श्रीकै कामलाई निरन्तरता दिँदै दर्शकमाझ आएको बताउने स्वेताले अब यस क्षेत्रमा आफूलाई निरन्तर देख्न चाहने, नचाहने दर्शककै हातमा रहेको सुनाईन् । स्वेताले आफ्ना तीन चलचित्र बाहेक हाँसिदेउ एक फेर, श्रीमान श्रीमती पनि खेलेकी थिईन् ।
सम्बन्धित खबर
चोलेन्द्र र सरस्वतीले ल्याए ‘हुन्छ भने हुन्छ भन’, अर्जुन र गीता फिचर्ड (भिडियो)
शान्ति श्रीस मगरको ‘जाम हिँड साइली’ सार्वजनिक
वेब सिरिज ‘आरती’ को ट्रेलर मैथिली र नेपाली भाषामा सार्वजनिक
निश्चल दवाडीले अञ्जु पन्तसँग ल्याए ‘चाइने के रे गोर्खा नेपालमा’ [भिडिओ]
निर्माता हेमराजलाई छलेर संयुक्तमा शब्द लेख्ने रमेश परियारबाट गीत ‘हाइज्याक’ !
चर्चित टिकटकर आयुषले गरे पाकिस्तानी जमालीसँग इन्गेजमेन्ट
यो पनि पढौँ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
दुई जनाको पहिचान खुल्यो: नौडाँडाका बिजय पौडेल र तिलोत्तमाका गोपाल बस्याल
पोखराको दृष्टिविहीन आश्रममा आगलागी, नगद ८ लाखसहित ३० लाख बढी क्षति
रेडियो देशान्तरमै झुण्डिए पत्रकार, कारण प्रेमिका