काठमाडौँ– नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले मंसीर ८ गते नेपाल बन्द आयोजना नगरेको स्पष्ट पारेको छ ।
विप्लव नेतृत्वको नेकपाले मंसीर १० गतेको चुनाव वहिस्कार गर्न मंसीर ८ गते नेपाल बन्द राखेको भन्ने हल्ला चलिरहेका बेला आफूहरुले कुनै बन्द आयोजना नगरेको सो पार्टीका पोलिट्व्युरो सदस्य तथा जनवर्गिय संगठन इन्चार्ज मोहन कार्की जिवन्तले बताएका छन् ।
नेता कार्कीले आफ्नो फेसबुक स्टाटसमार्फत मंसीर ८ गतेको बन्द नेकपा सम्वद्ध कुनै पनि भातृ संघ संगठन र जनमुक्ति सेनाले आयोजना नगरेको स्पष्ट पारेका छन् । उनले बन्दको भ्रममा नपर्न सबैलाई आग्रह समेत गरेका छन् ।
तर, पूर्व जनमुक्ति सेनाले बन्द गरेको बताईन्छ । पुर्व माओवादी जनमुक्ति सेनाले मंसिर ८ गते नेपाल बन्द आह्वान गरेका छन्।

छानी छानी विरोध गर्नेलाई कुट्ने रणनीतिका साथ नेपाल बन्द गर्न लागिएको उनीहरुको भनाइ छ । यस्तो बन्द नेपालमा पहिलोपल्ट हुन लागेको उनीहरुको तर्क छ ।
‘दिउँसो जसले हाम्रो बन्दको प्रतिकार गर्छ । बेलुका छानी छानी कुट्ने हो ।’ पूर्व माओवादी जनमुक्ति सेनाका एक सदस्यले भने, ‘नेपाल बन्द के हो भनेर हामी देखाईदिन्छौं ।’
सम्बन्धित खबर
गण्डकीसहित यी प्रदेशमा वर्षा हुने
पक्षघात उपचारका लागि निःशुल्क औषधि वितरण प्रक्रिया सुरु
पश्चगामी चलखेललाई ‘काउन्टर’ दिन एमालेले चैत ११ गते देशभर अभियान चलाउने
दुई स्थानमा प्रेसर कुकर पड्किँदा दुई जना घाइते
बजेटमा सुझाव दिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आह्वान
जनकपुरमा अंग्रेजी विषयको प्रश्नपत्र आउट
यो पनि पढौँ
गौदानको नाममा क्रूर ढङ्गले कर्णालीमा बगाइएको गाई घरमै फर्कियो
पोखरा महानगरका कर्मचारी गिरी २५ हजार घुससहित पक्राउ
पोखराको सिर्जना बहिरा माविमा दुई छात्रालाई गर्भवती बनाएको आरोपमा दुई छात्र पक्राउ
धवलागिरी क्याम्पसमा सुवेदीको उम्मेदवारी निस्क्रिय, नेवि संघकी सृष्टिलाई साथ