८ मंसिर । भनिन्छ, नेपाल हल्लै हल्लाको देश हो । भूपि शेरचनले नेपालीको यही चरित्रलाई व्यग्य कस्दै ‘यो हल्लै हल्लाको देश हो’ कविता नै लेखेका थिए । हुन पनि नेपालमा हल्लाले मात्रै पनि धेरै कुरा प्रभावित हुने गरेका छन् ।
बन्दकाे हल्लाकै भरमा शुक्रबार बिहानैदेखि पोखरा मात्र होईन राजधानीकै समेत सवारी आवागमन प्रभावित भएको छ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले शुक्रबारका लागि बन्द आह्वान गरेको हल्ला चलेपछि उपत्यकाको सवारी आवागमन प्रभावित बनेको हो । यद्यपि, बन्द आह्वानकर्ता भनिएका विप्लव माओवादी र लेनिन बिष्ट नेतृत्वको पूर्वमाओवादी लडाकु समूहले बिहीबार नै बन्द आह्वान नगरेको विज्ञप्तिमार्फत प्रष्ट पारेका थिए । हल्लाको भरमा बन्द भएपछि सामाजिक सञ्जालमा विभिन्न टिप्पणीहरु भईरहेका छन् ।

बन्द आह्वानकर्ता भनिएकाहरुले नै बन्द नरहेको प्रष्ट पारे पनि हल्लाकै कारण बिहानैदेखि सवारीको चापाचाप हुने उपत्यकाका सडकमा न्यून मात्रामा सवारी साधन गुडेका छन् ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार, विगतको तुलनामा उपत्यकामा आज कम सवारी गुडेका छन् । हल्लाको प्रभाव उपत्यका बाहिर जाने सवारी साधनमा समेत परेको छ । पोखरामा पनि लामो दुरीका सवारी छुटेका छैनन्

निजी सवारी चलेका भए पनि सार्वजनिक सवारी साधन निकै कम चल्दा सार्वजनिक सवारी साधनको भर पर्दै आएका यात्रुहरु बिहानैदेखि मारमा परेका छन् ।
Pic. Kishor Ranabhat
सम्बन्धित खबर
वनमा लागेको डढेलो गाउँमा पस्दा एक विद्यालयसहित ९ घर जलेर नष्ट
राजा फर्काउन राप्रपाले पनि गर्याे आन्दोलनमा जाने घोषणा, राजावादीहरूबीच नै तीव्र मतभेद
चैत्र महिनामा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका संघीय अस्पताल तथा प्रतिष्ठान सुधारका १८ कार्यक्रम (सूचिसहित)
विशेष सुराकीको आधारमा २५ करोड बोकेको ट्रक समात्न सफल भयौँ : प्रहरी
एक ट्रक रुपैयाँसहित काठमाडौंबाट २ जना पक्राउ
अछाममा ४.३ म्याग्निच्युडको भूकम्प
यो पनि पढौँ
पिएनको स्ववियु अध्यक्षमा संयुक्त प्यानलबाट सन्तोष उम्मेदवार, को हुन् सन्तोष पौडेल ?
गौदानको नाममा क्रूर ढङ्गले कर्णालीमा बगाइएको गाई घरमै फर्कियो
धवलागिरी क्याम्पसमा सुवेदीको उम्मेदवारी निस्क्रिय, नेवि संघकी सृष्टिलाई साथ
पोखराको सिर्जना बहिरा माविमा दुई छात्रालाई गर्भवती बनाएको आरोपमा दुई छात्र पक्राउ