चितवन । प्रकाश दाहालको निधन पछि अहिले प्रचण्डको सारथी प्रकाश पुत्र प्रसिद्ध बनेका छन् । जहिल्यै पनि प्रकाश दाहाललाई सँगै लिएर हिँड्ने प्रकाश दाहालको निधन पछि प्रकाश पुत्रलाई सँगै लिएर प्रचण्ड चितवनको क्षेत्र नम्बर तीनको चुनावी अभियानमा रहेका छन् ।
प्रसिद्ध सिर्जना त्रिपाठीका छोरा हुन् । सिर्जना पनि राजनीतिमा सक्रिय कार्यकर्ता हुन्। ससुरा प्रचण्डकै निर्देशनमा उनी अहिले पोखरामा चुनावी अभियानमा खटिएकी छन्। केही दिन पछि सिर्जना पनि चितवन चुनावी प्रचारमा आउने बताइएको छ।
माओवादी अध्यक्ष प्रचण्डका पुत्र प्रकाश दाहालको असामयिक निधनपछि लाजिम्पाट फर्केकी प्रकाश पत्नी सिर्जना त्रिपाठी चुनावी काममा जुटेकी छन् । पार्टी अध्यक्ष एवं ससुरा प्रचण्डको सल्लाह अनुसार परिवारका अन्य सदस्यजस्तै प्रकाश पत्नी सिर्जनापनि पार्टी काममा जुटेकी हुन् ।
पार्टी कामका लागि लाजिम्पाट छाडेर सिर्जना पोखरा गएपछि उनलाई घरबाट बाहिर पठाइएको गलत समाचार बाहिर आएको थियो । उक्त समाचारपछि थप मर्माहत बनेकी प्रकाश पत्नी सिर्जनाले छोरा प्रसिद्धलाई ससुरा प्रचण्डसँगै छाडेर आफू चुनावी काममा पोखरा गएको बताएकी हुन् ।
प्रकाश पत्नी सिर्जनाले अध्यक्ष तथा ससुरा प्रचण्डको सल्लाह अनुसार चुनावका लागि पार्टीको काममा पोखरा गएको बताइन् । प्रचण्डका परिवारका अन्य सदस्यजस्तै सिर्जनापनि शुक्रवार पार्टी कामका लागि काठमाडौं बाहिर गएकी थिइन् ।
‘हामी सवै शोकको घडीमा छौँ । यति हुँदाहुँदै पनि अध्यक्षले चुनावसम्म परिवारका सवै सदस्य पार्टी काममा फर्कन आग्रह गर्नुभयो । त्यसै अनुसार उहाँ आफै चितवन जानुभयो । छोरी र ज्वाईँहरु पनि चुनावी काममा खट्नु भयो । हामी बुहारी पनि आ—आफ्नो क्षेत्रमा चुनावी कामा जुटन आयौँ’ प्रकाश पत्नी सिर्जनाले भनिन्, ‘हामी राजनीतिक परिवारका सदस्य हौँ । परिवारमा शोकमा परेका बेला पनि देश, जनता र पार्टीप्रति आफ्ना भूमिका पुरा गर्नुपर्ने हुन्छ । यसैका लागि म अध्यक्षसँगको सल्लाह अनुसार पोखरा आएकी हुँ । अरु बाहिर आएका सवै कुरा गलत हुन् । यस्तो शोकको घडीमा यस्ता गलत कुराको मिडियाबाजी नगर्न म सवै संचारकर्मीसँग आग्रह गर्दछु ।’
सिर्जनाले पारिवारिक समस्या भन्दा शोक ठूलो भएको भन्दै यस्तो बेला कसैले पनि पारिवारिक समस्या अगाडि सार्न नहुने बताइन् । सिर्जनाले भनिन््, ‘शोकबाट परिवार उठेपछि पारिवारिक समस्या हल हुन्छन् भन्ने मेरो विश्वास छ । यसका लागि अध्यक्ष प्रचण्ड, सासु सीता, दिदी रेणुसहित अन्य सदस्यले आआफ्नो भूमिका पुरा गर्नुहुन्छ भन्ने मलाई विश्वास छ ।’
विहिवार प्रचण्ड निवास लाजिम्पाटमा स्वर्गीय प्रकाशको स्मृतिमा श्रद्धान्जलीसभा गरेपछि प्रचण्डसहित परिवारका सवै सदस्य पार्टी काममा फर्केका छन् । शुक्रवार चितवन पुगेर प्रचण्डले केही चुनावी कार्यक्रममा भाग लिएका थिए ।

लाजिम्पाटमा अध्यक्षको सल्लाह अनुसार परिवारका सवै सदस्य चुनावी क्षेत्रमा खटिने योजना बनेपछि सिर्जना शुक्रवार पोखरा गएकी हुन् । सिर्जना पोखरा गएपनि उनका छोरा प्रसिद्ध भने प्रचण्डसँगै चितवनमा छन् ।
हृदयघातका कारण प्रकाश अचानक अस्पताल भर्ना भएको थाहा पाएपछि सिर्जना सवै भन्दा पहिला अस्पताल पुगेकी थिइन् । अस्पतालमा निधनको खवर पाएपछि उनी बेहोस नै भएकी थिइन् । पछि उनी त्यहाँबाट आर्यघाट पुगिन् र साँझ लाजिम्पाट गएकी थिइन् ।
प्रकाशको मंसिर ३ गते आकस्मिक हृदयघातका कारण असामयिक निधन भएको थियो । उक्त निधनले प्रचण्डको परिवार शोकमा डुवेको छ । यति हुँदाहुँदै पनि देश, जनता र पार्टीप्रतिको जिम्मेवारी लिदै परिवारका सदस्य आसन्न प्रतिनीधिसभा र प्रदेशसभाको चुनावी काममा खटेका छन् ।
सिर्जनासँग औपचारिक सम्बन्ध विच्छेद नगरी प्रकाशले अर्को विवाह गरेपछि सिर्जना पोखरा बस्दै आएकी थिइन् । उनको पार्टी संगठन कास्कीमै छ । स्थानीय तहको चुनावमा पनि उनले कास्कीमै गएर पार्टीको काम गरेकी थिइन् । उनी माओवादी केन्द्र कास्कीको जिल्लास्तरीय नेतृ पनि हुन् ।
प्रकाशको असामयिक निधनपछि सिर्जना निकै ठूलो शोकमा छिन् । प्रकाशले अर्को विवाह गरेपछि पनि सिर्जनाले प्रचण्ड परिवारलाई अप्ठ्यारो हुने केही काम गरेकी थिइनन् र केही दवाव पनि दिएकी थिइनन् । बरु, उपयुक्त समयमा न्याय पाउने उनको आशा थियो ।
उनले छोरा प्रसिद्धको बुबाको नाममा जन्मदर्ताको सानो माग राखेकी थिइन् । ढिलो चाडो न्याय पाउने सिर्जनाको विश्वास थियो । तर, पति प्रकाशको अचानक निधनले उनी शोकमा छिन् ।

Ratopati/News24TV
सम्बन्धित खबर
बृद्धभत्ता दिन हामीले सुरु गरेका हौँ: माधव नेपाल
यो चुनावले देशलाई दुर्घटनातर्फ लैजाने कि जोगाउने भन्ने फैसला गर्छ: प्रचण्ड
रास्वपा मधेसकी संस्थापक सभापति शर्मा कांग्रेस प्रवेश, भनिन्- त्यहाँ दागैदाग भएकाको बिगबिगी छ
०७९ की उम्मेदवार बनेकी रास्वपाकी संस्थापक सदस्य भु्र्तेलले छाडिन् पार्टी
राष्ट्रिय सहमति गरेर निर्वाचनमा जाँदा उपयुक्त हुन्थ्यो, पहिले समझदारी गरौँ: पूर्वराजा शाह
कांग्रेसको प्रतिज्ञापत्र सार्वजनिक, गगन थापा भन्छन्ः कांग्रेसले भोलिको उज्यालो नेपालको खाका तयार पारिसक्यो
यो पनि पढौँ
अतितका परिवारले भन्योः कार मिलिन्द तुलाचनले चलाएका हुन्, २ जनाले घरबाट लिएर गएका थिए
ड्रोनले भेट्टायो कच्याककुचुक अवस्थामा कार, ४ दिनदेखि वेपत्ता युवा मृत फेला
फेवातालमा राति कार खस्दा स्याङ्जाका युवकले ज्यान गुमाए
बागलुङ स्कुल भ्यान दुर्घटना अपडेट: मृतकको संख्या २ पुग्यो, पोखरामा उपचाररत सुजलको मृत्यु