मुलुककै जेठो अस्पताल वीर अस्पतालको इमर्जेन्सी वार्डमा एक पुरुष बेडमा त पल्टिएका छन् तर उनको हेरचाह छैन । सामान्य सरसफाई समेत नभएको अवस्थामा उनको उपचार त परको कुरा ।
घर सोधमा रामेछाप भन्छन् । उनलाई कसले हस्पिटलमा भर्ना गरेर फर्किए ? अत्तोपत्तो छैन । दिशापिशाव एकै ठाउँमा छ । शरीरममा वस्त्र छैन । दुर्गानाथ दाहाल मानव अधिकार कर्मि तथा सामाजिक अभियन्ताको फेसबुक वालबाट लिईएको यो भिडीयो र तस्बिर साथै उनकै जानकारी अनुसार यो संदेश सामग्री यहाँ साभार गरिएको छ ।

उनको फेसबुक स्टाटस यस्तो छ ।
हेर्नुस नेपालको जेठो बिर हस्पिटको दुरदसा परिवार खोजि गरौ
एमेर्जेनसिमा रामेछाप घर बताउने एक जना बेवारिसे ब्यत्ति हस्पिटलमा बेवारिसे ब्यतिको सरसफई सहयोग गर्ने कर्मचारि छन अरे तर कताछन हामिले दया लागेर सरसफाई गर्न खोजिम तर एमेजेसिमा भएको डक्टरले हजुर हरुको यो काम हैन भनुभो तातो पानिको नभएकाले पनि आट गर्न सकेनौ धेरै दिन देखि खान नपाएका उनि हामिले केखाने भन्दा चिया बिस्कुट खाने भनुभो अनि चिया बिस्कुट दियौ तातो चिया एक चोटिमा खानुभो फेरि चिया लेराएर खुवायौ आज पनि यि दाजुलाई कपडा लिएर भेट्न जादै छु. परिवार आफन्त खोजिको लागि #सियर #गरेर #सहयोग #गरौ.
9851059892 दुर्गानाथ दाहाल मानव अधिकार कर्मि तथा सामाजिक अभियन्ता.
https://www.facebook.com/durganath.dahal/videos/2047934978774361/

को होलान् यिनी ? हस्पिटलमा फालेर गएपछि हस्पिटलले उपचार गरिहाल्छन् नि भन्ने मानसिकताले हुन सक्छ तर उनले हस्पिटलमा उपचार र खाना त परै जाओस् राम्ररी सुत्न समेत पाएका छैनन् ।

सम्बन्धित खबर
देउवाले भने-‘प्रधानमन्त्री ओलीलाई काँग्रेसको पूरा साथ छ’
देश तीव्र गतिमा अघि बढिरहेको छ, विरोधीहरू सरकारविरुद्ध लागिपरे: प्रधानमन्त्री
उद्योगीहरूसँग लिनुपर्ने बक्यौता तत्काल असुल गर्न शाक्यलाई उर्जामन्त्री खड्काको निर्देशन
पूर्व पतिसँग बोलेको निहुँमा श्रीमतीको हत्या
आज देशभरको मौसम कस्तो रहन्छ?
प्रेस चौतारीको अध्यक्षमा गणेश पाण्डे, अरु पदाधिकारी को-को ?
यो पनि पढौँ
पोखरा महानगरका कर्मचारी गिरी २५ हजार घुससहित पक्राउ
पिएनमा एमाले अखिलको अग्रता कायमै, काँग्रेसको नेवि संघलाई स्वतन्त्रले पछि पार्यो
नेविसंघको वर्चस्व रहेको धवलागिरी क्याम्पसमा गठबन्धनबाट अनेरास्ववियुकी शेख विजयी
स्ववियु निर्वाचन [अपडेट]: पीएनमा अनेरास्ववियुको अग्रता बढ्दै, स्वतन्त्रले पछ्याउँदै