मोरङ, १२ मंसिर । आसन्न प्रतिनिधि तथा प्रदेशसभा दोश्रो चरणको निर्वाचनमा मोरङ क्षेत्र नम्बर ६ मा हेभिवेट नेताबीचको भिडन्तले मुलुककै ध्यान तानेको छ ।
वाम गठबन्धनबाट एमालेका पोलिटब्युरो सदस्य, लोकप्रिय पूर्वमन्त्री लालबाबु पण्डित र लोकतान्त्रिक गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका नेता डा.शेखर कोइराला चुनावी मैदानमा छन् । पण्डित सामान्य प्रशासन मन्त्री हुँदाको कामबाट चर्चामा छन् ।
नेता पण्डितलाई कार्यकर्ताहरु भावी राष्ट्रपतिसम्मको चर्चा गदै प्रचार गरिएको छ । उनी पनि विकासे नारा बोकेर जनताबीच पुगिरेका छन् । ग्रिनकार्ड वा पिआरधारी सरकारी कर्मचारीलाई कारबाही गरेसँगै उनले चर्चा बटुलेका थिए । इमान्दार र स्वाभिमानी नेताका रुपमा चिनिने उनी पनि मतदाता रिझाउनै व्यस्त छन् ।

नेता पण्डित र कोइराला होमिएको मोरङ क्षेत्र नम्बर ६ को चुनावी प्रतिस्पर्धा रोचक बन्दैछ । आफ्ना क्षेत्रका मतदाता भेटघाट तथा घरदैलोमा व्यस्त उम्मेदवारहरु मतदातालाई पूर्वाधार विकासका आश्वासन दिएर मत तान्ने प्रयासमा छन् ।
नेपाली राजनीतिमा कोइराला परिवारको विरासतसँग डा. शेखरको नाम जोडिन्छ । कृष्णप्रसाद कोइरालादेखि जोडिएको मोरङमा यस पटक कोइराला परिवारबाट प्रत्यक्ष निर्वाचन लड्ने उनीमात्र छन् । कोइरालालाई वाम गठबन्धनको बलियो घेरा तोडेर परिणाम आफ्नो पक्षमा पार्न सहज छैन ।

१ लाख १० हजार ३ सय २२ मतदाता रहेको यस निर्वाचन क्षेत्रमा सुन्दरहरैंचा नगरपालिकाको २ देखि ७ नम्बर वडा, बुढीगंगा गाउँपालिका र विराटनगर महानगरको ४,५,६,७ तथा ९, ११ र १२ वडा सहित २९ वडा छन् ।
गत स्थानीय तहको निर्वाचनमा भने कांग्रेसले २९ हजार ९ सय ४९ मत ल्याउँदा एमालेले १७ हजार ९ सय ८२ मत पाएको थियो । त्यहाँ माओवादी केन्द्रको ८ हजार ३ सय ९८, फोरम लोकतान्त्रिकको ८ हजार ४८ र संघीय समाजवादी फोरमको ५ हजार ३ सय २८ मत छ. ।
यसरी हेर्दा वाम गठबन्धनको मत २६ हजार ३ सय ८० तथा कांग्रेस–लोकतान्त्रिक फोरम गठबन्धनको २८ हजार ९ सय ८८ मत देखिन्छ । पछि थपिएका ११ हजार २ सय ५६ नयाँ मतदाताको मन कस्ले जित्छन् भन्ने विषयले पनि जितहार सुनिश्चित गर्ने देखिन्छ । लालबाबुको समर्थनमा त्यस क्षेत्रमा मात्र होईन देशदेखि विदेशसम्मका नेपाली छन् ।

सम्बन्धित खबर
पत्रकारसँग रिसाए ओली: ‘नियममा बसेर प्रश्न गर्नुस्, बुम ल्याएर थुतुनो नघोच्नुस्’
द ग्रे जोनमा प्रकाशित समाचार फैलाएको उजुरी परेपछि राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ
अन्ततः ओलीका सामु नेताहरू निरीह, एमालेमा तत्काल नेतृत्व परिवर्तन स्थगित
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन
संविधान कानुनी दस्तावेज मात्र होइन, नेपाली जनताको दशकौँ लामो बलिदान, त्याग र सङ्घर्षको परिणाम होः प्रदेश प्रमुख भट्ट
रोनाल्डो हात्तीको मृत्यु, ३८ छावाको बाबु थिए रोनाल्डो
यो पनि पढौँ
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा