मोरङ, १२ मंसिर । आसन्न प्रतिनिधि तथा प्रदेशसभा दोश्रो चरणको निर्वाचनमा मोरङ क्षेत्र नम्बर ६ मा हेभिवेट नेताबीचको भिडन्तले मुलुककै ध्यान तानेको छ ।
वाम गठबन्धनबाट एमालेका पोलिटब्युरो सदस्य, लोकप्रिय पूर्वमन्त्री लालबाबु पण्डित र लोकतान्त्रिक गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका नेता डा.शेखर कोइराला चुनावी मैदानमा छन् । पण्डित सामान्य प्रशासन मन्त्री हुँदाको कामबाट चर्चामा छन् ।
नेता पण्डितलाई कार्यकर्ताहरु भावी राष्ट्रपतिसम्मको चर्चा गदै प्रचार गरिएको छ । उनी पनि विकासे नारा बोकेर जनताबीच पुगिरेका छन् । ग्रिनकार्ड वा पिआरधारी सरकारी कर्मचारीलाई कारबाही गरेसँगै उनले चर्चा बटुलेका थिए । इमान्दार र स्वाभिमानी नेताका रुपमा चिनिने उनी पनि मतदाता रिझाउनै व्यस्त छन् ।

नेता पण्डित र कोइराला होमिएको मोरङ क्षेत्र नम्बर ६ को चुनावी प्रतिस्पर्धा रोचक बन्दैछ । आफ्ना क्षेत्रका मतदाता भेटघाट तथा घरदैलोमा व्यस्त उम्मेदवारहरु मतदातालाई पूर्वाधार विकासका आश्वासन दिएर मत तान्ने प्रयासमा छन् ।
नेपाली राजनीतिमा कोइराला परिवारको विरासतसँग डा. शेखरको नाम जोडिन्छ । कृष्णप्रसाद कोइरालादेखि जोडिएको मोरङमा यस पटक कोइराला परिवारबाट प्रत्यक्ष निर्वाचन लड्ने उनीमात्र छन् । कोइरालालाई वाम गठबन्धनको बलियो घेरा तोडेर परिणाम आफ्नो पक्षमा पार्न सहज छैन ।

१ लाख १० हजार ३ सय २२ मतदाता रहेको यस निर्वाचन क्षेत्रमा सुन्दरहरैंचा नगरपालिकाको २ देखि ७ नम्बर वडा, बुढीगंगा गाउँपालिका र विराटनगर महानगरको ४,५,६,७ तथा ९, ११ र १२ वडा सहित २९ वडा छन् ।
गत स्थानीय तहको निर्वाचनमा भने कांग्रेसले २९ हजार ९ सय ४९ मत ल्याउँदा एमालेले १७ हजार ९ सय ८२ मत पाएको थियो । त्यहाँ माओवादी केन्द्रको ८ हजार ३ सय ९८, फोरम लोकतान्त्रिकको ८ हजार ४८ र संघीय समाजवादी फोरमको ५ हजार ३ सय २८ मत छ. ।
यसरी हेर्दा वाम गठबन्धनको मत २६ हजार ३ सय ८० तथा कांग्रेस–लोकतान्त्रिक फोरम गठबन्धनको २८ हजार ९ सय ८८ मत देखिन्छ । पछि थपिएका ११ हजार २ सय ५६ नयाँ मतदाताको मन कस्ले जित्छन् भन्ने विषयले पनि जितहार सुनिश्चित गर्ने देखिन्छ । लालबाबुको समर्थनमा त्यस क्षेत्रमा मात्र होईन देशदेखि विदेशसम्मका नेपाली छन् ।

सम्बन्धित खबर
कास्कीबाट काँग्रेस महाधिवेशनमा पदाधिकारीसहित १० जनाको उम्मेदवारी
नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा युवा उद्यमी किरण केसीको उम्मेदवारी
बालेनलाई रक्षा बमको जवाफ : ‘राजनीतिक संस्कारसमेत नभएकाहरू प्रधानमन्त्री बन्न पाए’
नेपाल एयरलाइन्स मेरो निजी कम्पनी भएको भए म बन्द गरिदिन्थेँ : पर्यटनमन्त्री पौडेल
विमानभित्र उपद्रो गर्ने यात्रुलाई पाइलटले नै पक्राउ गर्न सक्ने, ५ लाखसम्म जरिवाना !
दाउन्नेमा भएको बस दुर्घटनामा ६ जनाको मृत्यु
यो पनि पढौँ
फ्रिज सफा गर्ने क्रममा करेन्ट लागेर स्याङ्जामा महिलाको मृत्यु
बेगनास तालमा डुबेर युवकको मृत्यु
प्रतिभा बिजनेस स्कुलमा बीआईटीको पहिलो शैक्षिक सत्र सुरू
नवप्रवर्तन र प्रविधिमैत्री शिक्षाका लागि एसओएस गण्डकी र एआईसीएनबीच सहकार्य