प्रधानमन्त्री देउवाको कार्यक्रममा गरिएको बम विष्फोटमा म्यादी प्रहरीको मृत्यु

प्रधानमन्त्री देउवाको कार्यक्रममा गरिएको बम विष्फोटमा म्यादी प्रहरीको मृत्यु

Tulsipur-Bomb

दाङ,  १३  मंसिर । बम विष्फोटमा घाइते भएका एक म्यादी प्रहरीको उपचारको क्रममा मृत्यु भएको छ ।

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा तुलसीपुरमा आयोजित चुनावी सभामा पुग्दै गर्दा करिब २ सय मिटर टाढा मंगलबार दिउँसो बम विष्फोट भएको थियो ।

दाङको तुलसीपुरमा अज्ञात समूहले गराएको विष्फोटमा गम्भीर घाइते तुलसीपुर उपमहानगरपालिका १८ का विनोद चौधरीको बाँकेको कोहलपुर मेडिकल कलेजमा उपचारको क्रममा बिहान साढे २ बजे ज्यान गएको हो । प्रदेश र प्रतिनिधिसभा निर्वाचनको क्रममा मृत्यु भएको यो पहिलो घटना हो ।

गम्भीर घाइते भएका अन्य तीन जनाको पनि कोहलपुर मेडिकल कलेजमै उपचार भइरहेको छ । अरु पाँच जनाको राप्ती अञ्चल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds