मलेसियामा नेपालीले नेपालीलाई तीन तलामाथिबाट धकेलेर हत्या

मलेसियामा नेपालीले नेपालीलाई तीन तलामाथिबाट धकेलेर हत्या

malaysia-migrants-boat111

मलेसिया, १७ मंसिर – मलेसियाको काम्पुङ आचेमा एक नेपालीको मृत्यु भएको छ । शुक्रबार राति ग्रिन प्रोस्पेक्ट होस्टेलमा नेपाली–नेपालीबीच झगडा हुँदा ३० वर्षीय पुरुषको मृत्यु भएको हो ।

अधिकारीहरुले मृतकको परिचय खुलाएका छैनन् । शुक्रबार राति झगडा हुँदा होस्टेलको तेस्रो तलाबाट उनलाई तल फ्याँकिएको र सेरी मान्जुङ अस्पतालमा शनिबार बिहान उपचारको क्रममा मृत्यु भएको स्थानीय प्रहरीले बताएको छ ।

उनलाई तीन तला माथिबाट धकेलेर खसाल्ने व्यक्ति पनि नेपाली नै रहेको र उ फरार रहेको बताइएको छ ।उनको टाउकोमा चोट लागेको थियो । उनी पन्जा बनाउने फ्याक्ट्रीमा काम गर्दथे । शवलाई राजा परमाइसुरी बाइनुन अस्पतालमा राखिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ