मोरङ ६ मा लालबाबु पण्डितको जीत, शेखरलाई हराउने बित्तिकै भनेः ‘मुलुक अव समृद्दिको बाटोमा’

मोरङ ६ मा लालबाबु पण्डितको जीत, शेखरलाई हराउने बित्तिकै भनेः ‘मुलुक अव समृद्दिको बाटोमा’

Shekhar & lalbabu

मोरङ, २३ मंसिर । मोरङ क्षेत्र नम्बर ६ बाट एमाले उम्मेदवार लालबाबु पण्डित प्रतिनिधि सभा सदस्यमा विजयी भएका छन् । उनले कांग्रेस नेता शेखर कोइरालालाई ६ सय ७५ मतान्तरमा पराजित गरेका हुन् ।

पण्डितले ३३ हजार ९ सय ४१ मत पाए भने कोइरालाले ३३ हजार २ सय ६६ मत पाए । कोईराला खानदानको विरासत क्षेत्र भनेर चित्रित विराटनगरमा लालबाबु पण्डित उदाएका छन् । ऐतिहासिक क्षेत्र मोरङमा यस निर्वाचनमा कांग्रेसले ठूलो झड्का ब्यहोरेको छ । कोइराला परिवारका प्रभावशाली नेता डाक्टर शेखर कोइराला नै चुनाव हार्न पुगेका छन् ।

निर्वाचित भएपछि प्रतिक्रिया दिँदै सांसद पण्डितले मुलुक अव समृद्दिको बाटोमा अघि बढ्ने र देशले मुहार फेर्ने अपेक्षा व्यक्त गरे । साथै सबैलाई समेटेर आफ्नो क्षेत्रको विकास गर्ने उनले प्रतिबद्दता व्यक्त गरे ।

नेकपा एमालेका चर्चित नेता हुन् लालबाबु पण्डित । सर्लाहीमा जन्मेर मोरङलाई कर्मथलो बनाएका नेता पण्डित मजदुर एवं ट्रेड युनियन पृष्ठभूमिबाट एमालेको नीति निर्माण तहमा पुगेका नेता हुन् । विशेष गरी ०५१ साल र ०५६ सालको प्रतिनिधिसभाका सांसद रहेका पण्डित सामान्य प्रशासन मन्त्री बनेपछि ह्वात्तै चर्चामा आए ।

सामान्य प्रशासन मन्त्री भएका बेला भ्रष्टाचारको विरोध गर्नुका साथै डीभीरपीआर लिएका कर्मचारीलाई सरकारी सेवाबाट हटाउने अभियानका कारण उनी चर्चित बने । उनकै कारण डीभी होल्डर सरकारी कर्मचारीले जागिर खान नपाउने कानूनी व्यवस्था प्रारम्भ भयो ।

लालबाबु पण्डितलाई आफ्नो पार्टी एमाले, बाम गठबन्धनको सद्भाब त थियो नै । उनलाई सबै नेपालीले सामाजिक सञ्जालमा निकै समर्थन गरेको पाईयो । लालबाबुलाई जिताउन कतारको खाडीमा रहेका नेपालीले सय सय रुपैंया उठाएर ६० हजार पठाएका थिए । अष्ट्रेलियाबाट शुभचिन्तकले एक्लै ५ लाख बढी सहयोग गरेकी थिईन् ।

लालबाबु पण्डित नेपाली राजनीतिमा छुट्टै नाम हो । जो एमालेका पोलिटब्युरो सदस्य रहेपनि कुनै पनि दलमा आबद्ध कार्यकर्ताले उनको विरोध गर्न सक्दैनन् । सामान्य प्रशासन मन्त्रीको जिम्मेवारी सम्हाल्दा शुशिल कोईरालाको मन्त्रीमण्डलमा वाहवाही कमाएका मन्त्री लालबाबु तराईकै भएपनि पहाड हिमालसम्म उत्तिकै चर्चित छन् ।

बहालवाला मन्त्री, सुरक्षा निकायका वरिष्ठ अधिकारीहरु, उच्च ओहदाका कर्मचारीहरु समेत डिभी पिआरधारी रहँदाको बखत उनकै वर्ष दिनसम्मको एकोहोरो ढिपी र अडानले डिभी पिआरधारी सरकारी जागिर र राजनीतिमा अयोग्य हुने ऐन पारित भएको थियो । यसका लागि ज्यानै गुमाउनुपर्ने धम्कीसँग पनि डराएनन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ