मोरङ, २३ मंसिर । मोरङ क्षेत्र नम्बर ६ बाट एमाले उम्मेदवार लालबाबु पण्डित प्रतिनिधि सभा सदस्यमा विजयी भएका छन् । उनले कांग्रेस नेता शेखर कोइरालालाई ६ सय ७५ मतान्तरमा पराजित गरेका हुन् ।
पण्डितले ३३ हजार ९ सय ४१ मत पाए भने कोइरालाले ३३ हजार २ सय ६६ मत पाए । कोईराला खानदानको विरासत क्षेत्र भनेर चित्रित विराटनगरमा लालबाबु पण्डित उदाएका छन् । ऐतिहासिक क्षेत्र मोरङमा यस निर्वाचनमा कांग्रेसले ठूलो झड्का ब्यहोरेको छ । कोइराला परिवारका प्रभावशाली नेता डाक्टर शेखर कोइराला नै चुनाव हार्न पुगेका छन् ।
निर्वाचित भएपछि प्रतिक्रिया दिँदै सांसद पण्डितले मुलुक अव समृद्दिको बाटोमा अघि बढ्ने र देशले मुहार फेर्ने अपेक्षा व्यक्त गरे । साथै सबैलाई समेटेर आफ्नो क्षेत्रको विकास गर्ने उनले प्रतिबद्दता व्यक्त गरे ।

नेकपा एमालेका चर्चित नेता हुन् लालबाबु पण्डित । सर्लाहीमा जन्मेर मोरङलाई कर्मथलो बनाएका नेता पण्डित मजदुर एवं ट्रेड युनियन पृष्ठभूमिबाट एमालेको नीति निर्माण तहमा पुगेका नेता हुन् । विशेष गरी ०५१ साल र ०५६ सालको प्रतिनिधिसभाका सांसद रहेका पण्डित सामान्य प्रशासन मन्त्री बनेपछि ह्वात्तै चर्चामा आए ।
सामान्य प्रशासन मन्त्री भएका बेला भ्रष्टाचारको विरोध गर्नुका साथै डीभीरपीआर लिएका कर्मचारीलाई सरकारी सेवाबाट हटाउने अभियानका कारण उनी चर्चित बने । उनकै कारण डीभी होल्डर सरकारी कर्मचारीले जागिर खान नपाउने कानूनी व्यवस्था प्रारम्भ भयो ।
लालबाबु पण्डितलाई आफ्नो पार्टी एमाले, बाम गठबन्धनको सद्भाब त थियो नै । उनलाई सबै नेपालीले सामाजिक सञ्जालमा निकै समर्थन गरेको पाईयो । लालबाबुलाई जिताउन कतारको खाडीमा रहेका नेपालीले सय सय रुपैंया उठाएर ६० हजार पठाएका थिए । अष्ट्रेलियाबाट शुभचिन्तकले एक्लै ५ लाख बढी सहयोग गरेकी थिईन् ।

लालबाबु पण्डित नेपाली राजनीतिमा छुट्टै नाम हो । जो एमालेका पोलिटब्युरो सदस्य रहेपनि कुनै पनि दलमा आबद्ध कार्यकर्ताले उनको विरोध गर्न सक्दैनन् । सामान्य प्रशासन मन्त्रीको जिम्मेवारी सम्हाल्दा शुशिल कोईरालाको मन्त्रीमण्डलमा वाहवाही कमाएका मन्त्री लालबाबु तराईकै भएपनि पहाड हिमालसम्म उत्तिकै चर्चित छन् ।
बहालवाला मन्त्री, सुरक्षा निकायका वरिष्ठ अधिकारीहरु, उच्च ओहदाका कर्मचारीहरु समेत डिभी पिआरधारी रहँदाको बखत उनकै वर्ष दिनसम्मको एकोहोरो ढिपी र अडानले डिभी पिआरधारी सरकारी जागिर र राजनीतिमा अयोग्य हुने ऐन पारित भएको थियो । यसका लागि ज्यानै गुमाउनुपर्ने धम्कीसँग पनि डराएनन् ।
सम्बन्धित खबर
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई एमालेले बनायो सम्मानित वरिष्ठ नेता
डोल्पाको जुफालमा अवतरणका क्रममा सीता एयरको विमानको चक्का फुत्कियो
रास्वपा पपुलिजम र अराजकताको जगमा उभिएको शक्ति हो, सफल हुँदैन: प्रदीप ज्ञवाली
बालेनबाट कार्यवाहक प्रधानमन्त्री पाएको भोलिपल्टै राष्ट्रपति भेट्न पुगे अर्थमन्त्री वाग्ले
ठूलो पानी पर्ने भएकोले उच्च सतर्कता अपनाउन आग्रह
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
यो पनि पढौँ
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
बाबुको विरासत, आफ्नै पहिचान, राजनीतिमा युवा नेतृत्वः किरण केसी
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
पोखराबाट आजदेखि फ्लाई दुबईको नियमित उडान, पानीको फोहराले स्वागत गरिँदै