काठमाण्डौँ । चुनावी अभियानमा कास्कीमा खटिएकी दिवंगत प्रकाश दाहालकी पत्नी सिर्जना त्रिपाठी दाहालले प्रतिनिधी सभा सदस्यमा निर्वाचित प्रचण्डलाई चितवन पुगेरै बधाई दिएकी छिन् ।
प्रकाश-सिर्जना पुत्र ‘प्रसिद्ध’ भने पुत्र वियोगमा परेका प्रचण्डको मन भुलाउनका लागि बाबुको स्थानमा रहेर चितवनमै हजुरबुबासँग थिए । प्रकाशको निधनपछि छोरा प्रसिद्धलाई हजुरबुवासँग छाडेर कास्कीमा चुनावी अभियानमा होमिएकी सिर्जना आज चितवन पुगेर बधाई दिएकी हुन् । सिर्जना नेकपा माओवादी कास्कीकी नेतृ हुन् ।

तस्वीर:राधिका कंडेल
चितवन–३ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएपछि पुत्र वियोगका दुःखका बीच पनि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई खुसी मिलेको छ । उनको जीतले प्रचण्डको परिवारलाई पुनः एक ठाउँमा ल्याएको छ ।
सोमबार दिउँसो छोरी रेणु दाहालले पूरा परिवारले प्रचण्डलाई बधाई दिएको तस्वीर सार्वजनिक गरेकी थिइन् ।

प्रचण्डले जिते, ९ हजारभन्दा बढी मतान्तर
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ चितवन– ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।
अध्यक्ष प्रचण्डले ४८ हजार २ सय ७६ मत पाएका छन् भने उनका निकटतम् प्रतिद्वन्द्वी राप्रपा प्रजातान्त्रिकका विक्रम पाण्डेले ३८ हजार ९ सय ३२ मत पाएका छन् ।
अध्यक्ष प्रचण्डले पहिलो पटक आफ्नै गृहजिल्लामा प्रतिस्पर्धा गरेका हुन् । यसअघि उनी पहिलो संविधानसभामा रोल्पा तथा काठमाडौंबाट र दोस्रो संविधानसभामा सिरहाबाट विजयी भएका थिए ।
गणतन्त्र नेपालको प्रथम प्रधानमन्त्री भएका प्रचण्ड नयाँ संविधानको कार्यान्वयन र स्थानीय चुनावताका फेरि प्रधानमन्त्री बनेका थिए ।
सम्बन्धित खबर
रौतहटमा युवकले गरे आत्मदाह प्रयास, काठमाडौं रिफर
विपक्षीसँगै उठे रास्वपाका अमरेश सिंह, भने- देश ठूलो दुर्घटनातिर जाँदै छ
‘सरकारमा बस्नेले आफ्ना कार्यकर्ता लगाएर सञ्चारमाध्यमका कार्यालय अगाडि अवैधानिक पार्किङ गरायो’
‘प्रधानमन्त्री मेयर हुँदा सिंहदरबार जलाइदिन्छु भन्नुभयो जल्यो, भोलि सीमा मिचिने त होइन ?’
निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन नदिने सरकारको निर्णय सर्वोच्चद्वारा बदर
बाढीपहिराले आठ राजमार्ग अवरुद्ध
यो पनि पढौँ
सरकार पक्षले बलजफ्ती शव बुझ्न दबाब दिएपछि गणेश नेपालीका बुबाले गरे आत्महत्याको प्रयास
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
बालेनले नै मेयर हुँदा २ वर्ष अघि तोकेका थिए चर्को जरिवाना
बाल यौन दुर्व्यवहार आरोपमा पोखरा १२ स्थित सरस्वती आविका प्रअ रानाभाट पक्राउ