भर्खर स्थानीय निर्वाचनको चटारो थियो । त्यसलगत्तै निश्चित भएका प्रदेश र प्रतिनिधी सभाका निर्वाचनका लागि टिकट लिने होड नै चलेको थियो । यस्तैमा एमालेले लालबाबुलाई पत्याउँछ कि पत्याउँदैन भन्ने चासो सबैमा थियो ।
शुशिल कोईराला प्रधानमन्त्री भएकोबेला उनी सामान्य प्रशासनमन्त्री बनेका थिए । अरु मन्त्रीले बदनाम कमाईरहेको र बिश्वास गुमाईरहेको नेपाली परिप्रेक्षमा उनले लोकप्रियता कमाए । यति उतीको गाडी भनेर मन्त्रीहरु कुर्लीरहँदा उनी साईकल चढेरै मन्त्रालय जान्थे । उनलाई सरकारी गाडी वा सेवा सुविधा केही पनि चाहिएन ।उनीसंग अन्र्तवार्ताको समय तोकिएपछि म उनलाई लिन तीनकुनेस्थीत उनको डेरामा गए, फोनमा कुरा गर्दै उनले बताएको ठाँउमा पुग्दा म तीनछक्कनै परेकी थिएँ ।
मन्त्री भैसकेको मान्छे कुनै सहयोगीलाई बाटोमा उभ्याएर राख्न पनि सक्थे । तर उनि आफै उभिएका थिए । सेतो स्टकोट सेतै पाईन्ट अनि उनको प्रिय पोशाक गलबन्दी । बडो हार्दिकताका साथ मलाई भित्र डाके । ‘छोरी चेलीलाई केही नखुवाई पठाउन मनले मान्दैन’ उनि भित्र पस्दा यस्तै भन्दै थिए । ‘घरमै आईसकेपछि मेडमसंग चिनजान गरेरै जाऊ न’, मैले नर्कान सकिन ।
एउटी गोरी र हसीलो अनुहार गरेकी महिलाले हास्दै बस्न लगाईन । उनीहरुले बेडरुमलाई नै बैठक बनाएका थिए । ‘मन्त्री भैसकेको मान्छे कसरी बस्न सकेको होला यस्तोमा ’ मेरो मनमा खेलिरहेको कुरा थियो ।पण्डित दम्पति एक आपसमा खुब मिल्दा रहेछन भन्ने प्रमाण पनि देखिरहेको थियो । उनीहरु दुबैजनाले मसंग मनग्गे कुरा गरे । लालबाबूकी श्रीमती बिमलालाई भने पाहुनाहरु अलि बढ्न थालेकाले गर्दा डेरा सानो भएको जस्तो अनुभव भएको रहेछ ।
दिनभरी पत्रकारहरु तथा अन्य भेट्ने शुभचिन्तकहरु आइरहँदाखेरी छुट्टै बैठक कोठा नहुँदाको अप्ठेरो सुनाईरहेकी थिइन् । पण्डितले भने आफू यस्तै भएकोले पत्रकारले पनि वास्ता नगर्ने भनेर हासेर उडाए ।
मैले सोधे, ‘मन्त्री नै भैसक्दा त अलिकती मेन्टेन भएर बस्न पर्छ नी ?’ उनले जवाफमा भनेका थिए ‘मेरो सम्पती नै इमान् हो, त्यो गुमाएर मेन्टेन किन हुनु र मैले ?’ यदी मैले मेन्टेन गर्ने सोचेको थिए भने आज तपाई पनि मलाई भेट्न आउनु हुन्न थियो ।
उनकी श्रीमती झन गजबकी, कस्ती भने मन्त्राणी भैसकेकी मान्छे एकदुईटा नोकर चाकरको चाहना हनुपर्ने, गरगहना र राम्रा पोशाक लगाएकी हुनुपर्ने उस्तै परे साईकलमा चढेर सिंहदरबार पुग्ने मन्त्रीकी श्रीमती भन्दा लाज मानेर अनुहार नै देखाउन मन नलाग्नु पर्ने, तर उनी त झन साधुप्राणी रहिछन् । आफ्ना श्रीमान्को यस्तो जीवनशैलीलाई सहर्ष स्वीकार गरेर गर्व गर्दी रहिछन् । स्वाभिमानी लोग्ने पाएकोमा गर्वले छाती पोल्छ रे उनको । उनको जस्तै अरु मन्त्रीका श्रीमतीको सोच भैदिएको भए देशमा आधा भ्रष्ट्राचार कम हुने थियो ।

हामी निस्कने बेला मैले उनको सदासायतालाई मध्यनजर गर्दै सोधें, ‘तपाई केमा जाने बानेश्वर ? ‘साईकल बिग्रेको छ नत्र त्यही सजिलो लाग्थ्यो अचेल बसमा हिड्छु । ’ संगै जाने कुरा भएपछि मैले सोधें तपाईनै स्कुटर चलाउनुस न, त्यसपछिको उत्तर सुनेर म अहिलेसम्म चकित छु । ‘मोटरसाईकल चलाउन सिकेकै छैन्, लाईसेन्स पनि छैन् ।’ मैले उहाँलाई बस्ने इसारा गरें, उहाँ पछाडी बस्नुभयो मैले चलाएँ ।
सुनेको मात्र थिए लालबाबु पण्डित साधारण जिवनयापन गर्छन्, तर प्रत्यक्ष देख्दा भने लाग्यो चुनाबका लागी धेरैले सस्तो लोकप्रियता कमाउन खेत जोते, धान काटे, गाई दुहे तर लालबाबु पण्डितले हलो जोत्नु सस्तो लोकप्रियता मात्र थिएन यो त उनको आनीबानी नै हो । उनको चरीत्र नै हो । देखावटी हुँदै होईन ।
यसपटक मोरंगका जनताले बिलाशी नेता शेखर कोइरालालाई हराएर उनै साईकलबाबुलाई जिताए । उनको सदासयातालाई प्रश्रय दिएका छन् । हेरौं अबको सरकारमा उनलाई बोलाईन्छ वा बोलाईदैन् । फेरी नेपालका माननियहरुले रातो बत्ती बाल्दै घुईकिने सिंहदरबारमा साईकल चढेर लालबाबु पुग्लान नपुग्लान ।

मञ्जु मिश्र/Nepalaaja.com
सम्बन्धित खबर
सरकारलाई ग्यास महासंघले भन्यो- बिक्रेतामार्फत् ग्यास बाँड, उपभोक्ताले धेरै दुःख पाए
कांग्रेस फुट्ने जोखिम बढ्यो, देउवाकै सभापतित्वमा १५औँ महाधिवेशन गर्ने इतर समूहको घोषणा
सोमबारदेखि देशभरका म्यानपावर कार्यालय बन्दको घोषणा, भिसा आएका श्रमिकको उडानसमेत रोकिँदै
‘नालायक’बाट शासित मुलुक ‘लफङ्गा’को हातमा पुगेको कुरा चार महिनामै पुष्टि भयो’
सुदूरपश्चिम पुगेका पूर्वाधारमन्त्री सुनिल लम्साललाई ज्वरो आएपछि हेलिकप्टरबाट काठमाण्डौ लगियो
जेनजी आन्दोलनको सहिदका परिवार र घाइतेलाई ५० लाखसम्म सहुलियतपूर्ण ऋण
यो पनि पढौँ
हेम्जामा मोटरसाइकल दुर्घटना हुँदा १६ वर्षीय किशोरको मृत्यु
फुटबल खेल्न गएका २ किशाेर विजयपुर खाेलाले बगाउँदा बेपत्ता, एक सकुशल
स्याङ्जामा दुई मोटरसाइकल ठोक्किँदा दुई जना घाइते
७६ वर्षीया बृद्धामाथि जबर्जस्ती करणीको आरोपमा २१ वर्षीय युवक पक्राउ