पोखरा, १ पुस । पोखरा लेखनाथ महानगरपालिका–११ रामघाटमा आकर्षक पार्क बन्ने भएको छ। अन्तरसमाज महासंघ समिति नेपालले पश्चिमाञ्चल क्षेत्रीय अस्पताल परिसरको पश्चिमतर्फ सात रोपनी खाली जमिनमा पार्क बनाउने भएको हो।
फ्रि–वाइफाईसहित खानेपानी तथा शौचालय, दुबो र फूलका विरुवाहरु पार्कमा रोपिने समितिले जनाएको छ। समितिका अनुसार ६ फिट उचाइको अग्लो कम्पाउण्डसहित तारजाली लगाइने भएको छ। पार्कभित्र ४५ वटा बेञ्च र छातासहितको बस्ने चौतारी बनाइनेछ। ४० लाख लागतमा पार्कको निर्माण कार्य सक्ने समाजका अध्यक्ष दिपेन्द्र राईले बताए।

पोखरा लेखनाथ महानगरपालिकाका प्रमूख मानबहादुर जि.सी.ले एक कार्यक्रमबीच शनिबार पार्कको शिलान्यास गरेका हुन्। प्रमूख जि.सी.ले पार्क निर्माणमा महानगरपालिका सहयोग रहने प्रतिबद्धता जनाए।
उनले पार्कलाई अन्तरजिल्ला स्मारकको रुपमा निर्माण गर्न जोड दिए। पार्क आन्तरिक र बाह्य पर्यटकको आकर्षक गन्तव्यस्थल बन्न सक्ने जि.सी.को धारणा थियो।
जि.सी.ले फरक फरक जिल्लाको पहिचान खुल्नेगरी पार्क निर्माण गर्न आग्रह गरे। ‘फरक फरक जिल्लाको भिन्न भिन्न विशेषताहरु छन्,’ उनले भने, ‘ति विशेषताहरु पार्कमा स्पष्ट झल्कियुन्। जसको आकर्षणले सम्वन्धित जिल्लावासी पोखरा आउँदा पार्कको अवलोकन र भ्रमण गर्न आउन्।’
पोखरा महानगरपालिका वडा नं ११ का वडा अध्यक्ष मोहनप्रसाद बास्तोलाले पार्क निर्माणमा महानगरपालिकाको वडा नं ११ को पूर्ण सहयोग रहने प्रतिबद्धता जनाए। ‘पार्क निर्माणमात्र गर्नु ठूलो कुरा होइन,’ बास्तोलाले भने, ‘यसको उचित व्यवस्थापन र संरक्षणसमेत हुनुपर्छ।’
पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठानका डीन डा. नरेन्द्रबिक्रम गुरुङले मानव स्वास्थ्यका लागि धेरै पार्कहरुको निर्माण गर्नुपर्ने औंल्याए। स्थानीय गीता शान्तिमार्ग महिला समूहकी अध्यक्ष माया द्वारेलगायतले बोलेका थिए।
अन्तरसमाज महासंघ समिति नेपालका अध्यक्ष दिपेन्द्र राईको अध्यक्षतामा भएको कार्यक्रममा पार्क निर्माण समितिका सदस्य दिपक घिमिरेले स्वागत र महासचिव भानुभक्त भण्डारी ‘क्षितिज’ले कार्यक्रम सञ्चालन गरेका थिए।
सम्बन्धित खबर
प्रतिभा सुपर लिग क्रिकेट सुरू, प्रतिभा र बाल मन्दिरको विजयी सुरूवात
स्याङ्जाका ५६ मतदान स्थल अति संवेदनशील
सिद्धार्थ राजमार्गमा दुर्घटनापछि कुटपिट, भीरकोटका युवक प्रहरी नियन्त्रणमा
स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ