५ पुष काठमाडौं । एमाले र माओवादी केन्द्रबीचको एकता प्रक्रिया अगाडि बढिरहेको छ । नेताहरुले प्रारम्भिक रुपमा पदको बाँडफाँडको खाका तयार भएको छ । दोस्रो तहका नेताहरुले एउटा खाका तयार गरेका छन् । त्यसलाई अन्तिम रुप दिएका छन् ।
विकल्पको रुपमा अध्यक्षमण्डलसहितको खाका नेताहरुले तयार गरेका छन् । पार्टीको एकताको लागि बनेको एकता संयोजन समितिले अौपचारिक रुपमा छलफल नगरेपनि अनौपचारिक रुपमा नेताहरुले खाका तयार गरेका छन् ।
पार्टी अध्यक्ष ओली बन्ने की प्रचण्ड ? बन्ने भन्नेमा विवाद भएपछि दुबै जनाको अध्यक्षमण्डल बनाउने त्यसपछि तीन जना वरिष्ठ नेता, तीन जना उपाध्यक्ष, दुई जना महासचिव, सात जना सचिव बनाउने खाका तयार भएको हो ।
तर, प्रचण्डले एकीकृत कम्युनिष्ट पार्टीको पावरफुल अध्यक्ष बन्न चाहेकाले उनले नमानेको खण्डमा एकता प्रक्रिया अवरुद्ध हुन जान्छ । त्यसमा ओली लचिलो बनेर अघि बढ्न तयार रहेको बुझिएको छ । एमालेका अन्य वरिष्ठ नेताहरुले त एकै व्यक्ति प्रधानमन्त्री, अध्यक्ष हुन नहुने र प्रचण्डलाई अध्यक्ष मान्न तयार भइसकेका छन् ।
काँग्रेसले फुटको राजनीति सुरु गर्दा प्रचण्ड लोभिएका छैनन् । अहिले काँग्रेसले एकतामा फुट ल्याउन प्रधानमन्त्री, राष्ट्रपति, सभामुख सबै माओवादीलाई दिन तयार तर काँग्रेससँग मिलेर सरकार बनाउन अफर गरिसकेको कुरा बाहिर आईसकेको छ ।
पार्टी अध्यक्ष प्रचण्ड – नेपाल
एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई एकताको पार्टी अध्यक्ष दिँदा केही फरक नपर्ने बताएका छन् । प्रचण्डको नेतृत्व र सांगठानिक क्षमताबारे आफूलाई जानकारी भएको बताउने गरेका छन् ।
नेता नेपाल एकता प्रक्रियामा माओवादी केन्द्रलाई सम्मानजनक हैसियत दिनु पर्ने बताउँदै आएका छन् । उनले आफ्नै पार्टीका महासचिवलगायतका नेताहरुले एकल नेतृत्वको पक्षमा दिएका अभिव्यक्तिको खण्डन गर्दै बहुपदीय प्रणालीमा जानु पर्ने बताउँदै आएका छन् ।
सम्बन्धित खबर
पूर्वमन्त्री जोशीले पाए सबै कैद छुट, अब जेलमा बस्न नपर्ने
निर्मल पुर्जाको शव बेलायत लगियो, तीन नेपालीको मंगलबार काठमाडौं ल्याइने
संसद बैठकमा खाली कुर्सी देखिन थालेपछि सांसदहरूको हाजिरी हेर्दै रास्वपा
ग्यास अभाव हुँदैन, अनावश्यक सञ्चय नगरौँः ग्यास उद्योग सङ्घ
गगन थापा भन्छन्- सरकारका मन्त्रीहरू ‘छोटे राजा’को शैलीमा देखिन थाले
जेनजी आन्दोलनले देशको स्वाधीनता खतरामा पर्यो: उपेन्द्र यादव
यो पनि पढौँ
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
गण्डकीका प्रदेश प्रमुख भट्टले गरे गाँजा विधेयक प्रमाणीकरण
निर्मल पुर्जाको शव बेलायत लगियो, तीन नेपालीको मंगलबार काठमाडौं ल्याइने
जोर्ज जोन शिक्षा प्रतिष्ठानको अध्यक्षमा विनोद कायस्थ, पाँच शिक्षासेवी सम्मानित