केकी अधिकारीलाई लालबाबु पण्डितले दिए अटोग्राफ (यसरी नाचियो भिडियो)

केकी अधिकारीलाई लालबाबु पण्डितले दिए अटोग्राफ (यसरी नाचियो भिडियो)

cover

अभिनेत्री केकी अधिकारी आफ्नो फिल्म प्रमोशनको सिलसिलामा बिराटनगर पुगिन् । ‘राज्जा रानी’ क्याम्पेनका लागि पूर्वी विराटनगरमा रहेकी अधिकारी एमाले नेता लालबाबु पण्डितको ठुलै समर्थक हुन भन्ने पनि पुष्टि भएको छ ।

धेरैले रुचाएका एमाले नेता लालबाबु पण्डित पनि चुनाव जितेपछि अहिले चर्चामा छन् ।नेपाली राजनीतिका हटकेक बनेका लालबाबु मन्त्री हुँदाको कामले चर्चामा छन् । उनलाई अब मन्त्री बनाउनुपर्ने जनआवाज जोडदार छ । कार्यक्रममा उनै लालबाबु प्रमुख अतिथि बने ।

अभिनेता नाजिर हुसेन पनि संगै थिए । पण्डितलाई देखेपछि केकीले हजारको नोटमा लालबाबुको अटोग्राफ लिइन् । लगत्तै फिल्मको गीतमा उनले केकी र नाजिरसँग कम्मर भाँचे।

लालबाबु कम्मर मर्काउन मात्रै त्यहाँ पुगेका भने होईनन् । तराई मधेशको कुप्रथाका रुपमा जरा गाडेर बसेको बोक्सी तथा दाइजो प्रथा अन्त्यका लागि फिल्म युनिटले सचेतना कार्यक्रम गरेको थियो । कार्यक्रममा लालबाबुले जनजागरणका लागि मन्तव्य समेत राखे ।

त्यसपछि फिल्मको कार्यक्रम भएकाले उनले पनि जनजागरणको गीतमा केकीसँग डान्स स्टेप मिलाए । अहिले केकीले शेयर गरेको पोस्ट र लालबाबुका स्वकिय सचिव ओसिम आलमले पोष्ट गरेको भिडियोमा रमाईला कमेन्टको ओहिरो लागेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ