काठमाडौं, ९ पुष– प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचन सम्पन्न भएपछि गठन हुन लागेको नयाँ सरकारमा नयाँ तथा युवा अनुहारले प्रवेश पाउने भएका छन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा गठन हुने सरकारमा नेकपा एमालेका युवा र चर्चित अनुहारले प्रवेश पाउने एमाले स्रोतले जनाएको छ ।
ओलीको क्याविनेटमा नेकपा एमालेका सचिव योगेश भट्टराई, भानुभक्त ढकाल, गोकुल बाँस्कोटा, रविन्द्र अधिकारी, पद्यमा अर्याल, शान्ता चौधरी सहभागि हुने एमालेका एक नेताले जानकारी दिएका छन् ।
उनका अनुसार योगेश भट्टराई सूचना तथा सञ्चार, भानुभक्त ढकालले भौतिक योजना, रविन्द्र अधिकारीले युवा तथा खेलकुद, गोकुल बाँस्कोटाले उर्जा मन्त्रालयको जिम्मेवारी पाउने स्रोतको दावी छ ।
योगेश भट्टराई ताप्लेजुङ १ बाट, भानुभक्त ढकाल मोरङ ३ बाट, रविन्द्र अधिकारी कास्की २ बाट, गोकुल बाँस्कोटा काभ्रे २ बाट, पध्मा अर्याल स्याङ्जा २ बाट निर्वाचित भएका छन् भने शान्ता चौधरी समानुपातिकबाट प्रतिनिधि साभा सदस्य हुने निश्चित छ ।
निर्वाचित भएका मध्ये अध्यक्ष ओलीले नेपालभर सर्वाधिक मत प्राप्त गरेका छन् भने काभ्रे प्रतिनिधि सभा क्षेत्र नं. २ बाट विजयी भएका बाँस्कोटाले देशभरबाट दोस्रो सर्वाधिक मत प्राप्त गरेका छन् ।
निर्वाचन आयोगले सञ्चालन गरेको ECN APP का अनुसार ओलीले ५७ हजार १ सय ३९ मत प्राप्त गरेका छन् भने बाँस्कोटाले ५५ हजार ५ सय २६ मत प्राप्त गरेका छन् ।
सम्बन्धित खबर
मधेशको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त
प्रतिनिधि सभा निर्वाचन: शनिबारदेखि समानुपातिकको प्रक्रिया सुरु, प्रत्यक्षको मनोनयन माघ ६ मा
नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारी पक्राउ
नेपालले पर्यटनबाट लाभ लिन पहिले त राजनीति नै ठीक हुनुपर्छः वीरेन्द्र बहादुर बस्नेत
लाभका पदमा बसेर पार्टीलाई लेबी नतिरे कांग्रेसबाट उम्मेदवार बन्न नपाइने, ३ नाम मात्र सिफारिस गर्न पाइने
हर्क साम्पाङको पार्टीको सिद्धान्त – जेनजी पुस्तालाई हप्तामा तीन दिन मात्र पढ्न दिने
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’