राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पुराना राजनीतिक दलहरूलाई रास्वपाको ‘सुनामी’ रोकेर देखाउन खुल्ला चुनौती दिएका छन्।
मंगलबार सामाजिक सञ्जालमार्फत लामिछानेले देश अब अन्तिम परिवर्तनको तयारीमा रहेको बताउँदै पुराना शक्तिहरूलाई रास्वपाको ‘सुनामी’ रोक्न चुनौती दिएका हुन्।
‘गिद्धले सिनो लुछेजस्तै लुछिएको यो देश अन्तिम सुनामीको तयारीमा छ,’ लामिछानेले लेखेका छन्, ‘मेरो खुला आग्रह छ, अझै पनि जो-जो मिल्नु छ, मिल। खुला मिल वा गोप्य मिल, जस्तो र जसको गठबन्धन गर्नुपर्ने हो, गर। अन्तिम शक्ति लगाऊ र यो सुनामी रोकेर देखाऊ।’
उनले जनविद्रोह र मतपत्रमार्फत उखेलेर फालिने पुरानो संसदलाई कुनै पनि षडयन्त्र वा चलखेलबाट फर्काउने प्रयास भए त्यो स्वीकार्य नहुने चेतावनी समेत दिएका छन्।
सामान्य चोटको संक्रमणका कारण केही दिन अस्पताल र घरमा आराम गरेर सार्वजनिक जीवनमा फर्किएका लामिछानेले अबको आफ्नो यात्रा सिंहदरबार बदल्ने ‘निलो क्रान्ति’ का लागि हुने बताए।
उनले भने, ‘म सिंहदरबार पुग्न होइन, सिंहदरबार बदल्न घण्टीमा भोट माग्दैछु। दलहरूका मसिहाहरूले राज्यका हरेक धमनीमा भरेको विष निकाल्न तपाईंको भोट माग्दैछु।’
उनले केही पुल र सडकका तस्बिर बेच्ने ‘कस्मेटिक सुधार’ मा आफ्नो रुचि नरहेको र वर्षौँदेखि रोपिएको अस्थिरताको जरो उखेल्नुपर्नेमा जोड दिए।
रास्वपासँग नीति, विचार र भिजन छैन भनेर आलोचना गर्नेहरूलाई पनि लामिछानेले जवाफ फर्काए। उनले पुराना दलहरूसँग भएका भनिएका ठूला सिद्धान्त र विचारले देशलाई रसातलमा पुर्याएको टिप्पणी गरे।
‘भारी भरकम शब्दहरू प्रयोग गरेर राजनीतिलाई कम्प्लिकेटेड बनाउनै पर्दैन, प्राप्त उपलब्धि सहितको लोकतन्त्र हामी जोगाउँछौं, नसके जनता छन्,’ उनले भने, ‘विचार सिद्धान्त, नीति सबै भएका भनिएका तपाईंहरूको नियत र कार्यक्षमता सब देखियो, भो अब थप नदेखाउनुस्।’
सम्बन्धित खबर
२४ भदौको घटनाको छानबिन गर्न न्यायीक आयोग बनाउनुपर्ने काँग्रेसको अडान
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
अमृत झा रिहाइ भएको भन्दै परराष्ट्रमन्त्री खनालले गराएको जानकारी झुटो
संसद् बैठकमा फोनमा कुरा गरे, फोटो भिडियो खिचे कारबाही, सभामुखतर्फ पिठ्युँ फर्काएर बस्न नपाइने
यी सहकारीमा ऋण तिर्नुछ ? १५ दिनभित्र नतिरे सम्पत्ति लिलाम हुने (सहकारीको सूचीसहित)
गृहमन्त्रीमाथि दमनको आरोप, जेनजी मुभमेन्टद्वारा तत्काल राजीनामाको माग
यो पनि पढौँ
ओली र लेखकलाई पक्राउ गर्न ‘हतार’ भएको गृहमन्त्री सुधन गुरुङद्वारा स्वीकार
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
सरकारले फेरि बढायो डिजेल र इन्धनको मूल्य, कति पुग्यो ?
शेखरले गगनलाई स्वीकार्दै , शशांक र धनराजसहितले छोडे देउवा समूह