काठमाडौं, ९ पुष– प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचन सम्पन्न भएपछि गठन हुन लागेको नयाँ सरकारमा नयाँ तथा युवा अनुहारले प्रवेश पाउने भएका छन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा गठन हुने सरकारमा नेकपा एमालेका युवा र चर्चित अनुहारले प्रवेश पाउने एमाले स्रोतले जनाएको छ ।
ओलीको क्याविनेटमा नेकपा एमालेका सचिव योगेश भट्टराई, भानुभक्त ढकाल, गोकुल बाँस्कोटा, रविन्द्र अधिकारी, पद्यमा अर्याल, शान्ता चौधरी सहभागि हुने एमालेका एक नेताले जानकारी दिएका छन् ।
उनका अनुसार योगेश भट्टराई सूचना तथा सञ्चार, भानुभक्त ढकालले भौतिक योजना, रविन्द्र अधिकारीले युवा तथा खेलकुद, गोकुल बाँस्कोटाले उर्जा मन्त्रालयको जिम्मेवारी पाउने स्रोतको दावी छ ।
योगेश भट्टराई ताप्लेजुङ १ बाट, भानुभक्त ढकाल मोरङ ३ बाट, रविन्द्र अधिकारी कास्की २ बाट, गोकुल बाँस्कोटा काभ्रे २ बाट, पध्मा अर्याल स्याङ्जा २ बाट निर्वाचित भएका छन् भने शान्ता चौधरी समानुपातिकबाट प्रतिनिधि साभा सदस्य हुने निश्चित छ ।
निर्वाचित भएका मध्ये अध्यक्ष ओलीले नेपालभर सर्वाधिक मत प्राप्त गरेका छन् भने काभ्रे प्रतिनिधि सभा क्षेत्र नं. २ बाट विजयी भएका बाँस्कोटाले देशभरबाट दोस्रो सर्वाधिक मत प्राप्त गरेका छन् ।
निर्वाचन आयोगले सञ्चालन गरेको ECN APP का अनुसार ओलीले ५७ हजार १ सय ३९ मत प्राप्त गरेका छन् भने बाँस्कोटाले ५५ हजार ५ सय २६ मत प्राप्त गरेका छन् ।
सम्बन्धित खबर
आफूमाथि प्रश्न गर्ने सांसदलाई अर्थमन्त्रीको चेतावनी- तपाईंहरूका काण्ड पनि खुल्नेछन्
एमाले अध्यक्ष ओली अस्पताल भर्ना
बालेननिकट नेतासँग कोशी प्रदेश सभापतिमा हारेपछि सरिनले छाडिन् रास्वपा
घर भत्काइएका सुकुम्बासीसँग गृहमन्त्री सुधनले माफी मागे
प्रधानमन्त्रीले गरेको गल्ती अरूले सच्याउन मिल्दैन: हर्क सम्पाङ
अघिल्ला सरकारले ल्याएका गरिबमुखी कार्यक्रमलाई निरन्तरता दिएका छौँ: अर्थमन्त्री वाग्ले
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु