अन्तर्घात आरोपमा स्याङ्जामा काँग्रेसीबीच कुटाकुट, घाइतेलाई हेलिकोप्टरबाट काठमाडौं लगियो

अन्तर्घात आरोपमा स्याङ्जामा काँग्रेसीबीच कुटाकुट, घाइतेलाई हेलिकोप्टरबाट काठमाडौं लगियो

Congress-tree-flag

स्याङ्जा, १० पुस । स्याङ्जामा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा अन्तर्घात गरेको भन्दै कांग्रेसका स्थानीय नेताहरुबीच कुटाकुट भएको छ । बैठक चलिरहेका बेला भेषराज अर्याल र कमल प्रसाद ढकाल प्रवेश गरेपछि ‘अन्तर्घाती प्रवेश’ गरे भन्दै उनीहरुमाथि हातपात भएको थियो ।

कुटपिटपछि घाइते भएकालाई हेलिकोप्टरमार्फत काठमाडौं लगिएको छ । शेरबहादुर पक्षका कार्यकर्ताले रामचन्द्र पक्षका कार्यकर्तालाई कुटपिट गर्दा दुई जना घाईते भएको र शुशिल काफ्लेलाई समेत चोट लागेको छ । विष्णुप्रसाद पौडेल, अर्जुन अर्याल, सुनिल खनाल, विनोद पराजुली, सञ्जय श्रेष्ठ, ध्रुब पंगेनी लगायतले कुटपिट गरेको जाहेरी परेको छ ।

जिल्लामा कांग्रेसको चुनावी नतिजा राम्रो हुन नसकेको भन्दै बैठकमा नेता–कार्यकर्ताबीच आरोप प्रत्यारोप चलेको थियो। स्याङ्जा क्षेत्र नम्बर १ मा कांग्रेस १० हजार मतले पराजित भएको थियो भने क्षेत्र नम्बर २ मा ३७ सय मतले उपप्रधान तथा शिक्षा मन्त्री गोपालमान श्रेष्ठले चुनाव हारेका थिए।

समीक्षात्मक बैठकमा अन्तर्घातको विषय उठेपछि कुटाकुट भएको थियो । ढकालको हात भाँचिएको र अर्याललाई संवेदनशील अंगमा प्रहार गरिएको बताइएको छ । उनलाई पोखरामा उपचार हुन नसक्ने बताइएपछि हेलिकोप्टरबाट काठमाडौंको बयोधा अस्पतालमा उपचारका लागि लगिएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds